होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाँकेमा ३ हप्तादेखि पानी परेन, खेतमै सुक्न थाले धान
समाचार

बाँकेमा ३ हप्तादेखि पानी परेन, खेतमै सुक्न थाले धान

  • नागरिक रैबार
बाँकेमा ३ हप्तादेखि पानी परेन, खेतमै सुक्न थाले धान

२ साउन, राँझा । बाँकेमा लामो समयदेखि वर्षात् नभएपछि किसानले खेतमा रोपेको धान सुक्दै गएको छ । करिब तीन सातादेखिको खडेरीले बाँकेको कृषिमा नराम्रो असर परेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले जानकारी दिए ।

उनका अनुसार असारको शुरुआतमै राम्रो वर्षात् भए पनि अहिले लामो समयदेखि पानी नपर्दा खेतमा रोपिएको धान सुक्दै गएको छ । पानी अभावमा धान रोपेको खेतमा धजा फाट्दै जाँदा किसान चिन्तित भएका छन् ।

बाँकेमा हालसम्म ८५ प्रतिशत रोपाइँ भएको छ । वर्षात् नभएका कारण १५ प्रतिशत रोपाइँ हुन बाँकी छ । खडेरीले रोपेको धान सुक्दै गएपछि खजुरा क्षेत्रका किसानले पानी माग्दै पूजासमेत गर्न थालेका खजुरा गाउँपालिका–२ निवासी किसान ताराबहादुर खत्रीले बताए ।

विज्ञापन

यहाँ केही दिनभित्रै पानी परेन भने ठूलो भू–भागमा लगाइएको धान सुक्ने अवस्था आएको छ । रोपेको धानले गाँज हाल्ने र बढ्ने बेलामा पानी नपरेकाले उत्पादनमा समेत असर पर्ने कृषि ज्ञान केन्द्रका प्रमुख ढकालले बताए । ‘यसपालि असार शुरुआतमै राम्रो पानी परेको थियो, किसानले बीउ राख्न र रोप्नसमेत पाए, त्यसपछि पानी पर्न रोकियो’, ढकालले भने, ‘अहिले खेत सुकिसकेको छ, धान सुक्दै गएको छ भने १५ प्रतिशत रोपाइँ हुन सकिरहेको छैन ।’

बाँकेमा प्रतिहेक्टरमा ४.३ मेट्रिक टन धान उत्पादन हुँदै आएको छ । बाँकेमा ३६.५ हेक्टरमा धान उत्पादन हुने गर्दछ । सिक्टा सिँचाइ आयोजनाले पश्चिम नहरमा पानी छाडेकाले कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकाको केही भेगका किसानले खेतमा पानी हाल्न पाएका छन् । सिक्टा नहर पूर्णरूपमा सञ्चालन नभएका कारण अधिकांश किसान आकाशे पानीको भर पर्नुपर्ने अवस्था छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार