होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ५ स्थानीय तहमा एक विद्यार्थी एक ल्यापटप कार्यक्रम
समाचार

५ स्थानीय तहमा एक विद्यार्थी एक ल्यापटप कार्यक्रम

  • नागरिक रैबार
५ स्थानीय तहमा एक विद्यार्थी एक ल्यापटप कार्यक्रम

दार्चुला: दार्चुलाका ५ वटा स्थानीय तहमा एक विद्यार्थी एक ल्यापटप कार्यक्रम सञ्चालनमा ल्याइएको छ।

विश्व खाद्य कार्यक्रम अन्तरर्गत जिल्लाका ५ वटा स्थानीय तहका १५ वटा विद्यालयहरुमा कार्यक्रम सञ्चालनमा रहेको हो।

जिल्लाको मार्मा गाउँपालिकामा सबैभन्दा बढी ७ वटा विद्यालयहरुमा यो कार्यक्रम लागु भएको छ भने दुहुँ गाउँपालिकामा १ वटा, मालिकार्जुन गाउँपालिका तथा शैल्यशिखर नगरपालिकामा समान २÷२ वटा विद्यालयहरुमा यो कार्यक्रम सञ्चालनमा रहेको छ। यस्तै नौगाड गाउँपालिकामा ३ वटा विद्यालयहरुमा यो कार्यक्रमा सञ्चालनमा रहेको छ।

विज्ञापन

 

उक्त कार्याक्रमामार्फत ५ विद्यालयका झण्डै ७ सय ५० जना विद्यार्थीहरु लाभान्वित भएको विश्व खाद्यकार्यक्रम दार्चुलाका कार्यक्रम संयोजक विजय विश्कर्माले बताए।

विद्यार्थी र शिक्षकले कक्षाकोठामा गर्ने क्रियाकलापको ढाँचा बिस्तारै परिवर्तन गर्ने उदेश्यले यो कार्यक्रम सञ्चान हुदै आएको उनले बताए।

सुदूरपश्चिमका दार्चुलासहित बझाङ, बैतडी, डोटी, डडेलधुरामा यो कार्यक्रम सञ्चालनमा रहेको छ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार