होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बूढानीलकण्ठ वार्ता विफल : महन्थद्वारा देउवाको प्रस्ताव अस्वीकार
समाचार

बूढानीलकण्ठ वार्ता विफल : महन्थद्वारा देउवाको प्रस्ताव अस्वीकार

  • नागरिक रैबार
बूढानीलकण्ठ वार्ता विफल : महन्थद्वारा देउवाको प्रस्ताव अस्वीकार

नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षबीच बिहीबार भएको वार्ता विफल भएको छ । वार्ताका क्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले आफू नेतृत्वमा बन्ने सरकारलाई सघाउन गरेको आग्रहलाई ठाकुरले अस्वीकार गरेका हुन् ।

देउवा निवास बूढानीलकण्ठमा भएको वार्तामा जसपा अध्यक्ष ठाकुरले आफूहरु सरकार निर्माणको दौडमा नरहेको कारण कुनै प्रकारको सहयोग नहुने बताएका थिए । जसपा नेपालले राखेको माग कहीँबाट पुरा नहुने देखेर आफूहरु तटस्थ बस्ने निर्णय गरेको कारण सत्ता समीकरणमा जसपाको कुनै भूमिका नरहने उनले स्पष्ट पारेको स्रोतले जनाएको छ ।

सभापति देउवाका स्वकीय सचिव भानु देउवाले भने जसपा नेपालका अध्यक्ष ठाकुरलाई सरकार निर्माणमा सहयोग गर्न आग्रह गरिएको र उनले पार्टीमा छलफल गरेर जवाफ दिने भनेको  बताए ।
जसपा नेपालले राखेको माग पुरा गर्न आफूहरु तयार रहेको र त्यसका लागि मिलेर सरकार बनाउन देउवाको प्रस्ताव गरेको उनको भनाइ छ ।

विज्ञापन

स्रोतका अनुसार देउवाले यस्तो प्रस्ताव राखेपछि अध्यक्ष ठाकुरले भने यस्तो कुरा आफूहरुले वर्षौदेखि सुन्दै आइरहेको हुनाले माग पूरा हुनेमा आफूहरुलाई कुनै विश्वास नरहेको जवाफ फर्काएका थिए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार