होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • प्रदेश ७
  • कैलालीमा डीआईजीका अंग रक्षक, असईसहितका जुवाडे पक्राउ
प्रदेश ७

कैलालीमा डीआईजीका अंग रक्षक, असईसहितका जुवाडे पक्राउ

  • नागरिक रैबार
कैलालीमा डीआईजीका अंग रक्षक, असईसहितका जुवाडे पक्राउ

धनगढीः कैलालीमा सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीका अंग रक्षकसहितका जुवाडे पक्राउ परेका छन्।

बुधबार राति कैलालीको ओलानी क्षेत्रबाट प्रहरीले ३ लाख नगदसहित डीआईजी सुवेदीका अंग रक्षक प्रहरी सहायक निरीक्षक पुस्कर भट्टसहितका केही जुवाडेलाई पक्राउ गरेको प्रहरी उच्च स्रोतले दिनेशखबरलाई बतायो।

तर कैलाली प्रहरीले भने अहिलेसम्म जुवाडे पक्राउ परेको कुरा सार्वजनिक गरेको छैन। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले दिनेशखबरसँग जुवाडे पक्राउ परेको प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरिने बताएका छन्।

विज्ञापन

उनले डीआईजी सुवेदीका अंग रक्षक भट्ट पनि पक्राउ परेको विषयमा बुझ्दा आफूलाई विस्तृतमा जानकारी नभएको प्रतिक्रिया दिए।

भट्टलाई प्रदेश प्रहरी कार्यालयले हाल घुमुवा प्रहरीका रुपमा पनि खटाउने गरेको बुझिएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै