होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • ७७ किलो गाँजासहित सर्लाहीबाट एकजना पक्राउ
देश/प्रदेश

७७ किलो गाँजासहित सर्लाहीबाट एकजना पक्राउ

  • नागरिक रैबार
७७ किलो गाँजासहित सर्लाहीबाट एकजना पक्राउ

१ साउन, जनकपुरधाम।सर्लाहीमा ७७ किलो लागूऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय, मलगंवाका अनुसार हरिवन नगरपालिका वडा नम्बर २ स्थित अत्रौली खोला नजिकबाट स्थानीय अशोक कुमार लामालाई गाँजासहित पक्राउ गरिएको छ ।

बा.५२ १९३२ नम्बरको मोटरसाइकलमा सबार लामालाई गाँजासहित नियन्त्रणमा लिइएको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

लामासँगै अन्य तीन जना पनि काँधमा प्लाष्टिकको बोरामा गाँजा ल्याइरहेको र प्रहरीलाई देखेपछि उनीहरु गाँजाको बोरा फ्याँकेर फरार भएको प्रहरीले जनाएको छ । लामालाई नियन्त्रणमा लिई अन्य अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार