होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सरकारले अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार गर्ने निर्णय गरेको छ । सोमबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठकले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको सरकार प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । बैठकपछि सञ्चारकर्मीसँग उनले भने, ‘अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो दिँदै त्यहाँ रहेका नेपाली नागरिकलाई सकुशल शीघ्र उद्धार गर्ने निर्णय भएको छ।’ त्यसका […]
टिकापुरः कैलालीको टीकापुरका किसानले सिँचाइमा समान पानी वितरणका लागि आलोपालो प्रणाली लागू गरेका छन्। कुलामा पर्याप्त पानीको अभाव भएपछि किसानले सबैको खेतसम्म पानी पु¥याउन आलोपालो प्रणाली लागू गरेका हुन्। पानीका लागि किसानबीच हुने खिँचातानी अन्त्य गर्न र उत्पादन वृद्धिमा सहयोग पुगोस् भनेर पालो लगाइएको हो। कैलालीमा रानीजमरा कुलरिया सिँचाइ आयोजनाले सिँचाइ विस्तारका लागि काम गरिरहेको छ। […]
कैलाली : धनगढी उपमहानगरपालिका वडा नम्बर ७ को भानुचोकमा २०५० सालसम्म ३५ हजार ६ सय ६० वर्गमिटरमा फैलिएको लम्बा ताल ठूलो देखेको स्मरण स्थानीय सहदेब चौधरीको छ। ‘पहिलो त ताल धेरै ठूलो थियो,’ उनले सम्झदै भने, ‘माछा मारेर खाने गरेका थियौँ। अहिले त घर मात्रै देखिन्छन्। ताल हराइसकेको छ।’ अहिले लम्बा ताल भएको ठाउँमा सानो […]
काठमाडौँ- प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।दिउँसो १ बजे बस्ने बैठकमा ‘रेल्वे विधेयक, २०७६’ र ‘प्रत्यायन विधेयक, २०७६ प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ । प्रतिनिधसभा पुनर्स्थापित भइसक्दा पनि संसदले बिजनेस नपाएको भनेर सरकारको आलोचना भइरहँदा आज दुई विधेयक प्रस्तुत हुन लागेको हो ।
काठमाडौं, साउन ३२। वैदिक सनातन धर्मावलम्बीले साउनको सोमबार देवादिदेव महादेवको पूजा आराधनासहित गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् । साउन महिना र सोमबारलाई शिवजीको महिना एवं बार भनी धर्मग्रन्थमा उल्लेख गरिएको छ । साउनको सोमबार जलधारा मात्र दिए पनि शिवजी प्रसन्न भई इच्छा पूरा गरिदिने र पारिवारिक सुख शान्ति दिने भएकाले सनातन धर्मावलम्बीले विशेष […]
काठमाडौंः नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीका सबै जिल्ला कमिटीहरु विघटन गरेको छ। अब पार्टीका जिल्ला सम्मेलनहरू पनि नगर्ने माओवादीले घोषणा गरेको छ। काठमाडौंमा आयोजित दुईदिने केन्द्रीय कमिटी बैठकमा आइतबार अध्यक्ष प्रचण्डले भने, ‘आजैदेखि विधानबाट जिल्ला डिलिट भयो। अब जिल्ला सम्मेलन हुँदैन। अब सिधै जनतामा।’ अब संविधान र संघीयताको मर्म अनुसार पार्टीको स्थानीय तह, प्रदेश र […]
सर्खेत, साउन ३१ । कालिकोटको शुभकालिका गाउँपालिकाका उपाध्यक्ष पम्पाकुमारी शाहीले राज्यले दिएको सेवा सुविधाको दुरुपयोग गरेकी छन् । कार्यालय सञ्चालनका लागि भन्दै पहिलो वर्षमै आफ्नो लागि भनेर किनेको भे १ ब १४२४ नम्बरको स्कुटर उपाध्यक्ष शाहीले एक वर्षदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतका आफ्नो सहोदर देवर दिपक शाहीलाई चलाउन दिएकी छन् । गाउँपालिकाको बजेटमा खरिद गरी […]
हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ। देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा […]
नागरिक रैबार/बाजुरा ३१ साउन। जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा न १ साप्पाटामा रुणीको तल र छुद्धरी गाउँ नजिकै सुख्खा पहिरो जान थालेपछि कर्णाली नदि थुनिने खतरा बढेको छ । गाउँको तलबाट निरन्तर सुख्खा पहिरो जान थालेपछि नजिकै बग्ने कर्णाली नदि थुनिने खतरा बढेको हो । जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीको पारी पट्टि स्वामीकार्तिक खापर गाउँपालिका वडा […]
सुर्खेत- असार अन्तिम साता राउटे समुदायका सात महिने बालिका मयो शाहीको निधन भयो । बालिकाको निधन भएको एक साता नबित्दै सोही समुदायका ३४ वर्षीय दलबहादुर शाहीको पनि ज्यान गयो । बच्चा भएकाले बस्ती नसरेको राउटे समुदायका युवा दलबहादुरको निधन भएपछि राउटे बसाइँ सर्ने तरखरमा थिए । बसाइँ सर्ने तयारी गरिरहेकै बेला २१ वर्षीय मानसिंङ शाहीले पनि […]
कैलाली: कैलालीमा रहेको हुलाकी राजमार्ग आयोजना अन्तर्गतको सडक बाढीले बगाएको छ। जिल्लाको भजनी नगरपालिका–५ लालबोझीस्थित हुलाकी सडक नदीले बगाएको हो। बिहीबार रातिदेखि परेको भारी वर्षाका कारण कान्द्रा नदीको बहाव बढेसँगै सो सडक बगाएको स्थानीयले बताएका छन्। झण्डै १ सय मिटरभन्दा बढी सडक बगाउँदा खेतमा बनाइएको आलीबाट हिँड्डुल गरिरहेको स्थानीयले बताएका छन्। भारत सरकारको सहयोगमा धनगढीको क्याम्पस […]
जिल्लामा कोरोना सङ्क्रमण दर झण्डै शून्यमा पुगेसँगै यहाँको प्रशिद्ध तथा प्रमुख पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाहृय पर्यटक बढ्न थालेको छ । वर्षात्का बेला खप्तडका विभिन्न क्षेत्र हराभरा हुनुका साथै, तालसमेत भरिभराउ हुने भएकाले पर्यटक आकर्षित हुन थालेका हुन् । कोरोनाको जोखिम कम भएकाले आन्तरिक तथा बाहृय गरी करिव तीन हजार पर्यटक भित्रिएको निकुञ्ज […]
काठमाडौँ — भारतबाट रेल सेट किनेर ल्याएको १० महिना बित्न लाग्दा पनि सञ्चालनको टुंगो लाग्न सकेको छैन । पूर्वतयारीबिना रेल सेट किनेर ल्याएका कारण सञ्चालन मिति तय हुन नसकेको बताइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल रेलवे कम्पनीले पटकपटक सञ्चालन मिति तय गर्ने गरेका छन् । तर उनीहरूले जतिजति मिति तोके, ती मिति त्यत्तिकै गुज्रिए । […]
३० साउन, रोल्पा । रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना हुँदा माडी गाउँपालिकाका-६ निवासी ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए । माडी गाउँपालिकाका-२ मा आज शनिबार बिहान करिब ४ बजेतिर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए […]
भक्तपुर । यस वर्ष भदौ ७ गते पर्ने गाईजात्रा अर्थात् सापारु पर्व भक्तपुरमा औपचारिकतामा मात्रै सीमित गरी मनाइने भएको छ ।भक्तपुर नगरपालिलकाले कोभिड-१९ सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै यस वर्षको गुन्हीपुन्हीअर्थात् जनैपूर्णिमा र गाईजात्रा पर्व औपचारिकतामा मात्र सीमित गरी मनाउने निर्णय गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए । उनले भने, ‘कोरोना महामारीको जोखिम कायमै […]
गुल्मी । गत वैशाख १ गते प्युठान भएको जिप दुर्घटनामा परी घाइते सन्दीप परियारको मृत्यु भएको छ ।दुर्घटनामा गम्भीर घाइते परियारको काठमाडौंस्थित टिचिङ्ग अस्पतालमा उपचारको क्रममा चार महीनापछि मृत्यु भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले बताए । मल्लरानी गाउँपालिका वडानम्बर-३ घर भएका २८ वर्षका सन्दीप परियार जिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिता प्रतिलिपी […]
नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबारदेखि बैठक जारी छ । आज दिउँसो २ बजे बन्ने बैठकमा महाधिवेशन निर्वाचन निर्देशिका, क्रियाशील सदस्य केन्द्रीय छानविन समिति र समायोजन समितिको प्रतिवेदन पारित गर्ने केन्द्रीय सदस्य किरण गिरीले बताए । गिरीका अनुसार आजको बैठकले १४ औं महाधिवेशनको नयाँ कार्यतालिका […]
काठमाडौं । अन्तिमपटक सन् २०१३ मा चेल्सीको जर्सी लगाएर खेलेको रोमेलु लुकाकुमा धेरै परिवर्तन आइसकेको छ ।उनले दुई देशका तीन क्लबबाट खेले, करिब ३० करोड पाउण्ड आम्दानी गरे, क्लबका लागि १९३ गोल गरे । अनि बेल्जियमका लागि अहिलेसम्मकै सर्वाधिक गोलकर्ता बने । गत सिजन उनले गरेको २४ गोल र ११ एसिस्टकै मदतमा एन्टोनियो कोन्टेको प्रशिक्षणमा […]
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई कालोसूचीमा राख्ने विद्यमान व्यवस्था पुनरावलोकन हुने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा नै कालोसूचीमा राख्ने विद्यमान व्यवस्था पुनरावलोकन हुने उल्लेख गरेको हो । कोरोना महामारीका कारण उद्योगी व्यवसायीहरु समस्यामा परेको र केही सहजता हुने गरी विद्यमान नीति संशोधन गर्ने राष्ट्र बैंकले संकेत गरेको छ ।
काठमाडौं । सरकारले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुलाई कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज सूचीकृत गर्न निर्देशन दिएको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने सम्भावनालाई मध्यनजर गरी आइसोलेसन सेन्टर, सबै अस्पताल, मेडिकल कलेजहरुमा आवश्यक व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको हो […]