होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
पछिल्लो २४ घण्टामा नेपालमा थप ६८९१ जना कोरोना संक्रमणमुक्त बनेका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । हाल कोरोना निको हुनेदर ७४.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । […]
काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आगामी जेठ ६ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई जिताउने प्रतिबद्धता जनाएका छन् । बागमती प्रदेशमा हुने राष्ट्रियसभाको उपनिर्वाचनमा थापा एमालेका तर्फबाट उम्मेदवार बनेका छन् । मंगलबार दिउँसो वरिष्ठ नेता नेपाललाई कोटेश्वरस्थित निवासमा पुगेर थापाले सहयोगका लागि आग्रह गरेका थिए । थापाको आग्रहलाई जवाफमा नेपालले […]
४ जेठ, काठमाडौं । नेकपा एमालेभित्र कायम सहमति कार्यान्वयनका निम्ति प्रस्ताव ल्याउन गठित कार्यदलले आपसमा अन्तरविरोध र अविश्वास सिर्जना हुने कार्यबाट अलग रहन पार्टी पंक्तिलाई आग्रह गरेको छ । सिंहदरबारमा बसेको कार्यदलको बैठकले पार्टी एकता कायम राख्न अविश्वासको वातावरण सिर्जना हुन नदिन अपील जारी गरेको हो । ‘पार्टीमा एकता र समझदारी वृद्धि गर्न तथा एकापसमा […]
नागरिक रैबार/बाजुरा ४ जेठ। नेकपा माओवादी केन्द्र बाजुराका युवा नेता महेश शाही यतिबेला गृह गाउँपालिका जगनाथमा रहेका छन् । केही दिन अघि मात्रै गाउँवरीपरिका २५ जना कोरोना भाइरस संक्रमण भएपछि गाउँका अन्यलाई कोरोनाको संक्रमण हुन नदिन यसबाट बच्ने उपाए बारे जनचेतना सहित गाउँगाउँमा स्वास्थ्य सामाग्री वितरणमा सक्रिय भएका छन् । महामारीका बेला नेकपा माओबादी नेता […]
कमल थापा : आज जेठ ४ गते । आजकै दिन २०६३ सालमा नेपाली जनताको प्रत्यक्ष अभिमत विना बिदेशी शक्तिहरुको दवाव र प्रभावमा षडयन्त्रपूर्वक नेपालको हिन्दुराष्ट्रको पहिचान समाप्त पारिएको थियो । अहिले कथित ‘धर्मनिरपेक्षता’को आडमा सनातन धर्म, संस्कृति र परम्परालाई नष्ट पारेर बिदेशी धर्म संस्कृति लाद्ने काम योजनावद्ध र संगठितरूपमा भैरहेको छ । लोभलालच र प्रलोभनमा […]
जनता समाजवादी पार्टी नेपाल (जसपा)को संसदीय दलको नेतामा चयन भएका राजेन्द्र महतोको सो पद खारेज हुने भएको छ ।जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षका बहुमत सांसदको बैठकले पार्टीका वरिष्ठ नेता महतोलाई संसदीय दलको नेतामा चयन गरेको थियो । तर विधिवत, प्रकृया पुर्याएर नगरिएको कारण सो पद हाललाई खारेज गर्ने सहमति भएको अध्यक्ष उपेन्द्र यादवले बताए । […]
काठमाडौं ४ जेठ । नेकपा एमालेभित्र जुटेको सहमति कार्यान्वयनको मापदण्ड तय गर्न कार्यदलको बैठक आज बस्दैछ । दिउँसो तीन बजे सिंहदरबारमा बैठक बस्ने कार्यदलका सदस्य सुवास नेम्वाङले बताए । २ जेठमा बनेको कार्यदलको यो पहिलो बैठक हो । उनी अध्यक्ष केपी शर्मा ओली तर्फका कार्यदल संयोजक समेत हुन् । बरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम […]
झापा- झापामा जंगली हात्तीको आक्रमणबाट फेरि एक जनाको ज्यान गएको छ ।मृत्यु हुनेमा मेचीनगर ९ का ४५ वर्षीय श्याम राई रहेका छन् । आज बिहान मेचीनगर ९ स्थित मागुरमारी सामुदायिक बन बिट न.१ बाट निस्किएको एउटा जंगली हात्तीलाई खेदाउने क्रममा राईलाई अचानक हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट घाईते राईको उपचारका क्रममा मेची अस्पताल […]
सप्तरी- सप्तरीको उत्तरी भेगमा रहेको सप्तकोशी नगरपालिकाका उपप्रमुख आशा चौधरीको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ ।विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उनको अस्पतालमै मृत्यु भएको कञ्चनरुप नगरपालिका निवासी उत्तम आचार्यले जानकारी दिए । दुई साताअघि ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उहाँलाई स्थानीय स्वास्थ्यचौकीमा भर्ना गरिएको थियो । त्यसपछि एन्टिजेन परीक्षण गर्दा उनलाई कोरोना सङ्क्रमण […]
कर्णाली राजमार्गअन्तर्गत दैलेखको दुल्लु नगरपालिका-३ स्थित स्याँलामा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । आज विहान अन्दाजी ६ः३० बजे जुम्लाबाट सुर्खेततर्फ आउँदै गरेको बा २० च ७१५ नम्बर जिपको ब्रेक फेल भै सडकबाट पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परि जुम्लाको गुठीचौर […]
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार लिएको पद तथा गोपनियताको शपथविरुद्ध सर्वोच्च अदालतमा परेका चारवटा रिटको सुनुवाइ आज हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट लिइएको शपथमा शब्द छुटाएको भन्दै उक्त शपथ बदरको माग गर्दै सोमबारसम्म सर्वोच्चमा चारवटा रिट परेका छन् । अधिवक्ता चन्द्रकान्त ज्ञवाली र लोकेन्द्र वली, नवराज अधिकारी, सन्तोष भण्डारी, राजकुमार सुवाल समेतले दायर गरेका […]
काठमाडौं । कुनै पनि बैठक या छलफलबाट बाहिर निस्कँदा सञ्चारकर्मीलाई विरलै मात्र प्रतिक्रिया दिने गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सिंहदरबारमा दुई प्रश्नको जवाफ दिए । एमाले विवाद समाधान गर्न प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीचको भेटवार्ता सकेर सिंहदरबारबाट बाहिरिँदै गर्दा ओलीलाई सञ्चारकर्मीले घेरेर प्रश्न गर्न छुटाएनन् । त्यसक्रममा प्रधानमन्त्री ओलीलाई उपस्थित सञ्चारकर्मीले दुई नेताको […]
काठमाडौं । दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दो रहेकाले दुई महिनापछि धकेलिएको नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि शुरु हुनेमा अन्योल देखिएको छ । गत वर्षको महामारीको प्रभावका आधारमा चालु शैक्षिकसत्र, २०७७ लाई जेठ मसान्तसम्म लम्ब्याएर असार १ गतेदेखि नयाँ शैक्षिकसत्र, २०७८ सञ्चालन गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ परिस्थितिबारे आङ्कलन गरिरहेको छ […]
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा जिवितै रहेकाले नियमित प्रक्रियाबाटै बजेट आउने बताएका छन् । उनले अध्यादेशमार्फत बजेट ल्याउनेबारे पार्टी र सरकारमा कुनै छलफल नभएको पनि बताए । आइतबार पार्टीभित्रको विवाद समाधानका सन्दर्भमा वरिष्ठ नेता माधव कुमार नेपालसँगको छलफलपछि सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमाले अध्यक्ष समेत रहेका ओलीले भने, ‘प्रतिनिधिसभा जिवितै छ । अध्यादेशबाट बजेट ल्याउनेबारे […]
नेकपा एमाले माओवादी केन्द्रबीच एकता भएको आज ठीक तीन वर्ष पुग्दैछ । २०७५ साल जेठ ३ गते दुई पार्टी एकआपसमा विलय भएर नेकपा बनेको थियो । अहिले सर्वोच्च अदालतले पार्टी फुटाइदिएपछि एमाले ०७५ जेठ २ को अवस्थामा फर्कन खोजिरहेको छ । माओवादीले भने विधान संशोधन गरेर संगठनात्मक संरचनामा हेरफेर गरेको छ । एकताको तीन वर्ष […]
२ जेठ, काठमाडौं । सांसदबाट राजीनामा दिने तयारी स्थगित गरेको नेकपा एमालेको माधवकुमार नेपाल समूहका नेताहरु शुक्रबार साँझ सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पुुगे । त्यहाँ अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु पनि आए । अरुभन्दा ढिला बैठक हलमा आइपुगेका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली दुबै हात जोड्दै बैठक हलमा प्रवेश गरे । […]
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको स्वास्थ्य प्रणाली नै ‘काेल्याप्स’ (ध्वस्त) भयाे भनिएकोमा आपत्ति जनाउनुभयो । प्रधानमन्त्री ओलीले स्वास्थ्य प्रणालीमा देखिएका केही समस्यालाई लिएर सिङ्गो स्वास्थ्य प्रणाली नै कोल्याप्स भयो भन्न नमिल्ने तर्क गर्नुभयो । शनिवार (हिजो) बेलुकी जनस्वास्थ्यविद्, अस्पताल सञ्चालक, अक्सिजन सिलिन्डर सप्लायर्स तथा सरोकारवालासँगको सामूहिक छलफलमा उहाँले उहाँले भन्नुभयो, ‘सिस्टम नै कोल्याप्स […]
काठमाडौँ– कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति (सीसीएमसी)को बैठक अहिले जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थितिमा बैठक सिंहदरबारमा जारी रहेको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस संयोजक गणेश पाण्डेले जानकारी दिए । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसँगै विभिन्न अस्पतामा भएको उपकरण अभाव तथा अक्सिजनको अभाव व्यवस्थापनमा चाल्नुपर्ने कदमका विषयमा आजको बैठकले […]
२ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को १० औं महिना (साउन-वैशाख) पुरा भएको छ । यसअविधमा विकास (पुँजीगत) खर्च भने करिब ३६ प्रतिशत मात्रै छ । यसले यो वर्ष पनि नेपालको आर्थिक वृद्धि र पुँजी वृद्धि प्रभावित हुने निश्चित भएको छ । खासगरी यो वर्ष सम्पन्न हुने भनिएका राष्ट्रिय गौरवका आयोजना समेत कोरोना […]
काठमाडौं । सिंहदरबारमा शुक्रबार साँझ नेकपा एमालेका ओली पक्ष र माधव नेपाल पक्षबीच वार्ता तय भएको थियो । वार्ताको मूल एजेण्डा थियो एमालेलाई २०७५ जेठ २ अघिको अवस्थामा फर्काउने । यो एजेण्डामा केपी ओली सहमत भएको भनिएको थियो । एमालेलाई त्यसरी जेठ २ मा फर्काउँदा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ एमालेको केन्द्रीय कमिटीमा नरहने पक्कापक्की छ […]