होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अविरल वर्षापछि धनगढीका बस्तीहरु डुबानमा
समाचार

अविरल वर्षापछि धनगढीका बस्तीहरु डुबानमा

  • नागरिक रैबार
अविरल वर्षापछि धनगढीका बस्तीहरु डुबानमा

अविरल वर्षाका कारण कैलालीको धनगढी उपमहानगरपालिका बस्तीहरु डुबानमा परेका छन् । बिहीबार रातिदेखि परेको अबिरल वर्षाका कारण उपमहानगरपालिका आसपासका बस्तीहरु डुबानमा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता एवम् प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले वडा नम्बर १३ को राजपुर क्षेत्रका साथै वडा नम्बर ३ को विशालनगर, मिलनचोकलगायतका क्षेत्र डुबानमा पर्नुका साथै कतिपय घरमा पानी पसेको रातोपाटीलाई जानकारी दिए ।

यस्तै सडक पूर्णरुपमा पानीले भरिएको पनि प्रहरीले जनाएको छ । अहिले पनि वर्षा भइरहेको बताउँदै उनले क्षतिका विवरण संकलन भइरहेको बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै