होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाढीले चैनपुर जोड्ने सडकखण्ड अवरुद्ध
समाचार

बाढीले चैनपुर जोड्ने सडकखण्ड अवरुद्ध

  • नागरिक रैबार
बाढीले चैनपुर जोड्ने सडकखण्ड अवरुद्ध

बझाङ। गए राति बाहुलीखोलामा आएको बाढीका कारण सदरमुकाम चैनपुर जोड्ने सुर्मा सडकखण्ड अवरुद्ध भएको छ ।सदरमुकामबाट सुर्मा गाउँपालिकालाई जोड्ने उक्त सडकखण्ड बाहुलीखोलामा आएको बाढीले बगाएपछि अवरुद्ध बनेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल चौधरीका अनुसार प्रहरी टोली पहिरो गएको स्थानमा गएको र अहिले टोली सोही ठाउँमा नपुगेका कारण क्षतिको विवरण आउन बाँकी रहेको छ ।

वर्षायाम भएकाले जिल्लाका दर्जनौँ गाउँ पहिराको उच्च जोखिममा रहेकाले सबैलाई सतर्क रहनसमेत चौधरीले आग्रह गर्नुभयो । सोही पहिराका कारण सुर्मा–२ को सेनडोगडी विद्युत् प्रालिको पावरहाउस पनि जोखिममा छ ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार