होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले विहीबार दिउँसो संविधानविद् एवं कानुनविद्हरुसँग कोटेश्वरस्थित आफ्नै निवासमा परामर्श गरे । एमालेका २० सांसदको सामुहिक राजीनामा खल्तीमै बोकेर छलफलमा उपस्थित नेता नेपाल कानुनविद्सँग अलि खरोरुपमा प्रस्तुत भए । वकिलहरूलाई उनले ‘पानी मरुवा’ भन्नसमेत भ्याए । कानुनी परामर्शका पुगेका वकिलहरूमा बरिष्ठ अधिवक्ता शम्भु थापा, गोविन्द बन्दी र टीकाराम भट्टराई थिए […]
अल्पमतको प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण कार्यक्रम आज दिउँसो शीतल निवासमा हुँदैछ । बैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वास गुमाएपछि सबै मन्त्रीहरु पदमुक्त भएका छन् । उनीहरुको पनि आजै पुनर्नियुक्ति हुनेछ । प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई बहुमत पु-याएर दाबी पेश गर्न तीन दिनको समय दिएकी […]
काठमाडौं, ३० वैशाख । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच पार्टीलाई एक बनाएर जाने सहमति भएको छ । आज दुई नेताबीच चपली हाइटमा भएको बैठकपछि एकता जोगाएर बढ्ने सहमति भएको हो । विश्वस्त स्रोतका अनुसार दुई नेताले जेठ २ २०७५ लाई टेकेर अगाडि बढ्न दुवै पक्षका नेतालाई सहभागी गराई […]
काठमाडौं, ३० वैशाख । कुनै आश्चर्यजनक घटना विकास नभए प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी गठबन्धनले प्रतिनिधि सभामा बहुमत सदस्य संख्याको हस्ताक्षर पुर्याएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सरकारको नेतृत्वको दाबी प्रस्तुत गर्ने सम्भावना टरेको छ । योसँगै तीन दिनयताको बहुमतको सरकार गठनको सक्रियता विफलता नजिक पुगेको छ । अझै पनि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी […]
काठमाडौं, ३० वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नबाट रोकिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय सरकार निर्माणको आव्हान गरे अनुसार देउवाले त्यसको पहल गरेपनि असफल भएका हुन् । आज साँझ ९ बजेसम्म बहुमतीय सरकार निर्माणका लागि प्रस्ताव लाने समय छ । तर, त्यसमा देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव जाने सम्भावनाको ढोका बन्द भएको […]
काठमाडौँ– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । व्यवसायी क्याप्टेन रामेश्वर थापाको निवास बुढानीलकण्ठमा भएको भेटवार्तापछि वरिष्ठ नेता नेपालले तत्कालका लागि आफूहरूको राजिनामा टरेको बताएका छन् । भेटवार्तामा ओली र नेपाल सहमति नजिक पुगेका छन् । बैठकपछि बाहिँरिदै वरिष्ठ नेता नेपालले फेरी बैठक बसेर समस्या समाधान […]
३० वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिउँसो नेपाली सेनाले व्यवस्थापन गरेको शवको आधारमा सो मृत्यु संख्या सार्वजनिक गरेको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार हजार ४६६ पुगेको छ । पछिल्लो केही दिनयता कोरोना संक्रमितको मृत्यु अत्यधिक […]
नागरिक रैबार/बाजुरा ३० बैशाख। बाजुरामा निशेधाज्ञाको अवधि आगामी जेठ ७ गते सम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको विहिबार बसेको बैठकले आगामी जेठ ७ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरेको हो । विश्वभर महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण बाजुरा जिल्लामा पनि दिनप्रतिदिन तिव्ररुपमा फैलिएपछि यसको रोकथाम तथा […]
काठमाडौं । एमाले नेतृ रामकुमारी झाँक्रीले ठोस प्रस्ताव र लिखित सहमतिबिना अध्यक्ष केपी ओलीसँग झुक्न नहुने बताएकी छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता भइरहेका बेला माधव नेपाल पक्षकी नेतृ झाँक्रीले ठोस प्रस्ताव विनाको संवादको अर्थ समेत नहुने बताएकी हुन् । ‘ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न । […]
काठमाडौँ– नेकपा माओवादी केन्द्रले स्थायी कमिटिको बैठक बोलाएको छ ।कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि अध्यक्ष प्रचण्डले बेलुका ५ बजे स्थायी कमिटिको बैठक बोलाएको स्थायी कमिटि सदस्य हरिबोल गजुरेलले जानकारी दिए । पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको बैठकमा सरकार गठनका लागि भइरहेका प्रयासबारे अध्यक्ष प्रचण्डले जानकारी गराउने उनले बताए । उनले भने,‘सरकार गठनका लागि भइरहेका प्रयासका बारेमा […]
नेकपा एमाले नेता प्रदीप ज्ञवालीले पार्टी २०७५ साल जेठ २ गतेको अवस्थामा फर्कने सम्भावना नरहेको संकेत गरेका छन् । पार्टीकै नेपाल खनाल पक्षले पार्टी एकता र सहमति अनुसार चल्ने हो भने २०७५ साल जेठ २ गतेको अवस्थामा फर्कनुपर्ने अडानका बारेमा बिहीबार बसेको स्थायी बैठकले केही निर्णय गर्यो भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा नेता ज्ञवालीले प्रतिकूल अवस्थामा नेतृत्वका […]
नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षबीच बिहीबार भएको वार्ता विफल भएको छ । वार्ताका क्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले आफू नेतृत्वमा बन्ने सरकारलाई सघाउन गरेको आग्रहलाई ठाकुरले अस्वीकार गरेका हुन् । देउवा निवास बूढानीलकण्ठमा भएको वार्तामा जसपा अध्यक्ष ठाकुरले आफूहरु सरकार निर्माणको दौडमा नरहेको कारण कुनै प्रकारको सहयोग नहुने […]
काठमाडौँ– सगरमाथा आरोहणका क्रममा दुई विदेशी नागरिकको मृत्यु भएको छ ।सगरमाथा चढ्न गएका स्वीट्जरल्यान्डका आरोही अब्दुल वारैच र अमेरिकी आरोही पुवेई लिउको आरोहणकै क्रममा बिहीबार मृत्यु भएको हो। उनीहरू ट्राभल एजेन्सी सेभेन समीटबाट सगरमाथा आरोहणका लागि गएका थिए। दुबै जनाको मृत्यु भएको सेभेन समीटले पुष्टि गरेको छ। सेभेन समिटका अनुसार अब्दुल सगरमाथा चुचुरोमा पुगेर फर्किने […]
एमालेले बरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुलाई ६ महिनाका लागि गरिएको निलम्बन फुकुवाको विषयलाई माधवपक्षीय नेता योगेश भट्टराईले सकारात्मक संकेत भनेका छन् । ‘हिजो गल्ती भएको थियो, त्यसलाई सच्चाउनु राम्रो हो । अव कुरा गरेर सहमति बनाउन लाग्नुपर्छ’, भट्टराईले बालुवाटारमा बसेको स्थायी समिति बैठकले कारवाही फुकुवाको निर्णय गरे लगत्तै ट्वीट गरेर भनेका छन् । अर्का नेता […]
प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालबीच वार्ता हुने भएको छ । प्रधानमन्त्री ओली २०७५ जेठ २ को अवस्थामा फर्कन तयार नभएसम्म सामुहिक राजीनामाको अडानबाट पछि नहट्ने नेता माधव कुमार नेपालले आफू निकट नेताहरुलाई स्पष्ट पारेका छन् । ‘अबको एकाध घण्टामा ओली र नेपालबीच वार्ता हुन्छ, कुरा मिल्यो भने ठीकै छ, नभए हाम्रोतर्फबाट सामुहिक राजीनामा […]
३० वैशाख, काठमाडौं । नेकपा एमालेले चार नेतामाथि गरेको कारबाही फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो । पार्टी एकतालाई ध्यानमा राखेर यो निर्णय लिइएको स्थायी कमिटी सदस्य विष्णु रिमालले जानकारी दिएका छन् । पुनस्थापित एमालेका […]
काठमाडौं । नेकपा (एमाले)ले वरिष्ठ नेता नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरेको कारवाही फिर्ता लिएको छ । बालुवाटारमा आज बसेको एमाले स्थायी समिति बैठकले नेता नेपालसहित भीम रावल,सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फिर्ता लिने निर्णय गरेको हो । पार्टी एकता कायम राख्न त्यस्तो निर्णय गरेको एमाले संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङले […]
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकार निर्माणका लागि राष्ट्रपति समक्ष दाबी पेस गर्ने भएका छन् । देउवाले काँग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदन दिन लागेको काँग्रेस नेता रमेश लेखकले जानकारी दिए । उनले भने, ‘बहुमतको सरकारका लागि आज दाबी गर्न जान्छौँ । त्यसको तयारी भइरहेको […]
कोरोना संक्रमित काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेबलाल श्रेष्ठको निधन भएको छ । न्यायाधीश श्रेष्ठको उपचारका क्रममा बुधबार राति निधन भएको हो । ५२ वर्षीय न्यायाधीश श्रेष्ठमा गत वैशाख ११ गते कोरोना संक्रमण पुष्टि भएपछि केहीदिन होम आइशोलेनमा हुँदै अस्पताल भर्ना गरिएको थियो । श्रेष्ठलाई अक्सिजनको सहायतामा टेकु अस्पतालमा उपचार गरिँदै आएकोमा निधन हुन पुगेको अस्पताल […]
काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षलाई राजीनामाबाट रोक्न अन्तिम प्रयास भइरहेको छ । राष्ट्रपतिले दिएको नयाँ सरकार गठनको समयसीमा आज साँझ ९ बजेसम्म सकिनुअघि नेपाल पक्षलाई राजीनामा गराउने प्रयास कांग्रेस र माओवादीको छ ।राजीनामाबारे माधव नेपाल पक्षमै मतभेद भएर संख्या जुटाउन सकस परिरहेका बेला संस्थापन पक्षले संवाद जारी राखेको छ । बुधवार माधव नेपाललाई […]