होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी : नेपाली कांग्रेसको आसन्न महाअधिवेशनको मिति नजिकिँदै छ। कांग्रेसको कार्यतालिका अनुसार साउन १२ गतेदेखि वडा तहको अधिवेशन सुरु हुनेछ। त्यसपछि १६ साउनमा स्थानीय तह, २० साउनमा प्रदेशसभा, क्षेत्र र २३ साउनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र एवं जिल्लाको अधिवेशन हुनेछ। एकभन्दा बढी निर्वाचन क्षेत्रहरू भएका जिल्लाको अधिवेशन २६ साउनमा हुनेछ भने भदौ १ र २ गते […]
नेकपा एमालेका नेता एवं पूर्व मन्त्री प्रभु साहको पहलमा ‘आइटी आर्मी’ गठन भएको छ । मंगलबार भक्तपुरको लोकन्थलीबाट औपचारिक कार्यक्रममार्फत घोषणा गर्न लागिएको ‘आइटी आर्मी’ एमाले नेता महेश बस्नेतले बनाएको ‘साइबर सेना’ जस्तै सामाजिक सञ्जालमार्फत क्रियाशील हुने सङ्गठन हो । आइटी आर्मीको केन्द्रीय कमिटी १५१ सदस्य रहनेछ । त्यस्तै प्रदेश कमिटीहरू १०१ सदस्यीय हुने र […]
म्याग्दी । कोरोना भाइरसको दोस्रो लहरका कारण जारी निषेधाज्ञा खुकुलो भएसँगै म्याग्दीमा जिल्लाभित्र चल्ने सार्वजनिक यातायातका साधन सञ्चालन खुला गरिए पनि बाढीपहिराले सडक अवरुद्ध हुँदा सञ्चालन हुन सकेका छैनन् । पहिराले बेनी–जोमसोम सडकसहित म्याग्दीका भित्री सडक अवरुद्ध भएका छन् । असारको शुरुआतसँगै परेको अविरल वर्षाका कारण झरेको पहिराले बेनी–जोमसोम, बेनी–दरबाङ र जिल्लाका भित्री सडक अवरुद्ध […]
काठमाडौं, ५ साउन । नेकपा एमालेभित्र कित्ताकाट लगभग स्पष्ट भएको छ । तटस्थ बस्दै आएका उपाध्यक्ष बामदेव गौतम वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा गएका छन् । उनी उपप्रधानमन्त्रीसहित गृह या विकासे मन्त्रालयको जिम्मेवारीमा जाने निश्चितप्रायः भएको छ । माधव नेपाललाई भीम रावललगायतका नेताहरुले छाड्ने अवस्था बनेपछि बामदेवको इन्ट्री भएको थियो । उनले माधव नेपाल र […]
काठमाडौं, ५ साउन । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन । विप्लवले आज विहान अध्यक्ष ओलीको भक्तपुरस्थित् बोलकोट निवासमा पुगेर भेटवार्ता गरेका हुन् । भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बुझिएको छ । त्यस्तै, यसअघि ओली प्रधानमन्त्री हुँदा सरकारसँग गरेको तीन बुँदे सहमति कार्यान्वयनको […]
काठमाडौं, ५ साउन । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्न लागेको छ । आजको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई कारबाहीको निर्णय लिने बुझिएको छ । उनीहरुलाई हिजोको बैठकले २४ घन्टे स्पष्टिकरण सोधेको थियो । प्रक्रिया मिलाएर उनीहरुमाथि कारबाही हुन लागेको हो । […]
कर्णाली- जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन दिनमा सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।सुर्खेत जिल्लाका चार गाउँपालिका र पाँच नगरपालिकाका विभिन्न स्थानबाट अवैध घरेलु तयारी मदिरा तथा मदिरा उत्पादन गर्न प्रयोग गरिएको कच्चा पदार्थसहित सात हजार १५७ लिटर मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए […]
गलकोट- विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ ।जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त मदिरा पिएर मृत्यु भएको हो । मदिरा पिएर गम्भीर बिरामी ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र […]
विराटनगर । विराटनगरमा रोकिराखेको मोटरसाइकलमाथि एक जना व्यक्तिको शव भेटिएको छ । सोमबार राति विराटनगर महानगरपालिका -५ बिजुली अफिस चोकमा मोटरसाइकलमा बसेको जस्तै अवस्थामा शव भेटिएको हो । को४प २३१६ नम्बरको मोटरसाइकलमा मृत भेटिएका व्यक्ति विराटनगर-५ मुनालपथका ६७ वर्षीय सुदर्शन न्यौपाने रहेको वडाध्यक्ष मिनकुमार आचार्यले जानकारी दिए । शव भेटिएपछि प्रहरीले पोष्टमार्टमका लागि कोशी […]
काठमाण्डौ – कक्षा १२ को परीक्षा सञ्चालनका लागि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सर्तसहित अनुमति दिएको छ।कक्षा १२ को परीक्षा सञ्चालन गर्न सरकारले उदासीनता देखाएको भन्दै चर्को आलोचना भइरहेका बेला सीसीएमसीले सर्तसहित परीक्षा सञ्चालन गर्न अनुमति दिएको हो। शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सीसीएमसीबाट कक्षा १२ को परीक्षा सञ्चालनका लागि सर्तसहित अनुमति पाएको बताए। सीसीएमसीबाट […]
कैलालीकी १४ वर्षीय सुगन्धाले ९ कक्षामा पढ्दापढ्दै सँगै कक्षामा पढ्ने सोही उमेरका युवकसँग भागी विवाह गरिन् । सुगन्धाले विवाह गरेपछि विद्यालयमै खैलाबैला भयो । विवाहपछि दुवै जनाले पढाइ छाडे । विवाहलगत्तै सुगन्धा गर्भवती भएपछि १५ वर्षसमेत नपुगेका कुबेर धन कमाउन भारत लागे । किशोर उमेर नै रहेका कुबेरलाई अब श्रीमती र बच्चाको आर्थिक भार उठाउने […]
नागरिक रैबार/बाजुरा ४ साउन । नेपाली काँग्रेसको १४ आँै राष्ट्रिय महाधिवेशन तथा सातौँ जिल्ला अधिवेशन नजिकीदै गर्दा बाजुरामा निकै माहोल तातिएको छ । नेपाली काँग्रेसका गाउँदेखि जिल्ला स्तरीय नेता तथा कार्यकर्ता गणितीय हिसाव कितावमा व्यस्त भईरहेका छन् । यतिबेला केन्द्रदेखि बाजुरासम्म देउवा प्यानलको हालिमुहाली भने निकै सरगर्मीका साथ अघि बढी रहेको पाईएको छ । यस […]
नागरिक रैबार/बाजुरा ४ साउन। नेपाली काँग्रेस बाजुराको ७ औं जिल्ला अधिवेशनको मिति नजिकिदै गर्दा काँग्रेसका नेता तथा कार्यकताहरुको माहोल पनि तातेको छ । अधिवेशन नजिकिएसंगै काँग्रेसका नेता तथा कार्यकर्ताहरु जिल्ला दौडाहमा आफ्नो पक्षमा मत माग्न पुगेका छन् । जिल्लामा यस पटकको अधिवेशनमा युवाको नेतृत्व हुने गरी कार्यसमितिका सदस्य तथा बडीमालिका ८ का वडा अध्यक्ष प्रकाश […]
नागरिक रैबार/बाजुरा ४ साउन। जिल्लाको हिमाली गाउँपालिका १ की एकजना गर्भवति महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । सुत्केरी व्यथा लागेकि वडा नम्बर १ कि ३५ बर्षिया पदमकला थापालाई सोमबार हेलिकप्टर मार्फत उद्धार गरेर सुर्खेतमा लगिएको बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले बताएका छन् । आफन्तहरुले पदमकलालाई ब्यथा लाग्ने बित्तिकै गाउँकै बिच्छँया स्वास्थ्य चौकी थिए […]
काठमाडौँ महानगरपालिकाले एसइईको परीक्षा नतिजा प्रकाशन हुनुभन्दा पहिले नै कक्षा ११ को भर्ना नलिन सम्बन्धित सबैलाई आग्रह गरेको छ । महानगरपालिका शिक्षा विभागले सूचना जारी गर्दै विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ४८ (६) मा भएको व्यवस्था विपरीत कतिपय माध्यमिक विद्यालय र कलेजले शैक्षिकसत्र २०७७ को एसइईको परीक्षा नतिजा प्रकाशन नहुँदै कक्षा ११ को […]
४ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउनको चौथो हप्ता गर्ने तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) परीक्षा सञ्चालन गर्न सकारात्मक रहेको जानकारी आएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए । बोर्डले दुई हप्ताअघि भौतिक उपस्थितिमा परीक्षा गराउने अनुमति माग गर्दै शिक्षा मन्त्रालयमा निवेदन पठाएको थियो । मन्त्रालयले […]
यसअघिको बैठकलाई आधार मान्ने हो भने सोमबार बसेको नेकपा एमालेको केन्द्रीय समिति बैठक १४ औं हुनुपर्ने हो । तर, सोमबारको बैठकस्थलमा १० औं केन्द्रीय समिति बैठक भनेर ब्यानर राखिएको थियो । ११ बजेका लागि तय भएको बैठकमा भाग लिन पुगेका केही केन्द्रीय सदस्यहरु सुरुमा त दशौं बैठक भनेर लेखिएको ब्यानर पढेर अल्मलिन पुगेका थिए । […]
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आइतबार टेलिफोन वार्ता भएको छ । फोन वार्ताका क्रममा प्रधानमन्त्री मोदीले देउवालाई बधाई तथा शुभकामना दिँदै दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका थिए । यस्तै मोदीले कोरोना महामारी लगायत विषयमा सहकार्य गरेर अघि बढ्ने कुरा पनि राखेका थिए । सो क्रममा देउवाले बधाई दिएकोमा […]
काठमाडौं, ४ साउन । नेकपा एमालेको अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने सम्मको रणनीति बुनिएको छ । उनलाई केन्द्रीय कमिटीमा अल्पमतमा पारेर हटाउने सम्मको रणनीति बुनिएको हो । विश्वस्त स्रोतका अनुसार ओलीविरुद्ध केन्द्रीय कमिटीमा १०२ जना पुर्याउने गृहकार्य चलेको छ । सर्वोच्च अदालतले नेकपा एमालेको नवौं महाधिवेशनको कमिटीलाई मान्यता दिने गरी गरेको फैसलाको आधार मानेर उक्त […]
महोत्तरी- जलेश्वरस्थित महोत्तरी कारागारमा थुनुवाको चाप निकै बढेको छ ।जम्मा ५६१ कैदी/थुनुवा रहेका कारागारमा दैनिक थपिने थुनुवा (पुर्पक्ष क्रमका) को चाप निकै बढेको कारागार प्रशासनले जनाएको हो । विसं १९१३ मा निर्मित जीर्ण कारागार भवनको क्षमता १३५ कैदी/थुनुवामात्रै राख्नसक्ने क्षमता छ । कारागारमा अहिले २०५ पुरुष र १६ महिलासहित २२१ मात्रै कैदी (न्यायिक निकायले कसुर […]