होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कालिकोटमा विद्युत सर्ट भएर आगलागी, एक घर नष्ट
समाचार

कालिकोटमा विद्युत सर्ट भएर आगलागी, एक घर नष्ट

  • नागरिक रैबार
कालिकोटमा विद्युत सर्ट भएर आगलागी, एक घर नष्ट

कालिकोटको रास्कोट नगरपालिका–२ चुडिमुलमा विद्युत्को तार सर्ट हुँदा एक घर जलेर नष्ट भएको छ । मङ्गलबार अपराह्न ४ः ०० बजे विद्युत् सर्ट हुँदा सहदेव सिम्खडाको घर जलेर नष्ट भएको हो ।

विद्युत् सर्ट भएर घरमा आगो सल्किएपछि घरभित्र रहेका बालबालिका तत्कालै बाहिर निस्केर ज्यान जोगिएको स्थानीयवासी अमरराज सिम्खडाले जानकारी दिए । “घरमा बालबालिका खेलिरहेको बेला आगलागी भएको हो”, उनले भने, “घरले छाएको घर जलेर पूरै नष्ट भएको छ ।”

आगलागीबाट मानवीय क्षति नभए पनि लाखौं रुपैयाँ बराबरको धनमालको क्षति भएको वडाध्यक्ष दयाराम सिम्खडाले बताए । उनले भने, “घरभित्रका अन्नपानी, लुगाफाटा, भाँडाकुँडा, गहनासहित केही नगद रुपैयाँ जलेर नष्ट भएका छन् ।” घर जलेर नष्ट भएपछि सहदेवको ६ जनाको परिवार त्रिपालमा बस्दै आएको वडाध्यक्षले जानकारी दिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार