होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २९ साउन । नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका सदस्य विनोद गिरीको हृदयघात भएर निधन भएको छ । एक्कासी भएको हृदयघातपछि शुक्रबार बिहान गिरीको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो । शनिबार बिहान मात्रै घरबाट कोल्टी बजार गएका र असहज महसुश भएपछि उनी लुम्बिनी होटल पछाडीको मकैबारीमा पल्टेको अबस्थामा फेला पारेको […]
नागरिक रैबार बाजुरा २९ साउन । बाजुरा जिल्ला बडीमालिका नगरपालिका वडा नं.९ को प्रशासनिक भवन निर्माण गर्न उपयुक्त जग्गा छनोटका लागि सेवाक्षेत्रभित्रका समुदायको आम भेलाबाट वडा कार्यालयमा संचारकर्मी प्रेमबहादुर वि.कको संयोजकत्वमा १३ सदस्यीय सम्भाव्यता अध्ययन समिति गठन गरिएको वडा कार्यालयका सदस्य सचिव गोरख वहादुर रावलले जानकारी दिनुभएको छ । शुक्रबार वडा कार्यालयको सभाहलमा कार्यवाहक वडाध्यक्ष […]
दोलखाको भीमेश्वर नगरपालिका–८ वोचमा अवस्थित वोच प्रहरी चौकीमा विद्युत् सर्ट भई आज आगलागी भएको छ । सो चौकी अस्थायी टहराबाट सञ्चालन हुँदै आएको थियो । आगलागीबाट टहरा सहित केही हतियार समेत जलेर पूर्ण नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अञ्जन कोइरालाले जानकारी दिए । भीमेश्वर नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
सार्वजनिक हुन अघि नै मौद्रिक नीति सञ्चारमाध्यममा ‘लिक’ भएपछि अर्थ मन्त्रालयमा हङ्गामा भएको छ । सञ्चारमाध्यममा मौद्रिक नीति प्रकाशित भएसँगै अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेर जानकारी माग गरेका हुन् । जवाफमा गभर्नर अधिकारीले यसबारेमा बुझेर खबर गर्ने बताएको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ । मन्त्री शर्माले यसबारे अर्थ सचिवसँग पनि […]
काठमाडौं । सरकारले १२ देखि १७ वर्षका बालबालिका तथा किशोर किशोरीका लागि लक्षित गरी मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता गरेको छ । यो खोप मार्च २०२२ सम्म नेपाल आइपुग्नेछ । विश्व बैंकको वित्तिय सहयोगमा कोभ्याक्ससँग लागत साझेदारीमार्फत खरिद गरिने खोपका लागि खोप सम्बन्धित विश्वव्यापी सञ्जाल ‘गाभी’सँग सम्झौता भएको छ । यससँगै […]
काठमाडौं । सर्वोच्च अदालतले खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिकलाई घरमै गएर कोरोना खोप लगाउन सरकारको नाममा अन्तरिम आदेश दिएको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेका दीर्घरोगी तथा फरक क्षमता भएका दुवै आँखा नदेख्ने नारिकहरुको लागत संकलन गर्न र घरघरमा पुगेर खोप […]
काठमाडौँ– काठको साघुँ तर्नेक्रममा चिप्लिएर नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ४२ वर्षीय जस्या रावल र १६ वर्षीया सुनिता रावल छन् ।हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ थाली र बाजुराको कवाडी सीमाक्षेत्रमा अवस्थित यार्बाबाट उनीहरु बेपत्ता भएका जनाइएको छ । उनीहरु बाजुराको वन क्षेत्रमा जडीबुडी सङ्कलन गर्न जानेक्रममा बुधबार साँझदेखि बेपत्ता […]
काठमाडौँ — प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोलिएको ‘मेन्टल्ली’, ‘फिजिकल्ली’ भन्ने शब्दलाई संसद सचिवालयको रेकर्डबाट हटाउन निर्देशन दिएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले हिजोको बैठकमा सत्तापक्षीय एक जना सांसदले अर्को प्रतिपक्षी दलका सांसदलाई अमर्यादित र असंसदीय शब्द बोलेको […]
काठमाडौं । वार्षिक बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुट्याउनुपर्ने लगायत माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार अघि प्रदर्शन गर्न पुगेका शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार नेपाल शिक्षक महासंघको नेतृत्वमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रममा सहभागी हुन पुगेका करीब डेढ सय शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । महासंघले वार्षिक बजेटको २० प्रतिशत […]
अविरल वर्षाका कारण कैलालीको धनगढी उपमहानगरपालिका बस्तीहरु डुबानमा परेका छन् । बिहीबार रातिदेखि परेको अबिरल वर्षाका कारण उपमहानगरपालिका आसपासका बस्तीहरु डुबानमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता एवम् प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले वडा नम्बर १३ को राजपुर क्षेत्रका साथै वडा नम्बर ३ को विशालनगर, मिलनचोकलगायतका क्षेत्र डुबानमा पर्नुका साथै कतिपय घरमा पानी […]
तालीबानी विद्रोही र सरकारबीच भीषण युद्ध चलिरहेको अफगानिस्तानमा कार्यरत नेपालीहरुको सुरक्षाबारे नेपालमा चिन्ता बढ्न थालेको छ । पूर्व गृहमन्त्रीसमेत रहेका एमाले सांसद खगराज अधिकारीले विहीबार संसदमा बोल्ने क्रममा अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धार नगरिए संसदै चल्न नदिने चेतावनी दिएपछि यो विषयले थप चर्चा पाउन थालेको छ । युद्धरत अफगानिस्तानमा करिब एक हजार भन्दा बढी नेपालीहरु कार्यरत […]
२९ साउन, काठमाडौं । अफगानिस्तानको चरमपन्थी संगठन तालिबानले मुलुकको दोस्रो ठूलो शहर कन्दाहारलाई आफ्नो कब्जामा लिएको छ । यो शहर कुनै समय तालिबानको महत्वपूर्ण पकड रहेको शहर थियो र रणनीतिक हिसाबमा पनि यो शहर निकै महत्वपूर्ण छ । यसलाई अफगानिस्तानको ट्रेड हबको रुपमा लिने गरिन्छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको कुराकानीमा स्थानीय सरकारका अधिकारीले भनेका […]
नागरिक रैबार / बाजुरा २९ साउन । बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका वडा नम्बर ८र १० बिचमा पर्ने बेताल छडि झरना पर्यटकको पर्खाइमा रहेको छ । साफे मार्तडी सडक खण्डको करिब २० मात्रै मिनेट पैदल यात्रा रहेको झरना संरक्षण र प्रसार प्रसार अभावमा अाेझेलमा रहेको बुढिगंगा नगरपालिका वडा नम्बर ८ का स्थानीय कृष्ण थापाले बताउनुभयो । […]
सिन्धुपाल्चोकको मेलम्ची बजार र त्यस आसपासका क्षेत्रमा अत्यधिक वर्षा तथा पहिरोका कारण नदी कटान हुँदा क्षति पुगेको छ । गत असार १ र यही साउन १६ गते मेलम्ची नदीमा आएको बाढीले ठूलो क्षति पुगेपछि त्यस क्षेत्रको अध्ययन गर्न गएको खानी तथा भूगर्भ विभागको टोलीले अत्यधिक वर्षा र वर्षापछि पहिरो जाँदा उक्त क्षति पुगेको निष्कर्ष निकालेको […]
यही साउन १ गतेदेखि प्रहरीको नयाँ तलब स्केल लागू भएको छ । प्रहरी संगठनमा सबैभन्दा धेरै प्रहरी महानिरीक्षक (आईजीपी) को ६६ हजार ८ सय ६० रुपैयाँ तलब कायम भएको छ । सबैभन्दा थोरै रिक्रुटले २१ हजार ४ सय ८० रुपैयाँ तलब पाउँछन् । अघिल्लो वर्षभन्दा यो वर्ष सबै पदमा समानरुपमा २ हजार रुपैयाँ तलब बृद्धि […]
२९ साउन, धनगढी । कैलालीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।धनगढीबाट डडेल्धुरातर्फ गइरहेको से १ ख ८५१ नम्बरको ट्रक बिहीबार साँझतिर गोदावरीमा दुर्घटना हुँदा चालक ३५ वर्षीय रामसिंह महराको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी बैतडीको सिगास गाउँपालिका–९ बचपानीका वासिन्दा हुन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका महराको उपचारका क्रममा बिहीबार राति […]
नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेश समितिले विभिन्न विधाका छ पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने भएको छ । समितिका महासचिव रोयल आचार्यले बिहीबार साँझ एक विज्ञप्ति जारी गरी आर्थिक, फोटो, चलचित्र, खेलकुद, राजनीतिक र कार्टुन पत्रकारितामा सक्रिय पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्न लागेको बताए । समितिले चलचित्र पत्रकारितामा रीना मोक्तान, […]
काठमाडौं । नेपाली कांग्रेसको १६ देखि १९ भदौसम्मका लागि तोकिएको १४औं महाधिवेशन सार्ने विषयमा शीर्ष नेताबीच सहमति जुटेको छ ।बिहीबारबाट सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकले घोषित महाधिवेशनको मितिलाई सार्ने तयारी गरेको हो । मिति सार्न शीर्ष नेतृत्व सहमत भए पनि कहिले गर्नेगरी कुन मितिलाई सार्ने भन्ने विषयमा भने सहमति जुटेको छैन । स्रोतका अनुसार […]
विराटनगर — विदेशमा मृत्यु भएको भनेर मृत्यु दर्ता गरिएका मोरङ बेलबारी–११ लक्ष्मीमार्गका सुभाष तामाङले बिहीबार मोरङ प्रशासनबाट नागरिकताको प्रतिलिपि पाएका छन् । उनी जीवितै छु भन्दै मृत्यु दर्ताको प्रमाणपत्र खारेज गर्न तीन वर्षसम्म अड्डा–अदालत धाइरहेका थिए । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ को दफा २४ अनुसार साउन २६ मा तामाङको […]
धनगढी : मनसुन थप सक्रिय हुँदा आज देशका विभिन्न ठाउँमा भारी वर्षा हुने भएको छ। आज दिउँसो सुदूरपश्चिमसहित पाँचवटा प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यस्तै देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली […]