होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु
स्वास्थ्य-जीवनशैली

अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

  • नागरिक रैबार
अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

ओखलढुंगामा अत्याधिक रक्तश्रावका कारण एक सुत्केरीको ज्यान गएको छ । जिल्लाको मोलुङ गाउँपालिका ७ पात्लेका ३२ वर्षीय सुत्केरी सुनिता लामिछानेको अत्याधिक रक्तश्रावका कारण ज्यान भएको हो । बिहीबार बेलुकादेखि सुत्केरी बेथा लागेर छट्पटाएकी लामिछानेले शुक्रबार बिहान परिवारको तेस्रो सदस्यको रुपमा छोरीलाई जन्म दिएकी थिइन् ।

छोरीलाई जन्म दिएको केही समयपछि अत्याधिक पेट दुख्ने तथा रगत बग्ने समस्या देखिएपछि अस्पताल ल्याउदै गर्दा बाटोमा उनको ज्यान गएको मोलुङ गाउँपालिका ७ का वडाअध्यक्ष हेमबहादुर सुनुवारले जानकारी दिए । मृतक लामिछानेलाई स्थानीय स्वास्थ्य चौकीले गत असार २२ गतेको समय दिएको भएपनि साउन १ गते सुत्केरी बेथाले च्यापेको थियो ।

घरैमा सुत्केरी भएका उनलाई अत्याधिक रक्तश्रावपछि स्थानीय स्वास्थ्य चौकीमा बोकेर उपचारका लागि लगिएको भएपनि त्यहाँ उपचार सम्भव नभएपछि जिल्ला सदरमुकाम ल्याउँदै गर्दा उनको ज्यान गएको वडाअध्यक्ष सुनुवारले बताए । उनको यसअघि एक छोरा र एक छोरी रहेका छन् । तेस्रो सन्तानको रुपमा जन्मिएकी छोरीको अवस्था सामान्य रहेको छ । a

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार