होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आफ्नो कोरोना खोप लगाउनेलाई चीनले सहजै भिसा दिने
समाचार

आफ्नो कोरोना खोप लगाउनेलाई चीनले सहजै भिसा दिने

  • नागरिक रैबार
आफ्नो कोरोना खोप लगाउनेलाई चीनले सहजै भिसा दिने

३ चैत, काठमाडौं । चीनले आफ्नो देशमा उत्पादित कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लिएका व्यक्तिलाई सहज रुपमा भिसा दिने निर्णय गरेको छ । यद्यपि चीन प्रवेश गर्ने व्यक्ति अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम भने कायमै रहनेछ ।

योसँगै नेपालमा पनि चिनियाँ खोपको पूर्ण डोज लिएको प्रमाणपत्र देखाउने मानिसले मात्र सहज रुपमा भिसा पाउने चिनियाँ दूतावासले जनाएको छ । सोमबार चिनियाँ दूतावासले एक विज्ञप्ति जारी गर्दै पूर्ण रुपमा चिनियाँ कोरोना खोप लगाएका मानिसलाई भिसामा सहजीकरण गरिने बताएको छ ।

 

विज्ञापन

दूतावासले विज्ञप्तिमा आवश्यक काम तथा उत्पादन खपत (काम, व्यवसाय, भ्रमण आदि) प्रयोजनका लागि जाने, आपतकालीन मानवीय सहायताका लागि जाने र अपेक बिजनेस कार्ड भएका व्यक्तिहरुलाई चिनियाँ खोप लगाएको प्रमाणपत्र देखाएपछि भिसा दिइने बताएको छ । यद्यपि उनीहरुले नेगेटिभ पीसीआर र एन्टिबडी परीक्षणको रिपोर्ट देखाउनुपर्नेछ ।

नेपालसँगै अमेरिका, भारत, पाकिस्तानलगायत मुलुकका चिनियाँ दूतावासले विज्ञप्ति जारी गरेर चिनियाँ खोप लगाएका व्यक्तिलाई भिसामा सहजीकरण गर्ने बताएका छन् । यो नियम यसै सातादेखि लागू हुने बताइएको छ । यसरी भिसा पाइसकेपछि पनि चीन पुग्नेले तीन साता क्वारेन्टिनमा बस्नुपर्नेछ ।

चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले भने यो योजनाले मुलुकमा कोरोना संक्रमण फैलिनबाट रोक्ने उल्लेख गरेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार