होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • वडाध्यक्षले दाम्लोले बाँधेर युवालाई कुटे, प्रहरीको रोहबरमा मिलापत्र
समाचार

वडाध्यक्षले दाम्लोले बाँधेर युवालाई कुटे, प्रहरीको रोहबरमा मिलापत्र

  • नागरिक रैबार
वडाध्यक्षले दाम्लोले बाँधेर युवालाई कुटे, प्रहरीको रोहबरमा मिलापत्र

२० साउन, सुर्खेत । जाजरकोटका एक वडा अध्यक्षले स्थानीय युवालाई बाँधेर निर्घात कुटपिट गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

युवालाई कुट्ने व्यक्ति जुनीचाँदे गाउँपालिका-२, का वडाध्यक्ष रामबहादुर नेपाली भएको खुलेको छ । सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीसहित केही व्यक्तिले सोही ठाउँका सर्ते नेपाली (नवीन परियार) लाई कुटपिट गरेका हुन् ।

स्थानीय एक युवकले खिचेको भिडियोमा वडाध्यक्ष आफैंले कुटपिट गरिरहेको देखिन्छ । वडाध्यक्ष नेपालीले दाम्लोले हातखुट्टा बाँधेर कुटपिट गरिरहेका छन् । ‘हल्ला किन गरेको’ भन्दै लुगा च्यातिने गरी वडाध्यक्ष नेपालीसहितका व्यक्तिहरुले कुटपिट गरेको भिडियोमा देखिन्छ ।

विज्ञापन

घटना साउन १५ गतेको भएको जाजरकोट प्रहरीले जनाएको छ । तर, कुटपिट गरेको भिडियो भने मंगलबार सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यतिबेला भाइरल बनेको छ ।

सामाजिक सुरक्षा भत्ता अनियमितताको आरोप लगाएपछि वडाध्यक्ष नेपालीले सर्पेलाई बाँधेर कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । ‘सर्पेले वडाध्यक्षलाई भत्तामा अनियमितता गरेको आरोप लगाएका थिए, वडाध्यक्षले त्यही झोकमा कुटपिट गरे,’ एक प्रत्यक्षदर्शीले अनलाइनखबरसँग भने । घटना भएकै दिन प्रहरीको रोहबरमा वडाध्यक्षले पीडितलाई आमा चन्द्रा दमाईको जिम्मा लगाएका थिए ।

प्रत्यक्षदर्शीका अनुसार पीडितले मदिरा खाएर होहल्ला पनि गरेका थिए । मदिर खाएर हल्ला गरेपनि मुख्य विषय भने रकम अनियमितताको आरोप थियो । ‘यहाँ त पहिलेेदेखि नै वडाध्यक्षको दादागिरी चल्छ, अनियमितता आरोप लगाएपछि कुटपिट गर्नु सामान्य भयो,’ प्रत्यक्षदर्शी स्थानीयले भने ।

बाँधेर कुटपिट गर्नैपर्ने ठूलै गल्ती भने पीडितले नगरेको प्रत्यक्षदर्शी बताउँछन् । ‘सम्झाइ-बुझाइ गर्न सकिन्थ्यो, भनेको नमाने थुन्न सकिन्थ्यो, तर वडाध्यक्ष अक्रोशमा आएर निर्घात कुटपिट गरे ।’ वडाध्यक्षकै डरका कारण आफूहरुले केही बोल्न नसकेको स्थानीयहरु बताउँछन् ।

वडाध्यक्षको गल्तीलाई ढाकछोप गर्ने प्रयास, प्रहरीको रोहबरमा मिलापत्र

वडाध्यक्ष नेपालीले गरेको गल्तिलाई प्रहरीकै सक्रियतामा ढाकछोप गरेको आरोप पनि लागेको छ । प्रहरीको रोहवरमा वडाध्यक्ष र पीडित पक्षबीच मिलापत्र भएको छ ।
मिलापत्र कागजमा पीडितले अबदेखि गल्ती नगर्ने र गल्ती गरे प्रचलित नियम कानुनअनुसार सजाय भोग्न तयार हुने प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरेको देखिन्छ ।

स्थानीयका अनुसार वडाध्यक्षले ती युवकलाई डोरीले बाँधेर कुटपिट गरेको र प्रहरी बोलाएर मिलापत्र गरेको खुलेको छ । भिडियो सार्वजनिक भएपछि वडाध्यक्षले सार्वजनिक गरेको विज्ञप्तिमा घटनालाई ‘प्रहरीले मिलाइसकेको’ उल्लेख गरेका छन् । इलाका प्रहरी कार्यालय पन्जालको समन्वयमा मिलापत्र गराइएको स्थानीय बताउँछन् ।

कुटपिट नगरेको वडा अध्यक्षको दाबी

वडाध्यक्ष नेपाली भने आफूले कुटपिट नगरेको दाबी गरेका छन् । उनले सम्झाइबुझाइ गर्दा अटेर गरेपछि केही व्यक्तिले कुटपिट गरेको बताए । तर, भिडियोमा भने उनी आफैंंले कुटपिट गरेको देख्न सकिन्छ ।

‘ढुंगामुढा गर्दै, जथाभाबी बोलेपछि आमा-बाबुकै आग्रहमा हामीले नियन्त्रणमा लिने प्रयास गरेका हौंं, त्यहीबेला केही व्यक्तिहरुले सामान्य हातपात गरेछन्,’ उनले भने । नवीन र आफूबीच कुनै पनि दुश्मनी नभएको उनले बताए ।

जेष्ठ नागरिक, विधुवा, बालिबालिका, अपांग लगायत डेढ/दुई सय मानिस जम्मा भएका बेला रक्सी खाएर वडा कार्यालयमा ढुंगा प्रहार गरेको र सर्वसाधारणको भागाभाग भएपछि आफूले सम्झाइ-बुझाइ गरेको वडाध्यक्षले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उता, नवीनकी आमाले भने घटना अकस्मात् भएको जानकारी दिइन् । ‘छोराले अलिअलि रक्सी खाएको रहेछ, होहल्ला गरेछ, पछि गाउँलेले कुटपिट गरेछन्’, उनले भनिन् ।

उजुरी आए तुरुन्तै कारबाही हुन्छ : प्रहरी

घटनाबारे जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले भने भिडियो सार्वजानिक भएपछि प्रहरीले स्थलगत छानविन गरेको र पर्सेलाई वडा अध्यक्ष र स्थानीयले नियन्त्रणमा लिएको स्वीकार गरे ।

‘वडा अध्यक्षले इलाका प्रहरीलाई खबर गर्नु भएको रैछ, तर प्रहरी घटनास्थलमा पुग्न हिंडेर दुई/तीन घण्टा लाग्छ, प्रहरी त्यहाँ पुग्दासम्म वडा अध्यक्षको रोहवरमा मिलापत्र भैसकेको रहेछ,’ उनले भने ।

उनले अघि थपे, ‘अहिलेसम्म पीडितका तर्फबाट कुनैपनि उजुरी आएको छैन, उजुरी आए प्रहरीले तुरुन्तै कारबाही थाल्छ ।’ जाजरकोटका प्रहरी प्रमुख मधुकुमार थापा भने केही दिनदेखि बिदामा छन् ।

यस्तो छ वडाध्यक्षको पत्र

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार