होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । नेकपा एमालेको विवाद निरुपणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बेवास्ता गरेपछि वरिष्ठ नेता झलनाथ खनाल तथा माधवकुमार नेपाल पक्षले पार्टीबाटै बाहिरिने कि सांसद पदबाट राजीनामा दिने भन्नेबारे छलफल थालेको छ । सर्वोच्च अदालतको फैसलाअनुसार पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थाबाट सुरु गर्नुपर्ने माग ओलीले नसुनेपछि नेपाल समूह पार्टीबाटै बाहिरिने वा सांसद पदबाट सामूहिक राजीनामा […]
कोरोनाको दोस्रो लहरले नेपालमा संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गएका बेला भदौ १६ सम्म ४२ हजार जनाको ज्यान जान सक्ने प्रक्षेपण एक अन्तर्राष्ट्रिय संस्थाले गरेको छ । अमेरिकाको वासिङ्टन विश्वविद्यालयमा रहेको अन्तर्राष्ट्रिय स्वास्थ्य अनुसन्धान केन्द्र ‘इन्स्टिच्युट अफ हेल्थ मेट्रिक्स एण्ड इभालुएसन (आइएचएमई)’ ले महामारीको विभिन्न नतिजाका आधारमा यस्तो प्रक्षेपण गरेको हो । उक्त संस्थाले […]
राजनीतिक स्थिरताको नारा दिई मत बटुलेर प्रधानमन्त्री भएका केपी शर्मा ओली ३ वर्ष २ महिना २५ दिन सरकार चलाएर पदमुक्त भए । प्रजातन्त्र पुनःस्थापनापछिको ३० वर्षमा छिटोछिटो सरकार फेरिएर दिक्क भएका जनता फेरि एकपटक निराश बनेका छन् । त्यसका साथै ५ वर्ष सरकार चलाउने र देशमा समृद्धि ल्याउने ओली र उनको नेतृत्वको वाम गठबन्धनको वाचा […]
विवाहमा भएको भीडभाडले महोत्तरीको बर्दिबास ५ चेरु गाउँमा कोरोना संक्रमण फैलिएको छ । गाउँका मानिसमा ज्वरो, रुघाखोकी देखिएपछि ४३ जनामा गरिएको कोरोना परीक्षणमा २८ जनामा संक्रमण पुष्टि भएको बर्दिबास नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक रामबाबु यादवले बताए। घरघरमा मानिसमा एकै पटक कोरोना संक्रमण फेला परेपछि गाउँलाई सिल गरिएको बर्दिबास नगरपालिका मेयर विदुरकुमार कार्कीले बताए। ‘कोराना संक्रमण […]
कोरोना संक्रमण उकालो लाग्दो क्रममा रहेकै बेला नेपालमा १ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन योग्य जनसंख्या अनुमानित २ करोड १७ लाख ५६ हजार ७ सय ६३ रहेको प्रक्षेपण गरेको थियो । मन्त्रालय प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार हालसम्म २० लाख ९१ हजारभन्दा बढीले कोरोनाविरुद्धको […]
काठमाडौं — कोरोना संक्रमित भएर काठमाडौंको नर्भिक अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार कोरोनामुक्त भएर साँझ डिस्चार्ज भएका छन् । अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पूर्वरानी कोमल शाह भने अझै अस्पतालमै छन् । कोभिड संक्रमण देखिएपछि १९ दिनअघि छोरी प्रेरणासँगै पूर्व राजदम्पति अस्पताल भर्ना भएका थिए । अस्पतालमा ज्ञानेन्द्रलाई अक्सिजन दिएर राखिएको थियो । लगातारको उपचारपछि […]
राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समय दिएसँगै नयाँ सरकार गठनको जोडघटाउ पेचिलो बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा विशेष अधिवेशनअन्तर्गत मतदान प्रक्रियामा विश्वासको मत गुमाऐसँगै कांग्रेस–माओवादीलगायत दल नयाँ सरकार गठनको तीव्र दौडधूपमा छन् । नयाँ सरकारका लागि बहुमत पु(याउन विपक्षी दललाई हम्मेहम्मे परिरहेको अवस्था छ । ‘काम चलाउ’ प्रधानमन्त्री ओली विपक्षी दललाई […]
काठमाडौं, २९ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का नेता माधव कुमार नेपालबीच ७ बुँदे सहमतिको खाका तयार भएको बुझिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापित गरेर देउवाको नेतृत्वमा सरकार गठन गर्नको लागि माधव नेपाल पक्षधर सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेको हल्ला चलेको अवस्थामा देउवा र नेपालबीच भने सात बुँदे सहमतिको […]
काठमाडौँ : दलित समूदायबाट महिलामा सीता नेपाली नेपालकै इतिहासमा पहिलो मन्त्री बनेकी छिन् । नेकपा माओवादी कर्णाली प्रदेशकी प्रमुख सचेतक समेत रहेकी नेपाली कर्णाली प्रदेश सरकारमा जनस्रोत मन्त्री बनेकी हुन् । बुधबार कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालीलाई जलस्रोत मन्त्री, बिन्दमान बिष्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र गोपाल शर्मालाई आर्थिक तथा योजनामन्त्रीमा नियुक्त गरेका हुन् । […]
नागरिक रैबार/बाजुरा २९ बैशाख। युवा संघ नेपाल जिल्ला कमिटी बाजुराका सहसंयोजक गणेश बोहराले प्रगतिशिल विवाह गरेका छन् । विवाहका नाममा हुने भड्किलो खर्च रोक्दै बोहराले अनेरास्ववीयु जिल्ला कमिटी बाजुराकी सचिवालय सदस्य मन्जु भाटसंग सदरमुकाम मार्तडीमा विवाह गरेका हुन् । राष्ट्रिय बक्सीङ्ग खेलाडी समेत रहेका बोहराले आफ्नो विचार र मन मिलेकाले मन्जु संग विवाह गरेको बताए […]
रूपन्देहीमा १३ जेठसम्म निषेधाज्ञा थप भएको छ । जिल्लामा कोरोना संक्रमण फैलिने क्रम बढ्दै गएको निष्कर्ष डीसीसीएमसीको बैठकले निकाल्दै निषेधाज्ञा बढाउने सिफारिस गरेअनुसार १३ जेठसम्म निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालय रूपन्देहीका सूचना अधिकारी जनक थापाले जानकारी दिए । यस अवधिमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत्, दमकल, संचार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला, व्यवस्थापन, ईन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, […]
नेपालमा कोरोना संक्रमणबाट थप १६८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १६८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । बुधबार देशभर ९३०५ जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले बताए । उनका अनुसार काठमाडौं उपत्यकामा मात्रै ३९ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । […]
कर्णालीका नवनियुक्त तीन मन्त्रीको शपथ भोलि हुने भएको छ । बुधबार नियुक्त भएका तीन मन्त्रीको शपथग्रहण बिहीबार बिहान ११ बजे हुने तय भएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रेस सल्लाहकार ध्रुबबिक्रम बुढाथोकीले जानकारी दिए । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रीमा बिन्दमान विष्ट, जलस्रोत तथा उर्जा विकास मन्त्रीमा सीता नेपाली, रआर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल […]
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । विपक्षी गठबन्धले बहुमत पुर्याउन नसकेपछि प्रदेशसभाको ठूलो दलको हैसियतमा पृथ्वीसुब्बालाई प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्री नियुक्त गरेकी हुन् । गठबन्धनले नेपालको संविधानको धारा १६८ को २ अनुसार बहुमत पुर्याउन नसकेपछि गुरुङ संविधानको धारा १६८ को ३ अनुसार संसदको ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । […]
नेकपा एमालेका नेता भीम रावलले राजीनामा दिएर जानुपर्ने बताएका छन्। असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिने उल्लेख गरेका उनले राजीनामा दिने संकेत गरेका छन्। अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विधानविपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट रोक्न पदमुक्त गर्नुपर्ने आवश्यकता रहेको पनि उनले उल्लेख गरेका छन्। ‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ। थप राष्ट्रिय […]
२९ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ९३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ ।
सत्तारुढ नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहका २० सांसदले अन्ततः राजीनामा गर्ने भएका छन् । माधव समूहका नेताहरुले राजीनामा दिने भएपछि अब जसपाको महन्थ ठाकुर पक्षले जेसुकै निर्णय गरे पनि काँग्रेस सभापति शेरबहादुर देउवाका लागि बहुमत पु¥याउने बाटो खुल्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बहुमत गुमाएसँगै नयाँ सरकार निर्माणका लागि […]
२९ वैशाख, काठमाडौं । सरकारले कोरोना संक्रमित बिरामीले प्रयोग गर्ने औषधि रेम्डिसिभिरको मूल्य तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रति भाइल ४ हजार ९०० रुपैयाँमा रेम्डिसिभिर खरिद गर्न सकिने जानकारी गराएका हुन् । कोभिड–१९ को उपचार गर्ने क्रममा अस्पतालहरुबाट चिकित्सकहरुले रेम्डिसिभिर औषधि सिफारिस गरेमा आधिकारिक आयातकर्ता […]
धनगढी: बैशाख १८ गते शनिबार सामाजिक सञ्जाल ‘टिकटक’मा अपलोड भएको एउटा भिडियोमा मास्क लगाएकी एक महिला देखिन्छन्। उनले बनाएको टिकटकमा भनिएको थियो ‘आमा धेरै थकित छु, जिन्दगीदेखि। सायद अब बाँच्न सक्दिँन होला यो स्वार्थी संसारमा। मलाई माफ गरिदेउ है आमा तिमीलाई खुसी दिन सकिँन।’ त्यसकै भोलिपल्ट आइतबार उनले फेरि थप एक भिडिओ अपलोड गरिन्। बिस्तरामै […]
नागरिक रैबार/बाजुरा २९ बैशाख। जिल्लामा नयाँ भेरिएन्ट सहितको कोभिड-१९ को संक्रमण फैलिएसंगै दिनप्रतिदिन संक्रमितको संख्या वृद्धि हुँदै गईरहेको छ । जिल्लामा हालसम्म २ सय बढी सक्रिय संक्रमितहरु छन् भने ४ जनाको कोरोनाकै कारण मृत्यु भईसकेका छन् । यसै विच जिल्लामा कोही पनि कोभिडको विरामीलाई उचारका लागि एकठाउँबाट अर्को ठाउँसम्म लैजान समस्या नहोस भन्ने उद्देश्यले बडीमालिका […]