होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ मालघाट घटनाबारे छानबिन गर्न ‘संसदीय छानबिन समिति’ गठन गर्नुपर्ने माग गरेको छ । यही साउन १५ गते दार्चुलाको मालघाटमा महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि स्थानीयवासी जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका थिए । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको शुरुमै (एमाले) सांसदले घटनाबारे उठेर […]
धनगढी : प्रमुख प्रतिपक्षी नेकपा एमालेले दार्चुला घटनाबारे संसदीय छानविन समिति गठन गर्न माग गरेको छ। मंगलबार प्रतिनिधिसभा बैठकको सुरुमै एमालेको तर्फबाट धारणा राख्दै दार्चुला जिल्लाबाट निर्वाचित सांसद गणेशसिंह ठगुन्नाले दार्चुला घटनाबारे संसदीय छानविन समिति गठनको माग गरे। ‘दार्चुला घटनाबारे सरकारले अविलम्ब भारतसँग औपचारिक विरोध जनाओस्, दोषी एसएसबीलाई मानव हत्या गरेको अभियोगमा कारबाही होस्,’ उनले […]
१९ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ विरुद्धको खोप अभियानलाई थप प्रभाकारी बनाउन सातै प्रदेशका स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको छ । खोप केन्द्र व्यवस्थित बन्न नसक्दा संक्रमण फैलन सक्ने जोखिम बढेको भन्दै मन्त्रालयले आवश्यकता अनुसार खोप केन्द्र विस्तार गरी हरेक खोप केन्द्रमा भौतिक दुरी कायम गरी जनस्वास्थ्यको […]
पशुमा देखिने लम्पी स्किन रोग पहिलोपटक यहाँ देखापरेको छ । शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका किसानले पालेका गाई र गोरुमा सो रोग देखापरेको हो । पशुको शरीरभरि ठूल्ठूला गिर्खासँगै घाउ देखिन थालेकाले स्थानीय किसानले नगरपालिकाको पशु शाखामा खबर गरेपछि जाँच गर्दा जिल्लामै पहिलोपटक सो रोग फैलिएको देखिएको शाखा प्रमुख रामप्रसाद भट्टले बताए । “यस्तोे सङ्क्रमण अन्य पशुमा […]
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वैशाख १ देखि साउन १९ गतेसम्म प्राकृतिक विपद्बाट भएको क्षतिको विवरण सार्वजनिक गरेको छ । प्राधिकरणले उक्त अवधिमा विभिन्न घटनामा परी १ सय ५३ जनाको मृत्यु भएको जनाएको छ । भने ६४ करोड, १३ लाख, २१ हजार र ९ सय ४२ रुपैयाँ अनुमानित क्षति भएको छ । यसैगरी, […]
बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री वलीलाई मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा ‘बन्धक’ बनाएर जबरजस्ती नक्कली विज्ञप्ति निकालिएको माओवादी केन्द्रले आरोप लगाएको छ । माओवादी केन्द्रले तत्काल विमलाको स्थिति सार्वजनिक गर्न र उनको जीवन रक्षा गर्न माग गर्दै घटनाको गृह मन्त्रालयमार्फत उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग गरेको छ । पूर्वमन्त्री एवम् लुम्बिनी […]
१९ साउन, जनकपुरधाम । सर्लाहीस्थित बागमती नदीमा हाम फालेकी एक महिलाको उद्धार गरिएको छ । बागमती नगरपालिका–१२ स्थित बागमती नदीमा हाम फालेकी रौतहटकी महिलाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । हाम फालेपछि खोलाले बगाइरहेको समयमा रौतहटको वृन्दावन नगरपालिका–२ बस्ने रामबाबु पटेलकी पत्नी धनपतियादेवीको जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद […]
बैतडीमा एक बालकको चट्याङ लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–९ मङरुका ९ वर्षीय भरतराम कोली रहेका बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । सोमबार साँझ करीब ७ बजेतिर नजिकै रहेको पँधेरोमा पानी भर्न गएका बेला भरतलाई चट्याङ लागेको प्रहरीले जनाएको छ । चट्याङ लागेका बालककोे घटनास्थलमै मृत्यु […]
डोटी । डोटी शिखर नगरपालिकाका ३१ वर्षीय रमेश जोशी (नाम परिवर्तन) केही दिनअघि डोटी जिल्ला अदालत आए । उनी श्रीमतीसँग सम्बन्ध विच्छेद गर्ने भन्दै निवेदन बोकेर आएका थिए । उनले निवेदन दर्ता गराए । तर तेश्रो दिनै उनले श्रीमान्-श्रीमतीबीच सहमति भएको भन्दै आफ्नो निवेदन फिर्ता लिए । पछिल्लो समयमा डोटीमा सम्बन्ध विच्छेदका घटनाहरु बढ्दै गएको […]
मनाङ कोभिड–१९ विरुद्धको खोप लगाउने पहिलो जिल्ला बनेको छ । मनाङले अहिले सम्म १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाएको छ । मनाङ जिल्लामा ४ हजार १९८ जना नागरिकले कोरोना खोप लगाएका छन् । जसमध्ये चार हजार ३३ जनाले पूर्ण खोप लगाइसेको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जनाकारी दिनुभयो । कोभिशिल्डको दोस्रो […]
दार्चुला: दार्चुलाको व्याँस गाउँपालिका–२ का ३३ वर्षीय धामी महाकाली नदीमा तुइन तर्ने क्रममा बेपत्ता भएका थिए। भारतीय सीमा सुरक्षा बलले तुइन काटेरकै कारण महाकालीमा खसेको स्थानीय तथा प्रत्यक्षदर्शीले आरोप लगाएपछि घटनाबारे अनुसन्धान गर्न प्रत्यक्षदर्शी ३ जनालाई जिल्ला सदरमुकाम खलंगा ल्याइएको छ। दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीका अनुसार शुक्रबार बिहान तुइन तर्ने […]
बुटवल । लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री वलीले आफू नेकपा एमालेमै फर्किएको बताएकी छन् ।सोमबार विज्ञप्ति प्रकाशित गरी उनले आफूले सूर्य चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरी विजय हासिल गरेको भन्दै एमालेमै फर्किएको बताएकी छन् । तत्कालिन नेकपाबाट प्रदेशसभा सदस्य निर्वाचित उनले एमाले र माओवादी ब्युँतिएपछि माओवादी केन्द्र रोजेकी थिइन् । ‘मैले सूर्य चिह्नबाट चुनाव जितेको र […]
काठमाडौं । दार्चुलामा तुइन तर्ने क्रममा नेपाली युवक जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको विरोधमा नेकपा एमाले माधव नेपाल पक्षका युवा संघले काठमाडौंस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ । उनीहरुले ‘भारतीय विस्तारवाद मुर्दावाद, जयसिंह महराको हत्यारा पहिचान गरी कारबाही गर, नेपालीमाथिको भारतीय एसएसबी ज्यादती बन्दर गर, जयसिंह महराको मृत्यु होइन, हत्या […]
धनगढी । शुक्रबारदेखि मिडियामा छ्यापछ्याप्ती प्रकाशित र प्रसारित गरिएको नाम। जसलाई मालघाटमा तुइन तार्ने काम गर्न थालेको २१ वर्ष भयो। तुइन तर्ने क्रममा जयसिंह धामीलाई महाकालीमा बगाइएपछि तिनै कल्याणको मनमा डर पसेको छ। त्यो डर, फेरि तुइन चलउन पाइदैन र रोजीरोटी खोसियो भनेर होइन्। उनले त फेरि तुइन नचलाउने निधो नै गरिसके। सीमावर्ती क्षेत्रमा […]
धनगढीः सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनविरुद्धको रिटमा सर्वोच्च अदालतमा आज पेसी तोकिएको छ। जेठ १४ मा मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डल पुनर्गठन गरेका थिए। ५३ जना सदस्य रहेको प्रदेशसभामा हाल ५२ जना मात्रै सांसद छन्। नेकपा माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहरा कारवाहीमा परेपछि सांसद पदमुक्त भएका थिए। तर, संविधान विपरित मन्त्रिमण्डल पुनर्गठन […]
काठमाडौँ — ‘कु’ मार्फत देशको सत्ता हत्याएका म्यानमारका सेना प्रमुख मिन आङ ह्लाइङले आफूलाई प्रधानमन्त्री घोषित गरेका छन् । म्यानमारका सेना प्रमुख मिन आङ ह्लाइङ । फाइल तस्बिर : रोयटर्स यसै वर्षको फेब्रुअरीमा राष्ट्रपति विन मिन्ट, नेसनल लिग फर डेमोक्रेसी(एनएलडी) की नेतृ आङ सान सुकीलगायतलाई गिरफ्तार गर्दै सत्ता हातमा लिँदै म्यानमार सेनाले एक वर्षका लागि संकटकाल […]
दिनेश वाग्ले । विचार । साउन ८ गते शुक्रबार मलाई नेपालमा संघीयता साँच्चिकै लागू भैसक्या हो कि भन्ने भयो । त्यो दिन वाग्मती प्रदेशका सवारी साधनसम्बन्धी अनलाइन सूचना व्यवस्थापन प्रणाली सुरु भयो । मुख्यमन्त्रीले माउस थिचेर उद्घाटन गर्नुअगावै मैले https://tmis.bagamati.gov.np मा गएर एक मिनेटमै सवारी कर तिरें । जरिवानासहित ९० हजार चानचुन तिरेपछि मैले अन्तिम पटक एकान्तकुनास्थित यातायात […]
पूर्वयुवराज पारश शाह धेरैजसो पोखरामा बस्छन् । पोखराको लेकसाइडस्थित खहरेमा उनले घर भाडामा लिएका छन् । वैशाख १६ मा निषेधाज्ञा शुरु भएदेखि चाहिँ उनी काठमाडौंमै बसिरहेका छन् । काठमाडौंमा बस्दा उनी परिवारसँगै महाराजगञ्जस्थित निर्मल निवासमा बस्छन् । पछिल्लो समय पोखरा र काठमाडौंमा उनी चर्चामा आउने कारण बनेको छ– ‘मोटरसाइकल’ । पारस अधिकांश समय बा.१४ च […]
१८ साउन, काठमाडौं । असार मसान्तसम्म देशभरका ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएको छ । देशभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत असार मसान्तसम्म ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएको हो । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको आर्थिक सहयोगमा उक्त सेवा उपलब्ध गराउन सम्बन्धित परियोजनालाई १८ वटा प्याकेज […]
महाकाली नदीमा तुइन तर्दै गर्दा बेपत्ता भएका एक नागरिकको सम्बन्धमा अनुसन्धान गर्न प्रत्यक्षदर्शी भनिएका तीन जनालाई आज जिल्ला सदरमुकाम खलंगा ल्याइँदै छ । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीका अनुसार तुइन तर्दै गर्दा देख्ने तीन जना प्रत्यक्षदर्शीलाई आज जिल्ला प्रशासन कार्यालय ल्याउन लागिएको हो। यसअघि नै शसस्त्र प्रहरीका डीएसपीको नेतृत्वमा एउटा टोली र […]