होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्ने उद्देश्यले तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोक सामुदायिक वनमा फलफूल खेती शुरु गरिएको छ । बाँदर आतङ्क रहेको यस ठाउँमा बाँदरलाई जङ्गलमै भुलाउन विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपण शुरु गरिएको हो । डिभिजन वन कार्यालय तनहुँको आर्थिक सहयोगमा नमूना फलफूल वन स्थापना गर्ने उद्देश्यले फलफूलका बिरुवा रोपिएको हो । म्याग्दे गाउँपालिकाका […]
मनसुनी वायु सक्रिय रहेकाले मुलुकका विभिन्न क्षेत्रमा आज बिहानैदेखि पानी परिरहेको छ । मुख्यगरी प्रदेश १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी परिरहेको र थोरै ठाउँमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसपालि खुल्दै, पुनः पानी पर्दै तर देशैभरि ढाक्ने गरी […]
नेपाल विद्युत प्राधिकरणले यही असार १३ गतेदेखि १९ गतेसम्म विद्युत कटौती हुनसक्ने जनाएको छ । शनिवार एक सूचना प्रकाशन गर्दै प्राधिकरणले राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी आयोजनालाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न लागेकोले खिम्ती लामोसाँघु १ सय ३२ केभी प्रशारण लाइन बन्द हुने जनाएको छ । सो प्रसारणलाइन बन्द भएपछि प्रणालीमा विद्युत अपुग हुने भएकोले ढल्केबरदेखि कोहलपुरसम्मका […]
देशभरका ७५३ स्थानीय तहमध्ये अधिकांशले असार १० गते आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरे । बजेट घोषणाका क्रममा केही स्थानीय तहमा अनपेच्छित घटना भए । कतै कुटाकुट भयो, कतै नाराबाजी भयो । कतै ठेकदारहरुको धम्कीका कारण सुरक्षा घेराका वीच बजेट घोषणा गर्नुपर्यो । केही स्थानीय तहले रोचक निर्णय गरे । […]
धनगढीः सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहको गृह जिल्ला बाजुरामा अधिकांश बजेट विनियोजना भएको आरोप लागेको छ। पूर्वाधार कार्यालय अछाम मार्फत कार्यान्वयन हुने योजनाको संख्या र रकम समेत धेरै रहेको पाइएको हो। अर्थ मन्त्री शाहको गृह जिल्ला तथा एमाले नेता भीम रावलको प्रभावका कारण अन्य जिल्लाको तुलनामा अछाम र बाजुरामा पूर्वाधारका अधिकांश […]
सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् । सरकारले घोषणा गरेको कार्यक्रमअनुसार विद्यार्थीले २०७८ सालको शैक्षिक सत्रबाट सबै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने भएका हुन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक घनश्याम अर्यालले दुवै कक्षामा अध्ययन गर्ने विद्यार्थीले छ वटै विषयको […]
विपक्षी गठबन्धनमा सम्बद्ध प्रमुख पाँच विद्यार्थी संगठनले आज देशभर प्रदर्शन गर्दै छन् । प्रधानमन्त्री केपी शर्माको असंवैधानिक कदमको बिरोध गर्दै विहीबार दिउँसो ३ बजे उपत्यकाको प्रदर्शनी मार्ग तथा देशका विभिन्न स्थानमा स्वास्थ्य मापदण्ड पालना गरी सामाजिक दूरी कायम गर्दै बिरोध प्रर्दशन गरिने भएको हो । काँग्रेस निकट नेविसंघ, माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी), एमालेको माधव नेपाल […]
८ असार, काठमाडौं । २०७६ सालको चैतदेखि ०७८ सालको जेठसम्म विभिन्न कारणले २६८ जना गर्भवतीले ज्यान गुमाएका छन् । ०७७ सालको चैतदेखि ०७८ को जेठसम्म मात्रै ४५ जना गर्भवतीले ज्यान गुमाएको परीवार कल्याण महाशाखाले जनाएको छ । महाशाखाको अनुसार अहिलेसम्म कोरोना संक्रमणबाट ३३ जना गर्भवतीको ज्यान गएको छ । महाशाखामा आएको तथ्यांकहरु मध्ये अस्पतालमा भर्ना […]
८ असार, काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतले संसद विघटनपछिको मन्त्रिपरिषद विस्तार बदर गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको शक्ति देखाइदिएको टिप्पणी गरेका छन् । सर्वोच्चको आदेशपछि कुरा गर्दै रिट निवेदकसमेत रहेका उनले भने, ‘सर्वोच्चको आदेशले प्रधानमन्त्रीको अधिनायकपन, अहंकार र घमण्डमा धक्का दियो । उनको दूषित मानसिकता चकनाचुर बनायो । सारमा भन्दा संविधानको […]
नागरिक रैबारर, ८ असार गौमुल । गौमुल गाउँपालिका वडा नं। २ रनेडाका कृषक श्री बुदे रोकायाले ८ रोपनि खेतियोग्य जग्गामा ब्यावसायिक रुपमा केरा खेती गर्दै आएका छन ।आज भन्दा ४ र ५ बर्ष अघाडी तत्कालिन कृषि विकाश कार्यालय बाजुराबाट १० वटा केराका विरुवा माग गरी केराको बगैचा स्थापना गरेका हुन । उनिसंग हाल ५ सय […]
सर्वोच्च अदालतले कामचलाउ सरकारले गरेको मन्त्रिपरिषद विस्तार बदर गरेपछि २० मन्त्री पदमुक्त भएका छन् । रोचक कुरा त सरकार दुई मन्त्रीको हेलिकोप्टरमा उड्दा उड्दै गरेकाे अवस्थामा मन्त्री पद गएको छ । यी दुई मन्त्री हुन् उपप्रधान एवं शहरी विकास मन्त्री राजेन्द्र महतो र स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ । मंगलबार सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी […]
काठमाडौं, ८ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच अब सम्वाद नहुने भएको छ । पार्टी एकताको लागि दोस्रो तहका नेताहरुले गरेको प्रयास पनि खेर गएको छ । खासगरी कर्णाली प्रदेशका सांसदहरुको पूनर्वहाली गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध एमाले अध्यक्ष ओली पक्ष भ्याकेटमा गएपछि दुई पक्षबीचको वार्ता भंग […]
८ असार, काठमाडौं । आइतबार साँझ ‘क्लबहाउस’को दोहोरी गायन समूहमा एक युवकले आफ्नो रहस्य खोल्दा सहभागीहरू आश्चर्यमा परे । ती युवकका अनुसार समय कटाउन लगातार २० घन्टादेखि उनी क्लबहाउसकै विभिन्न ग्रुपमा जोडिएका थिए । त्यस्तै दुई सातादेखि निरन्तर क्लबहाउसका विभिन्न विषयमा बहसमा सक्रिय थिए । छलफलमा ती युवकले भने, ‘म बीस घन्टादेखि क्लबहाउसमै छु, साथीहरू […]
असार, काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु भएसँगै असार १ गतेदेखि देशभरका विद्यालयमा भर्ना अभियान थालिएको छ । भर्ना अभियान सुरु भएको एक सातामै केही सामुदायिक विद्यालयहरूमा नयाँ भर्ना हुन आउने विद्यार्थीको संख्या बढेको छ । कोरोना महामारीको प्रभावका कारण सामुदायिक विद्यालयहरूमा नयाँ भर्ना हुन आउने विद्यार्थीको संख्या बढिरहेको उनीहरूको भनाइ छ । कोरोना महामारीका […]
८ असार, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देश र संविधानलाई दुर्घटना हुनबाट बचाउन हरसम्भव प्रयास गरिरहेको बताएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमले संविधान धरासायी हुने होकी भन्ने आशंका पैदा गरेको उनले बताए । देशै के हुने हो भन्ने जस्तो स्थिति आएको बताउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘धेरै नपाली जनता सचेत रहेकाले र […]
सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चमा दिएको भ्याकेट निवेदनमाथि आज सुनुवाइ हुँदैछ । न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासमा उक्त मुद्दा सुनुवाइका लागि पेशी तोकिएको छ । कर्णाली प्रदेशका प्रकाश ज्वाला,नन्दसिंह बुढा,कुर्मराज शाही र अमरबहादुर थापालाई एमालेले ह्वीप उल्लंघन गरेको भन्दै महाधिवेशन आयोजक कमिटीले कारवाही गरेको थियो […]
८ असार, चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक धाउँछन् । यी ब्यापारी मात्रै होइन जिल्लाका धनाढ्यमा गनिनेहरुले पनि छोड्दैनन् सामाजिक सुरक्षा भत्ता । राज्यले विपन्नलाई सहयोग पुगोस् भनेर दिने यस्ता सुविधा ‘अधिकार’ भन्दै करोडौँ आम्दानी गर्नेहरुले […]
७ असार, काठमाडौं । कोभिशिल्ड खोप लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप लगाउन आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । ज्येष्ठ नागरिक चिरञ्जीवि बास गिरी सोमबार रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । उनको रिटमा मंगलबारका लागि पेशी तोकिएको छ । फागुन २३ गतेदेखि चैत ३ गतेसम्म सञ्चालित […]
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के४१७एन म्युटेसन भेटिएको जनाएको छ । मन्त्रालयका अनुसार नयाँ म्युटेशनलाई एवाई.१ नाम पनि दिइएको छ । हालसम्म यो म्युटेसन नेपालसहित विश्वका १० भन्दा बढी राष्ट्रहरुमा पुष्टि भइसकेको मन्त्रालयका सहप्रवक्ता समीर कुमार […]
अविरल वर्षासँगै हुम्ला सदरमुकाम सिमकोटलगायत विभिन्न ठाउँमा पहिराले २४ घरमा क्षति पुर्याएको छ । सिमकोट गाउँपालिका–३ मा पहिराले आफ्नो घर पूर्णरुपमा क्षति भएको याङ्सो लामाले बताए । घर भत्केपछि छिमेकीको घरमा बस्दै आएको उनले जानकारी दिए । सिमकोट, खार्पुनाथ, सर्केगार्ड र ताँजाकोट गाउँपालिकाका २४ घरमा पूर्णदेखि आंशिक क्षति पुगेको प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले जानकारी […]