होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चार नेतामाथि कारवाही फुकुवा तर जेठ २ मा नफर्कने संकेत
समाचार

चार नेतामाथि कारवाही फुकुवा तर जेठ २ मा नफर्कने संकेत

खनाल–नेपाल समुहका सांसदहरुको राजीनामाले केही असर गर्दैन : ज्ञवाली

  • नागरिक रैबार
चार नेतामाथि कारवाही फुकुवा तर जेठ २ मा नफर्कने संकेत
फायल फोटो

नेकपा एमाले नेता प्रदीप ज्ञवालीले पार्टी २०७५ साल जेठ २ गतेको अवस्थामा फर्कने सम्भावना नरहेको संकेत गरेका छन् । पार्टीकै नेपाल खनाल पक्षले पार्टी एकता र सहमति अनुसार चल्ने हो भने २०७५ साल जेठ २ गतेको अवस्थामा फर्कनुपर्ने अडानका बारेमा बिहीबार बसेको स्थायी बैठकले केही निर्णय गर्यो भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा नेता ज्ञवालीले प्रतिकूल अवस्थामा नेतृत्वका पक्षमा दृढतापूर्वक उभिएका पुर्व माओवादीबाट एमालेमा प्रवेश गरेका नेताहरुको योगदानको अवमूल्यन गर्ने खालको निर्णय नहुने बताएका हुन् । तर अन्य विषयमा आवश्यक छलफल गरेर उपयुक्त निर्णय गर्ने अख्तियारी भने अध्यक्षलाई दिइएको उनले जानकारी दिए ।

उनले नेतृत्वले पार्टी एकता र पार्टीको वृहतर हितलाई ध्यानमा राखेर आवश्यक कदम चाल्ने बताए । उनले भने, “राष्ट्रिय राजनीतिको पक्षमा निर्णय गर्नै अधिकार अध्यक्षलाई दिएको छ । तर प्रतिकुल अवस्थामा देशभरको सिंगो पार्टीपंक्ति भिडेको छ । उहाँहरुको मनोबल खस्काउने अथवा असाध्यै प्रतिकुल अवस्थामा नेतृत्वको पक्षमा दृढतापूर्वक उभिनु भएका पूर्व माओवादी कमरेडहरु जो अहिले नेकपा एमालेमा आवद्ध हुनुहुन्छ उहाँहरुको योगदानलाई अवमूल्यन गर्ने खालका कुनै पनि निर्णयहरु हुँदैनन् । अन्य कतिपय विषयमा छलफल गरेर अगाडि बढ्न सकिन्छ । त्यो छलफल र आवश्यक सहमति र आवश्यक निर्णय गर्ने अधिकार अध्यक्षलाई प्रत्यायोजन गरिएको छ ।”

खनाल–नेपाल समुहका सांसदहरुले राजीनामा गरेर सरकार गठनको प्रक्रियालाई कुनै पनि असर नगर्ने पनि उनले उल्लेख गरे । उनले नेपाल खनाल समुहले विगतमा पनि दलको अध्यक्षलाई अध्यक्षबाट, साधारण सदस्यताबाट पनि बरखास्त गर्ने काम गरेको तथा विश्वासको मत लिने दिन प्रतिनिधिसभामा अनुपस्थित भएर विपक्षी दललाई सघाउने काम गरेको उल्लेख गर्दै पार्टी एकताको रक्षाका लागि सकारात्मक ढंगले योगदान गर्न पनि बैठकले आव्हान गरेको बताए । कार्यविभाजन भनेको कुनै पनि बेला परिर्वतन हुने भएकाले पार्टी भित्र फर्किएर नेतृत्वलाई सहयोग गरेको अवस्थामा आवश्यक भूमिका र कार्यविभाजन हुने पनि उनले बताए ।

विज्ञापन

स्थायी समितिले बरिष्ठ नेता माधव कुमार नेपाल लगायत ४ नेता माथि गरेको कारवाही भने फिर्ता गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार विहान बसेको स्थायी समिति बैठकले बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

पार्टी एकताको रक्षाका लागि विगतका कुरा बिर्सेर एकतामा योगदान गर्न आव्हान गर्दै ४ नेतामाथि गरिएको निलम्बन फुकुवा गर्ने निर्णय बैठकले गरेको नेता प्रदीप ज्ञवालीले जानकारी दिए । उनले भने “पार्टी एकताको रक्षाका लागि विगतका सबै कुराहरु विर्सेर एकतामा योगदान गर्न आव्हान गर्दै निलम्बन गरिएका नेताहरु माधवकुमार नेपाल,भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ र आफ्नै सरकार ढालेर विपक्षीहरुको सरकार बन्ने बनाउने र त्यसका निम्ति मुख्य कारक बन्ने बाटोमा नहिड्न साथीहरुलाई आह्वान पनि गरेको छ । बैठकले पार्टी भित्र र राष्ट्रिय राजनीतिमा देखा पर्ने परिस्थितिका सन्र्दभमा आवश्यक निर्णय गर्ने अधिकार अध्यक्षलाई प्रत्यायोजन गरेको छ । ”

बैठकले बागमती प्रदेश सभाका सदस्य पशुपति चौलागाईंको निधनमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सम्मानमा पार्टीको झण्डा ३ दिन झुकाउने निर्णय गरेको छ । बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड महामारीको बढ्दो चुनौति र कोभिड नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेका तयारी बारे जानकारी गराएका थिए । बैठकले उपचारका लागि अत्यावश्यक अक्सिजन अभाव लगायतका समस्या सम्बोधन गर्न राज्यको सम्पूर्ण क्षमता र सम्पुर्ण कुटनीतिक क्षमता प्रयोग गर्न सुझाव दिएको छ ।रातोपाटीबाट साभार

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार