होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अफगानिस्तानको दोस्रो ठूलो शहर तालिबानको कब्जामा
समाचार

अफगानिस्तानको दोस्रो ठूलो शहर तालिबानको कब्जामा

  • नागरिक रैबार
अफगानिस्तानको दोस्रो ठूलो शहर तालिबानको कब्जामा

२९ साउन, काठमाडौं । अफगानिस्तानको चरमपन्थी संगठन तालिबानले मुलुकको दोस्रो ठूलो शहर कन्दाहारलाई आफ्नो कब्जामा लिएको छ ।

यो शहर कुनै समय तालिबानको महत्वपूर्ण पकड रहेको शहर थियो र रणनीतिक हिसाबमा पनि यो शहर निकै महत्वपूर्ण छ । यसलाई अफगानिस्तानको ट्रेड हबको रुपमा लिने गरिन्छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको कुराकानीमा स्थानीय सरकारका अधिकारीले भनेका छन्, ‘गत राति भएको ठूलो भीडन्तमा तालिबानले कन्दाहार शहरलाई नियन्त्रणमा लिएको छ ।’ यसअघि बिहीबार हेरात र घान्जी शहरमा पनि तालिबानले कब्जा जमाएको थियो ।

विज्ञापन

यसैबीच अमेरिकाले आफ्नो दूतावासका कर्मचारीको उद्धारको लागि तीन हजार सेना अफगानिस्तान पठाउने भएको छ । त्यस्तै बेलायतले पनि आफ्ना नागरिकलाई मुलुक छाड्न सहयोग गर्नका लागि अस्थायीरुपमा ६ सय सैनिक पठाउने निर्णय गरेको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार पछिल्लो एक महिनामा मात्र अफगानिस्तानको युद्धमा एक सय आम नागरिक मारिएका छन् । सेभ द चिल्ड्रेनका अनुसार पछिल्लो केही दिनमा राजधानी शहरमा विभिन्न स्थानबाट ७२ हजार बालबालिका सुरक्षा खोज्दै आइपुगेका छन् र उनीहरु सडकमा नै सुत्न बाध्य छन् ।

–एजेन्सीहरुको सहयोगमा

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै