होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले नेकपा एमालेको भोलिको केन्द्रीय कमिटी बैठकमा सबै उपस्थित हुनुपर्ने बताएका छन् । भोलिका लागि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका छन् । आज ललितपुरमा आयोजित अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै नेता गौतमले अध्यक्ष ओलीविरुद्ध संघर्ष गरिरहेका वरिष्ठ नेता झलनाथ खनाल र माधव […]
काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् । शुक्रबार पत्रकार सम्मेलनमार्फत उनले महान्यायाधिवक्ताको जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ साल फागुन ८ गते खरेललाई महान्याधिवक्तामा नियुक्त गरेकी थिइन्। खरेल प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधिवक्तामा नियुक्त भएका थिए । झापाको गौरादह निवासी खरेल […]
६ चैत, काठमाडौं । कोरोना खोप र महामारीको प्रतिकार्यका लागि विश्व बैंकले नेपाललाई ७.५ करोड अमेरिकी डलर (८ अर्ब ७० करोड रुपैयाँ) वित्तीय सहायता (ऋण) प्रदान गर्ने भएको छ । विश्व बैंकको बिहीबार बसेको कार्यकारी निर्देशक बोर्डले यस्तो निर्णय गरेको हो । नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोभिड-१९ विरुद्धका खोपहरुको […]
६ चैत, बैतडी । दोगडाकेदार गाउँपालिका-७ का वडाध्यक्ष भरत महरा एकजना महिलासँग शङ्कास्पदरूपमा भेटिएका छन् । शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनीहरु दुवैलाई शुक्रबार बिहान ३ बजेतिर स्थानीय खोचलेक बजारको एक होटलको कोठाबाट नियन्त्रणमा लिइएको हो । उनीहरु दुवैजना कोठामा रहेको […]
महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् । यसबारे उनले केही बेरपछि पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदैछन् । केही दिनअघि राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई बोलाएर राजीनामा दिन दबाब दिएको स्रोतको भनाइ छ । यसअघि संसद् विघटनबारे सर्वोच्च अदालतको फैसलापछि पनि उनले राजीनामा दिने चर्चा चलेको थियो ।
५ चैत, मुगु । मुगु–हुम्ला लिंकरोडको मुगु खण्डमा पर्ने कर्णाली नदीमाथि यहाँको स्थानीय सरकारले बेलीब्रिज पुल निर्माण गर्ने भएको छ । छायाँनाथ रारा नगरपालिका–१, ३ र १३ वडामा भएर बग्ने मुगु कर्णाली नदीको भट्टेचौर भन्ने स्थानमा नगरपालिकाले बेलीब्रिज निर्माण गर्न लागेको हो । नगरपालिकाका प्र्रमुख हरिजङ्ग शाहीले सो पुल र पुलसम्म पुग्ने सडकको बुधबार […]
महोत्तरी: महोत्तरीको पिपरा गाउँपालिका–५ सहोड्वाका बेपत्ता एक दम्पतीको खोजी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले थालेको छ। गत फागुन १० गते राति आफ्नै घरको ओछ्यानमा सुतेका ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीय गीतादेवीको खोजी अब केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले थालेको हो। यसअघि नेपाल प्रहरीको प्रदेश–२ प्रहरी कार्यालय र जिल्ला प्रहरी […]
काठमाडौं । नेकपा एमालेकी सांसद गंगा चौधरीले आफु खनाल नेपाल पक्षमै रहेको दाबी गरेकी छिन् । बालुवाटारमा जारी एमाले संसदीय दलको बैठकमा पुगेलगत्तै फर्किएकी उनले आफु त्यहाँ झुक्किएर पुगेको दाबी गरेकी हुन् । उनले भनिन्ः ‘दलको बैठकमा नेताहरुले जाने नजाने भन्ने कुरा निश्चित नगरी झुक्याउँदा बालुवाटार पुगेँ ।’ सांसद चौधरीले नेताद्वय झलनाथ खनाल र माधव […]
५ चैत, काठमाडौं । काभ्रेमा भूकम्प गएको छ । बिहान १० बजेर ५ मिनेट जाँदा सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सहयाक प्राविधिक राजेश शर्माले जानकारी दिए। भूकम्पको धक्का जिल्लाका केही ठाउँमा महसुस भएको छ ।
५ चैत, काठमाडौं । नेकपा एमालेको संसदीय दलको बोर्ड गठन भएको छ । बालुवाटारमा जारी दलको बैठकले बोर्ड गठन गर्ने निर्णय गरेको हो । बोर्डमा २७ जना रहनेछन् । बैठकले संसदीय दलको विधान संशोधन प्रक्रिया पनि अगाडि बढाएको छ । विधान संशोधन गर्न कार्यदल गठन गरिने भएको छ । कार्यदलमा विशाल भट्टराई, शेरबहादुर तामाङ र […]
काठमाडौँ चैत ५–जनता समाजवादी पार्टी नेपाल कार्यकारिणी समितिको आज बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको छ । शंखमुलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा ११ बजेका लागि बोलाइएको बैठकमा सहभागी हुन अधिकांश सदस्य आइसकेका थिए, तर अचानक बैठक स्थगित गरिएको हो । कार्यकारिणी सदस्य केशव झाका अनुसार बैठकको तयारी नपुगेको कारण स्थगित गरिएको छ । […]
५ चैत, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको बुधबार बसेको बैठकले परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन र प्रमाणीकरण कार्यविधि, २०७७ मा भएको व्यवस्था बमोजिम प्रमाणीकरण गरेको हो । आंशिकतर्फ आठ हजार ८२३ परीक्षार्थी उत्तीर्ण भएको परीक्षा केन्द्रले जानकारी दिएको छ । […]
नेकपा (एमाले) मा बुधबार दुईखाले घटनाक्रम देखियो । काठमाडौँमा माधव नेपाल पक्षले छुट्टै भेलाको आयोजना गर्यो, जसलाई केपी ओली पक्षले अनधिकृत भन्दै कारबाहीको चेतावनी दिएको छ । अर्कोतिर, कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन एमालेले फिर्ता लिएको छ । उक्त निर्णयमा नेपाल पक्षका सांसदहरुको भने साथ छैन । एमालेभित्र स्पष्ट रुपमा दुई गुट […]
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेगरी बिहीवार विहान ११ बजेका लागि संसदीय दलको बैठक आव्हान गरिएको हो । बैठकबारे पार्टीका सबै सांसदहरुलाई जानकारी गराइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । सचेतक भट्टराईले भने, “बैठकका लागि नेता माधवकुमार नेपाल पक्षका सांसदहरुलाई पनि खबर भएको […]
आठबीस नगरपालिका ३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेको घटनामा सबै जनाको पानीमा डुबेर मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ । जिल्ला अस्पतालले मृतक सबैको पोस्र्टमार्टन गरी प्रहरीलाई बुझाएको रिपोर्टमा उक्त निष्कर्ष उल्लेख छ । सुकीले अघिल्लो आइतबार छोरीहरु १४ वर्षीया कल्पना, ११ वर्षीया सरिता, १ वर्षकी रजनी र छोरा […]
४ चैत, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीलाई नेपाल समूहले आयोजना गरेको राष्ट्रिय भेलामा आउन निम्ता गरेकी छिन्। बुधबार सुरु भएको राष्ट्रिय भेलामा बोल्दै उनले अध्यक्ष ओलीलाई फागुन २८ गते गरेको निर्णय फिर्ता लिएर भेलामा आउन आग्रह गरेकी हुन् । उनले भनिन्, ‘कमरेड केपी ओलीजी त्यो २८ […]
४ चैत, काठमाडौं । सरकारले संसद विघटन गरेर निर्वाचन घोषणा गरेपछि स्थगित भएको मतदाता नामावली संकलन पुन सञ्चालन भएको छ । निर्वाचन आयोगले बुधबार एक सूचना जारी गर्दै चैत ५ गतेदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने जानकारी दिएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते […]
काठमाडौं— सरकारले माघ १४ देखि फागुन १० गतेसम्म कोरोनाभाइरस विरुद्धको पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्रा दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो मात्रा खोप लगाएकाहरूलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस)को बैठकले निर्णय गरेको हो । पहिलो मात्रा खोप लगाएकाहरूलाई दोस्रो मात्रा दिने निर्णय गरेको स्वास्थ्य […]
काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन चैत २५ गते हुने भएको छ । महासंघको इतिहासमा पहिलोपटक हुन लागेको प्रत्यक्ष निर्वाचन प्रक्रियामार्फत २५ गते निर्वाचन गर्न लागिएको हो । महासंघका अध्यक्ष गोविन्द आचार्यले चैत २५ गते निर्वाचन हुने जानकारी दिए । चैत ७ गते निर्वाचनसम्वन्धी सम्पूर्ण कार्यतालिका सार्वजनिक गरिने छ ।
काठमाडौँ — नेकपा एमालेका नेता माधवकुमार नेपालले ओलीका साइबर स्यालहरु अझै पनि जिउँदै रहेको बताएका छन् । बुधबार खनाल-नेपाल पक्षीय राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले नेकपा हुँदा रहेका ओलीका साइबर स्यालहरु अझै पनि बाँचिरहेको बताएका हुन् । ‘नेकपा हुँदा थियो भनेको त साइबर स्यालहरु अझै पनि जिँउदै रहेछन्,’ नेता नेपालले भने,’साइबर स्यालहरु […]