होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
मनाङ । बाढीपहिराका कारण मनाङमा स्वास्थ्यसेवा प्रवाहमा समस्या भएको छ । गत असार १ गते आएको बाढीपहिराले विद्युत् आपूर्ति अवरुद्ध गराएकाले सर्वसाधारणलाई सबै प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउन कठिन भएको हो । विद्युतको अभाव र सौर्य ऊर्जा पनि जडान नहुँदा स्वास्थ्य तथा अन्य सेवाबाट मनाङवासी वञ्चित हुँदै आएका छन् । जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक रहमत […]
जिल्लामा पछिल्लो समयमा बालबालिकामा विभिन्न रोगको सङ्क्रमण बढ्न थालेको छ । बुधबार जिल्ला अस्पताल बाजुराले पत्रकारसँगको अन्तक्र्रियामा पछिल्लो चार वर्षयता बालबालिकामा निमोनिया, झाडापखालालगायतका रोगको सङ्क्रमण बढेको अस्पतालका प्रमुख डा प्रकाशराज जोशीले बताएका छन् । उनले पछिल्लो दुई सातामा ३७ बालबालिकालाई कोरोनासँग मिल्ने रोगको सङ्क्रमणले बढी प्रभावित बनाएको र अस्पतालमा उपचारमा गराउनेको सङ्ख्या बढेको बताए । […]
आज नेपालसहित विश्वभर ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदै छ । ‘खाद्य प्रणालीमा रूपान्तरण : मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ नेपालमा पनि दिवस मनाइँदै छ । दिवसकै अवसरमा आज १०ः३० बजे राष्ट्रिय युवा परिषद्ले आयोजना गर्ने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भिडियो सन्देश दिनेछन् । देशभर युवासँग सम्बन्धित […]
सुर्खेत । डोरीले बाँधेर युवकलाई कुट्ने जाजरकोटको जुनीचाँदे गाउँपालिकाका–२ का वडाअध्यक्ष रामबहादुर नेपाली धरौटीमा छुटेका छन्।उनलाई पाँच हजार रुपैयाँ धरौटीमा छोडिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । नेपालीले साउन १५ गते स्थानीय सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेका थिए । उनले युवकलाई कुटपिट गरेको भिडियो सर्वत्र सामाजिक सञ्जालमा भाइरल भएको थियो भने वडाअध्यक्ष नेपालीको […]
इटहरी — छोराबुहारी बिहानै काममा निस्किएका थिए । साँझ ५ बजेतिर ५० वर्षीया मिथिला सरदार (परिवर्तित नाम) सिकुवामा बसेर तरकारी केलाउँदै थिइन् । त्यहीबेला आफन्त पर्ने तीन जना महिला आक्रोशित हुँदै आए र एकाएक बोक्सी आरोप लगाउँदै उनीमाथि हातपात गर्न थाले । एक्ली वृद्धा के गर्न सक्थिन् र ! कपाल समातेर घिसार्दै घरबाट डेढ किलोमिटर टाढाको मन्दिरसम्म पुर्याइयो । […]
धनगढी । कैलालीको भासुु भीरबाट जिप खस्दा दुुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बुुधबार धनगढीबाट डोटीतर्फ गइरहेको प्रदेश नम्बर ०३–०१ –०२३ च ९०९५ नम्बरको बोलेरो जिप कैलालीको चुुरे गाउँपालिका–३ (पंगाल) भासुु भीर नजिकै दुुर्घटना हुुँदा दुुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्युु हुुनेमा डोटीको जोरायल गाउँपालिका–१ की […]
मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानहरुमा भने मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा हुन सक्ने पूर्वानुमानमा उल्लेख गरेको छ । भारी वर्षासँगै पहाडी भूभागमा भूक्षय, पहिरो […]
असार पहिलो हप्तामै सक्ने गरी तयारी गरिएको राष्ट्रिय जनगणनाको काम नयाँ भेरियन्टसहितको कोरोना जोखिमका कारण रोकिएपछि फेरि कहिले हुने भन्ने अन्योल कायम छ । गत वैशाख १६ गतेदेखि नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न निषेधाज्ञा जारी गरिएपछि वैशाख १९ गतेको मन्त्रिपरिषद् बैठकले जनगणना स्थगन गर्ने निर्णय गरेको थियो । राष्ट्रिय योजना आयोगअन्तर्गतको केन्द्रीय तथ्याङ्क विभागले जनगणनाको तयारीस्वरूप […]
एमाले अध्यक्ष केपी ओली एकतर्फी रुपमा अघि बढ्न थालेपछि वरिष्ठ नेता माधव कुमार नेपाल नयाँ रणनीति बनाउन जुटेका छन् । त्यसका लागि नेता नेपालले गत सोमबार बेलुकादेखि नै आफूपक्षीय स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरुसँग एक्लाएक्लै छलफल गरिरहेका छन् । आफ्नो समूहको केन्द्रीय समिति बैठकमा ओलीसँग मिल्ने वा छुट्टै पार्टी गठन गर्ने भन्नेमा मिश्रित सुझाव […]
२८ साउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बिहीबार दिउँसो बुढानीलकण्ठमा बस्ने बैठकमा १४ औं महाधिवेशनको नयाँ कार्यतालिका र निर्वाचन निर्देशिकाबारे छलफल गर्ने कार्यसूची छ । भदौ १६–१९ सम्मका लागि निर्धारित महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि नयाँ कार्यतालिका ल्याउनेबारे कांग्रेसभित्र छलफल भइरहेको छ । बुधबार पार्टीका शीर्ष नेताहरुबीच महाधिवेशनका बारेमा घण्टौं छलफल भएको […]
नागरिक रैबार । बाजुरा २७ साउन ।भाद्र १ गते बाजुरा जिल्लाका विभिन्न ४ सीमा नाकामा हेल्थ डेस्क राखिने भएको छ । कोरोना भाइरसको तेस्रो लहर फैलिने उच्च जोखिम रहेकाले जिल्लाका विभिन्न ४ सीमा नाकामा हेल्थ डेस्क राखिने भएको हाे । जिल्ला बाहिरबाट स्वास्थ्य उपचार नै नगरि जिल्ला भित्रिनाले कोरोना संक्रमण फैलिन सक्ने भन्दै कोरोना भाइरसको […]
२७ साउन, काठमाडौं । भारतको हिमाचल प्रान्तको किन्नौर जिल्लाको भावानगरमा पहिरो जाँदा बस, ट्रकलगायतका केही सवारीसाधन पुरिएका छन् । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार बुधबार अचानक पहिरो गएको हो । हिमाचलका मुख्यमन्त्री जयराम ठाकुरले यो घटनाबारे जानकारी दिँदै पहिरोमा पुरिएका मानिसलाई सुरक्षित निकाल्न हरसम्भव प्रयास भइरहेको बताएका छन् । उनले यो घटनाबाट प्रभावित हुने मानिसलाई आवश्यक […]
नागरिक रैबार । बाजुरा २७ साउन । बडीमालिका नगरपालिका उप–प्रमुख कविता बिष्टका ससुराको निधनप्रति नेपाली कांग्रेस बाजुराले एक विज्ञप्ती जारी गरी दुःख व्यक्त गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य एवं बडीमालिका नगरपालिका उप–प्रमुख कविता विष्टका ससुरा बडीमालिका नगरपालिका वडा नं ९ चौराटा निवासी हिरामणी विष्टको ६८ बर्षको उमेरमा भएको निधनप्रति नेपाली कांग्रेस […]
नागरिक रैबार । बाजुरा २७ साउन । मानव अधिकार एलाइन्स बाजुराले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ६ वटा बुँदामा ध्यानार्कषण गराएको छ । बुधबार प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ६ बुँदे माग सहित ध्यान आर्कषण गराएको मानव अधिकार एलाइन्स बाजुराका अध्यक्ष तुलाराम जैशीले बताए । सरकारले भूमिहिन आयोग हालसालै […]
२७ साउन,काठमाडौं । राष्ट्रियसभाका सांसद कोमल वलीले ठूला भ्रष्टाचार काण्डको छानविन गर्न सरकारसँग माग गरेकी छिन् । राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद वलीले देशका ठूल्ठूला भ्रष्टाचार काण्डको निष्पक्ष छानविन गर्न माग गरेकी हुन् । उनले भ्रष्टाचारको कुरा भोट माग्ने माध्यममात्रै बनाइएको भन्दै बाइडबडी, अरुण तेस्रो, टनकपुर, बालुवाटार प्रकरण, ओम्नी प्रकरण, […]
२७ साउन, काठमाडौं । सरकारले त्रिभुवन विश्व विद्यालयले सञ्चालन गरिरहेको परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिने भएको छ । स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार त्रिविद्वारा सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई तत्काल खोप दिने निर्णय भएको हो । खोप लगाउने विद्यार्थीले अनिवार्य रुपमा प्रवेश पत्र साथमा लैजानु […]
काठमाडौँ – रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले पदबाट राजीनामा दिएका छन् ।आचरण र अनियमितताको आरोप लगाउँदै अघिल्लो मंगलबार सरकारले स्पष्टीकरण सोधेपछि भट्टराईले गत सोमबार आफूले गरेका कामको विवरण सार्वजनिक गर्दै राजनीतिक पूर्वाग्रह साँधिएको भन्दै प्रष्टीकरण नदिने बताएका थिए । प्रष्टीकरण सोधेर सरकारले हटाउने तयारी गरिरहँदा भट्टराईले त्यसअघि नै आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा […]
धनगढीः सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बेरुजु झण्डै ७२ लाख पुगेको छ। कार्यालयले मनलाग्दी रुपमा खर्च गर्न थालेपछि मन्त्रिपरिषद् कार्यालयको बेरुजु ७१ लाख ७७ हजार २ सय ९२ पुगेको हो। असुल उपर गर्नुपर्ने बेरुजु र पेश्की गरी मन्त्रिपरिषद् कार्यालयको बेरुजु करोड नजिक पुग्दा पनि अझै फछ्यौट हुन सकेको छैन। आर्थिक वर्ष २०७७/७८ का लागि […]
बुटवल । लुम्बिनी प्रदेशसका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको जानकारी प्रदेशसभा सचिवालयमा पुगेको छ ।मुख्यमन्त्रीले राजीनामा दिएको जानकारी प्रदेश प्रमुखको कार्यालयबाट आएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए । अविश्वास प्रस्तावमाथि प्रदेशसभामा छलफल भइरहेका बेला मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए । अविश्वास प्रस्तावमाथि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले […]
काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसन छनौट प्रारम्भिक परीक्षाको प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक भएको घटनामा परीक्षा समितिकै सदस्यको संलग्नता भेटिएको छ । प्रश्नपत्र तयार गर्ने र परीक्षाका पूर्वतयारीका लागि प्रहरी प्रधान कार्यालयको यूएन शाखाले बनाएको परीक्षा समितिका सदस्य प्रहरी नायब निरीक्षक (सई) जनकबहादुर थापा आफैं प्रश्नपत्र बाहिर ल्याउने कार्यमा संलग्न रहेको भेटिएको हो । […]