होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिमका दुई बालबालिकाको भारतमा मृत्यु
देश/प्रदेश

सुदूरपश्चिमका दुई बालबालिकाको भारतमा मृत्यु

  • नागरिक रैबार
सुदूरपश्चिमका दुई बालबालिकाको भारतमा मृत्यु

धनगढी : सुदूरपश्चिम घर भएका दुई बालबालिकाको भारतमा मृत्यु भएको छ। बाजुराको बुढीगंगा नगरपालिका–५ का मानबहादुर विककी ६ वर्षीया छोरी लक्ष्मी र तीन वर्षीय छोरा विशालको मृत्यु भएको हो।

उनीहरुको परिवार भारतको दिल्लीस्थित शालिमारबागमा बस्दै आएको थियो। अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काले क्लिनिकको औषधि खाएपछि उनीहरुको मृत्यु भएको जानकारी दिए।

औषधि खाएपछि उनीहरुको १०\१० मिनेटको फरकमा मृत्यु भएको उनका बुबाले बताए। मृतक दुवै बालबालिकाको मंगलबार अन्त्येष्टि गरिएको बताइएको छ

विज्ञापन

उनीहरुको मृत्युुपछि डाक्टरको नाममा शालिमारबाग प्रहरी स्टेशनमा उजुरी दिंदै कारबाहीको माग गरेको खड्काले बताए। नेपाली दूतावास दिल्लीमा कार्यरत एसएसपी बीरेन्द्र बस्यायल लगायतको सहयोगमा उजुरी दिएको उनले बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार