होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा न्यूनीकरणका लागि हातेमालो गर्दै सहकार्यका साथ अगाडी बढन युवाहरुमा अपिल गरेको छ। संघका अध्यक्ष नरेश कुमार शाहीले आज एक विज्ञप्ति जारी गर्दै यस्तो यस्तो अपिल गरेका छन्। युवा संघ नेपाल (तत्कालिन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपाल) स्थापना भएको आज ३१ बर्ष पुगेको […]
निमेन्द्र शाही १ जेठ, वैशाख बाजुरा । बाजुराको पूर्वोत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका- १, पिपलडालीको हलिया बस्तीका बिरे सार्कीको ढोका बिहानैदेखि खुला छ । तर, छानामाथिको चिम्नीबाट धुवा अझै निस्केको छैन । कोल्टी बजारबाट हुम्ला जाँने मूलबाटोमा पर्ने उनको गाउँका सबै घरमा खडेरीमा प्रताडित माहुरी घारबाट फाट्ट–फुट्ट निस्किए जसरी मान्छेहरू घरभित्र–बाहिर गरीरहेका देखिन्छन् । अरु […]
१ जेठ, वैशाख । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस एडहानोमले नेपाललगायत दक्षिण एसियाली मुलुकहरुलाई आपतकालीन सहयोगको आवश्यकता रहेको बताएका छन् । शुक्रबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उनले भारत मात्रै होइन अन्य मुलुकलाई पनि आपतकालीन सहयोगको आवश्यकता रहेको बताएका हुन् । पत्रकार सम्मेलनमा उनले भने, ‘नेपाल, श्रीलंका, भियतमान, कम्बोडिया, थाइल्याण्ड र इजिप्टले बढ्दो संक्रमण […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेठ २ (माओवादी केन्द्रसँग पार्टी एकता गर्नुअघिको अवस्था) मा फर्किन सहमत भएका छन् । बिहीबार भएको वार्ता सकारात्मक भएपछि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आ–आफ्नो पक्ष नेताहरुसहित शुक्रबार फेरि वार्तामा बसेका थिए । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको वार्तामा अध्यक्ष ओली, नेपाल समूहको मागअनुसार जेठ २ […]
१ जेठ, काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न शनिबार कार्यदल गठन गर्ने तयारी नेताहरुले गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले आन्तरिक विवाद समाधानका लागि कार्यदल गठनको तयारी गरेका हुन् । यसअघिको भेटवार्तामा ओली र नेपाल दुवै पक्ष कार्यदल गठन गर्ने र त्यसको आधारमा विवाद समाधान […]
आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले अर्को मन्त्रालयको पनि जिम्मेवारी पाएका छन्। आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मा समेत शाहले प्राप्त गरेका हुन्।त्यस्तै मुख्यमन्त्री त्रिलोचन भट्टले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयसँगै भौतिक पूर्वाधार विकास मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै आएका छन्। यसअघि भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरिएको थियो भने आर्थिक मामिला तथा योजना […]
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । प्रदेशका विभिन्न अस्पतालमा पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुरका ८, कैलालीका १२, डडेल्धुराका ३, डोटीका १, दार्चुलाका २, बझाङका १, अछामका २ र बाँके जिल्लाका एकजना छन् । योसँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या […]
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले बेडको अभाव नभएको बताएका छन् । देशकै ठूलो सिटीहल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘हामीसँग बेडको अभाव छैन, सुविधा सम्पन्न अस्पताल जाने चाहने देखिन्छ, अक्सिजनसहितका बेडहरू, अन्य उपकरणसहितका बेडहरू, चिकित्सक सहितको बेडको प्रबन्ध गर्ने तयारी गरेका छौँ, देशभित्रका प्लान्टलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने प्रयास गरिएको छ’, ओलीले […]
मकवानपुर । नेकपा एमालेभित्र केपी शर्मा ओली र माधवकुमार नेपालबीच चोचोमोचो मिलेसँगै जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचन प्रभावित हुने भएको छ । काँग्रेस र माओवादीको समर्थनमा उम्मेदवार बनाइएका डा. खिमलाल देवकोटालाई माधव नेपाल समूहले भोट दिन्छ कि धोका दिन्छ ? अहिले वागमती प्रदेशमा यो प्रश्नले चर्चा पाएको छ । नेकपा एमालेका अध्यक्ष केपी […]
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले मुलुकको राजनीतिले दिशा परिर्वतन गरिनसकेको बताएका छन् । शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा कोभिड १९ विरुद्धको खोप लगाएर बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आन्तरिक व्यवस्थापनका दृष्टिले स्थिति केही फेरबदल भएपनि मूलभूत फेरबदलको अनुभूति हुनका लागि अझै मेहनत गर्नुपर्ने अवस्थामा नै राजनीति रहेको बताएका हुन् । […]
३१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि राज्यको सबै सामर्थ्य लगाउने बताएका छन् । प्रधानमन्त्री पदको शपथ लिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभार ग्रहण गर्दै उनले कोरोना महामारी नियन्त्रणका लागि राज्यको सबै शक्ति लगााउने बताएका हुन् । ‘कोभिड–१९ महामारी नियन्त्रणमा सरकारका सबै सामथ्र्य केन्द्रित गरिनेछ । राज्यका सबै अंग […]
३१ वैशाख, काठमाडौं । पूर्वरानी कोमल शाह कोरोनामुक्त भएकी छन् । नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वरानी शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाह शुक्रबार अपरान्ह ४ बजे डिस्चार्ज भएको अस्पतालले जनाएको छ । संक्रमण देखिएसँगै २१ दिनअघि नर्भिक अस्पतालमा पूर्व राजा ज्ञानेन्द्र शाहसहित तीनै जना अस्पताल भर्ना भएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाह वैशाख २९ गते राति […]
काठमाडौँ । अक्सिजनको आवश्यकता पर्ने अस्पताल र सर्वसाधारणहरूका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हटलाइन नम्बर सार्वजनिक गरेको छ । अक्सिजन आपूर्ति सहजीकरणका लागि मन्त्रालयले दुईवटा मोबाइल हटलाइन नम्बर सार्वजनिक गरेको हो । मन्त्रालयले अक्सिजनको आवश्यकता पर्ने अस्पताल र सर्वसाधारणलाई ९८५१३१०५८१ र ९८५१३१०५८४ नम्बरको व्यवस्था गरिएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ […]
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानै मन्त्रिपरिषदका सदस्यलाई निरन्तरता दिएका छन् । शुक्रबार प्रधानमन्त्री ओलीसहित उनको मन्त्रिमण्डलका सदस्यले पनि पद तथा गोपनीयताको सपथ लिएका छन्। तीन राज्यमन्त्रीसहित २५ सदस्यीय मन्त्रिपरिषद्मा सबैले साविककै मन्त्रालयको जिम्मेवारी पाएका छन् । आज सपथ ग्रहण समारोहमा उद्योग वाणिज्य तथा आपुर्ति राज्यमन्त्री विक भने सहभागी हुन सकिनन् । विकका […]
ईश्वर पोखरेलले उपप्रधानमन्त्री पदको सपथ लिएका छन् । शीतलनिवासमा आयोजित कार्यक्रमबीच राष्ट्रपति विद्यादेवि भण्डारीले उपप्रधानमन्त्री पदको सपथ खुवाएकी हुन् । नवनियुक्त प्रधानमन्त्री केपी ओलीले पुरानै मन्त्रिमण्डललाई निरन्तरता दिएका छन् । एमालेको माधव समुह र जसपा नेपालको ठाकुर पक्षलाई सरकारमा सामेल हुन आग्रह गरिए पनि उनीहरु सरकारमा सहभागी भएनन् । त्यस्तै, राष्ट्रपति भण्डारीले मन्त्रीहरुलाई समेत सपथ […]
सरकार ढलेपछि गृहमन्त्रीबाट स्वतः पदमुक्त बनेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ राष्ट्रियसभा सदस्य पदका उम्मेदवार हुन् । निर्वाचन आयोगले बिहीबारदेखि निर्वाचन आचारसंहिता लागू हुने घोषणा गरिसकेको छ । यस्तो अवस्थामा थापालाई फेरि गृहमन्त्रीमा नियुक्त गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न उब्जिएको छ । निवर्तमान गृहमन्त्री थापाले पदमै रहेका बेला हेलिकोप्टरबाट हेटौँडा पुगेर उम्मेदवारी दर्ता गराएका थिए […]
३१ वैशाख, काठमाडौं । बिहीबार प्रधानमन्त्रीमा पुन: नियुक्त भएका केपी शर्मा ओलीले मन्त्रिपरिषदमा पुरानै नेताहरुलाई दोहोर्याउने तयारी गरेका छन् । प्रधानमन्त्रीले शुक्रबार साढे दुई बजे शपथ लिदैछन् । यसपछि मन्त्रीहरुको शपथ हुनेछ । ‘पुरानै मन्त्रीहरुलाई पुनः शपथ गराउने तयारी भइरहेको छ । माधव नेपाल र जसपाका नेताहरुसँग कुरा गरेर फेरि मन्त्रिपरिषद् पुनर्गठन हुने सम्भावना छ’, […]
३१ वैशाख, काठमाडौँ । नेकपा एमालेका नेता वामदेव गौतमले प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच सुरु भएको संवाद नेकपा एमालेका निम्ति एक महत्वपूर्ण घट्नाको रुपमा स्थापित होस भन्ने आफ्नो चाहना भएको बताएका छन् । गौतमले सामाजिक सञ्जालमार्फत् ओली र नेपाल विचको विहिबारको कुराकानीलाई पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक संवाद सुरु भएको […]
३१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले दिउँसो २ बजे शीतलनिवासमा गएर शपथ ग्रहण गर्न लागेको राष्ट्रपति कार्यालय स्रोतले बतायो । शपथपछि उनले आजै पदभार ग्रहण गर्ने कार्यक्रम छ । विश्वासको मत पाउन नसकेपछि यही वैशाख २७ गते ओली प्रधानमन्त्रीबाट पदमुक्त […]
काठमाडौं । विपक्षी दलहरु प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प दिन असफल भएको छन् । प्रधानमन्त्री ओलीद्वारा पुस ५ मा विघटित प्रतिनिधिसभा ११ फागुनमा पुनस्र्थापित भएयता वैकल्पिक सरकार निर्माणको प्रयास भएपनि अन्ततः आज असफल भएको छ । आफैले संसदको विषेश अधिवेशन बोलाए सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदा ओली विफल भएपनि नेपाली काँग्रेस–माओवादी केन्द्र गठबन्धन विकल्प दिन […]