होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा मुद्दा दर्ता गर्ने क्रम बढ्दो
समाचार

बाजुरामा मुद्दा दर्ता गर्ने क्रम बढ्दो

  • नागरिक रैबार
बाजुरामा मुद्दा दर्ता गर्ने क्रम बढ्दो

नागरिक रैबार/बाजुरा २ साउन । बाजुरामा मुद्दा दर्ता गर्ने क्रम बढ्दो क्रममा रहेको पाइएको छ। जिल्ला अदालत बाजुराको तथ्याङ्कअनुसार गत १० वर्षको अवधिमा आर्थिक वर्ष ०७७/०७८ मा सबैभन्दा बढी मुद्दा दर्ता भएका पाइएको हो।

आर्थिक वर्ष ०६७/०६८ मा ३३ मुद्दा, ०६८/०६९ मा ४३ मुद्दा, ०६९/०७० मा ४६ मुद्दा, ०७०/०७१ मा ५७ मुद्दा ०७१/०७२ मा ४९ मुद्दा, ०७२/०७३ मा ७४ मुद्दा, ०७४/०७५ मा ९८मुद्दा, ०७५/०७६ मा १११ मुद्दा, ०७६/०७७ मा १२० मुद्दा र ०७७/०७८ मा २०० मुद्दा दर्ता भएको तथ्याङकमा उल्लेख छ।

आर्थिक वर्ष ०७७/०७८ मा दर्ता भएका मुद्दामध्ये एक सय ३६ मुद्दा फछ्र्याैट भइसकेका र दुई वर्ष फैसला हुन बाँकी रहेका एक मुद्दा पनि नरहेको बताइएको छ। जिल्लामा सबैभन्दा बढी जबरजस्तीकरणी, सम्बन्ध विच्छेद र हातहतियार सम्बन्धी मुद्दा दर्ता भएका जनाइएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार