होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सरकारले भूमिसम्बन्धी आयोग खारेज गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन केपी ओली नेतृत्वको सरकारले गठन गरेको आयोग खारेज गर्ने निर्णय गरेको हो। भूमिसम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले ओली सरकारले देवी ज्ञवालीको अध्यक्षतामा भूमि सम्बन्धी आयोग गठन गरेको थियो । आयोगले विभिन्न जिल्लामा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन गरिरहेको थियो ।
१९ साउन, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा थुनुवा मृत फेला परेको घटनामा एक प्रहरी जवानलाई निलम्बन गरिएको छ । यस्तै प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई प्रदेश प्रहरी कार्यालय तानिएको छ । लक्ष्मीनियाँ गाउँपालिका–२ का ४२ वर्षीय बिलटु रविदास गत शुक्रबार हिरासत कक्षको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका थिए । उक्त घटनामा जिल्ला प्रहरी […]
१९ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले साउन २७ गतेसम्म निषेधाज्ञा थप गरेको छ ।प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार जारी गरेको आदेशमा साउन २१ गतेदेखि साउन २७ गतेसम्म निषेधाज्ञा जारी रहने उल्लेख छ । निषेधाज्ञा अवधिभर सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, दोहोरी, नाचघर, क्लव, स्वीमिङ पुल, मनोरञ्जन स्थान, संग्रहालय, […]
१९ साउन, काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसालले मंगलबार मात्र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी थिइन् । उनले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा कार्यकारी निर्देशक शाक्यलाई बोलाएर राजीनामा मागेकी हुन् । कार्यकारी […]
सदरमुकाम खलङ्गा बजारस्थित जुम्ला विमानस्थालको स्तरोन्नति हुन नसक्दा जहाज अवतरणमा समस्या भएको छ । स्तरोन्नतिका लागि बनाइएको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) पनि अलपत्र छ । दुई वर्ष पहिले नागरिक उड्ययन प्राधिकरण र बुद्ध एयरले डिपिआर बनाए पनि अहिलेसम्म त्यसलाई कार्यान्वयनमा ल्याइएको छैन । डिपिआरमा विमानस्थल स्तरोन्ततिका लागि रु एक करोड भन्दाबढीको लागत अनुमान गरिएको थियो तर […]
१९ साउन, राजविराज । यस वर्ष मनसुन छिट्टै सक्रिय भई निरन्तर वर्षा जारी भएपछि सप्तरीमा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । असारको पहिलो साताबाट धान रोपाइँ शुरु भएर अहिले जिल्लामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ । विगतका वर्षमा समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने गरेको भए पनि यस वर्ष […]
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पछिल्लो समय भीडभाडजन्य क्रियाकलाप बढेको भन्दै यस्ता गतिविधि नगर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले एक सूचना जारी गरी कोरोना संक्रमणको उच्च जोखिम रहेका बेला पनि विभिन्न सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्याली जस्ता गतिविधि भइरहेको भन्दै यसले संक्रमणदर अझै बढ्ने बताएको छ । यस्ता गतिविधिले […]
पत्रपत्रिकालाई हुलाकमार्फत निःशुल्क पठाउने व्यवस्थाका लागि आवश्यक समन्वय गरिदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र हुलाक सेवा विभागलाई प्रेस काउन्सिल नेपालले आग्रह गरेको छ । यसअघि हुलाक सेवा विभाग र जिल्ला हुलाक कार्यालयमा दर्ता भएका पत्रपत्रिकालाई हुलाकमार्फत निःशुल्क पठाउने व्यवस्था रहेकोमा सो व्यवस्थाविपरीत पत्रपत्रिकाका प्रत्येक प्रतिमा टिकट टाँस्नुपर्ने अनिवार्य गरेकोमा काउन्सिलले चासो देखाएको हो । […]
धनगढी : प्रहरी जवानको मौखिक परीक्षामा नक्कली परीक्षार्थी खडा गर्ने ५ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले खोलेको प्रहरी जवान लिखित परीक्षाको नतिजामा सफल भई मौखिक परीक्षामा नक्कली परीक्षार्थी सामेल गराउने ५ जनालाई पक्राउ गरिएको हो। बझाङ्ग तलकोट गाँउपालिका वडा न. ०३ बस्ने २० […]
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ मालघाट घटनाबारे छानबिन गर्न ‘संसदीय छानबिन समिति’ गठन गर्नुपर्ने माग गरेको छ । यही साउन १५ गते दार्चुलाको मालघाटमा महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि स्थानीयवासी जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका थिए । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको शुरुमै (एमाले) सांसदले घटनाबारे उठेर […]
धनगढी : प्रमुख प्रतिपक्षी नेकपा एमालेले दार्चुला घटनाबारे संसदीय छानविन समिति गठन गर्न माग गरेको छ। मंगलबार प्रतिनिधिसभा बैठकको सुरुमै एमालेको तर्फबाट धारणा राख्दै दार्चुला जिल्लाबाट निर्वाचित सांसद गणेशसिंह ठगुन्नाले दार्चुला घटनाबारे संसदीय छानविन समिति गठनको माग गरे। ‘दार्चुला घटनाबारे सरकारले अविलम्ब भारतसँग औपचारिक विरोध जनाओस्, दोषी एसएसबीलाई मानव हत्या गरेको अभियोगमा कारबाही होस्,’ उनले […]
१९ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको खोप अभियानलाई थप प्रभाकारी बनाउन सातै प्रदेशका स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको छ । खोप केन्द्र व्यवस्थित बन्न नसक्दा संक्रमण फैलन सक्ने जोखिम बढेको भन्दै मन्त्रालयले आवश्यकता अनुसार खोप केन्द्र विस्तार गरी हरेक खोप केन्द्रमा भौतिक दुरी कायम गरी जनस्वास्थ्यको […]
पशुमा देखिने लम्पी स्किन रोग पहिलोपटक यहाँ देखापरेको छ । शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका किसानले पालेका गाई र गोरुमा सो रोग देखापरेको हो । पशुको शरीरभरि ठूल्ठूला गिर्खासँगै घाउ देखिन थालेकाले स्थानीय किसानले नगरपालिकाको पशु शाखामा खबर गरेपछि जाँच गर्दा जिल्लामै पहिलोपटक सो रोग फैलिएको देखिएको शाखा प्रमुख रामप्रसाद भट्टले बताए । “यस्तोे सङ्क्रमण अन्य पशुमा […]
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वैशाख १ देखि साउन १९ गतेसम्म प्राकृतिक विपद्बाट भएको क्षतिको विवरण सार्वजनिक गरेको छ । प्राधिकरणले उक्त अवधिमा विभिन्न घटनामा परी १ सय ५३ जनाको मृत्यु भएको जनाएको छ । भने ६४ करोड, १३ लाख, २१ हजार र ९ सय ४२ रुपैयाँ अनुमानित क्षति भएको छ । यसैगरी, […]
बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री वलीलाई मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा ‘बन्धक’ बनाएर जबरजस्ती नक्कली विज्ञप्ति निकालिएको माओवादी केन्द्रले आरोप लगाएको छ । माओवादी केन्द्रले तत्काल विमलाको स्थिति सार्वजनिक गर्न र उनको जीवन रक्षा गर्न माग गर्दै घटनाको गृह मन्त्रालयमार्फत उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग गरेको छ । पूर्वमन्त्री एवम् लुम्बिनी […]
१९ साउन, जनकपुरधाम । सर्लाहीस्थित बागमती नदीमा हाम फालेकी एक महिलाको उद्धार गरिएको छ । बागमती नगरपालिका–१२ स्थित बागमती नदीमा हाम फालेकी रौतहटकी महिलाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । हाम फालेपछि खोलाले बगाइरहेको समयमा रौतहटको वृन्दावन नगरपालिका–२ बस्ने रामबाबु पटेलकी पत्नी धनपतियादेवीको जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद […]
बैतडीमा एक बालकको चट्याङ लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–९ मङरुका ९ वर्षीय भरतराम कोली रहेका बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । सोमबार साँझ करीब ७ बजेतिर नजिकै रहेको पँधेरोमा पानी भर्न गएका बेला भरतलाई चट्याङ लागेको प्रहरीले जनाएको छ । चट्याङ लागेका बालककोे घटनास्थलमै मृत्यु […]
डोटी । डोटी शिखर नगरपालिकाका ३१ वर्षीय रमेश जोशी (नाम परिवर्तन) केही दिनअघि डोटी जिल्ला अदालत आए । उनी श्रीमतीसँग सम्बन्ध विच्छेद गर्ने भन्दै निवेदन बोकेर आएका थिए । उनले निवेदन दर्ता गराए । तर तेश्रो दिनै उनले श्रीमान्-श्रीमतीबीच सहमति भएको भन्दै आफ्नो निवेदन फिर्ता लिए । पछिल्लो समयमा डोटीमा सम्बन्ध विच्छेदका घटनाहरु बढ्दै गएको […]
मनाङ कोभिड–१९ विरुद्धको खोप लगाउने पहिलो जिल्ला बनेको छ । मनाङले अहिले सम्म १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाएको छ । मनाङ जिल्लामा ४ हजार १९८ जना नागरिकले कोरोना खोप लगाएका छन् । जसमध्ये चार हजार ३३ जनाले पूर्ण खोप लगाइसेको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जनाकारी दिनुभयो । कोभिशिल्डको दोस्रो […]
दार्चुला: दार्चुलाको व्याँस गाउँपालिका–२ का ३३ वर्षीय धामी महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका थिए। भारतीय सीमा सुरक्षा बलले तुइन काटेरकै कारण महाकालीमा खसेको स्थानीय तथा प्रत्यक्षदर्शीले आरोप लगाएपछि घटनाबारे अनुसन्धान गर्न प्रत्यक्षदर्शी ३ जनालाई जिल्ला सदरमुकाम खलंगा ल्याइएको छ। दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीका अनुसार शुक्रबार बिहान तुइन तर्ने […]