होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विभिन्‍न माग राख्‍दै प्रदर्शनमा उत्रिएका शिक्षकहरु पक्राउ
समाचार

विभिन्‍न माग राख्‍दै प्रदर्शनमा उत्रिएका शिक्षकहरु पक्राउ

  • नागरिक रैबार
विभिन्‍न माग राख्‍दै प्रदर्शनमा उत्रिएका शिक्षकहरु पक्राउ

काठमाडौं । वार्षिक बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुट्याउनुपर्ने लगायत माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार अघि प्रदर्शन गर्न पुगेका शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रवार नेपाल शिक्षक महासंघको नेतृत्वमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रममा सहभागी हुन पुगेका करीब डेढ सय शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

विज्ञापन

महासंघले वार्षिक बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुट्याउनुपर्ने, शिक्षण पेशालाई सम्मानित बनाइनुपर्ने, शिक्षकको सामूहिक रुपमा बढुवा गराइनुपर्ने, द्वन्दपीडित शिक्षकहरुको समस्या समाधान गरिनुपर्ने, विद्यालय कर्मचारीलाई संघीय सरकारले तलब, भत्ताको व्यवस्था गर्नुपर्ने र उच्चमावि र राहतका अनुदानका दरबन्दीलाई आन्तरिक प्रतिस्पर्धा गराई स्थायी गरिनुपर्ने लगायतका विभिन्न मागहरु राख्दै गत वैशाखदेखि आन्दोलन गर्दै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार