होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, चैत्र २५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • महिलाको प्रदर्शनबारे समाचार लेख्ने पत्रकारमाथि तालिबानद्वारा कुटपिट
समाचार

महिलाको प्रदर्शनबारे समाचार लेख्ने पत्रकारमाथि तालिबानद्वारा कुटपिट

  • नागरिक रैबार
महिलाको प्रदर्शनबारे समाचार लेख्ने पत्रकारमाथि तालिबानद्वारा कुटपिट

काबुल– अफगानिस्तानको राजधानी काबुलमा भएको महिलाहरुको प्रदर्शनबारे समाचार लेख्ने पत्रकारलाई तालिबानले निर्घात कुटपिट गरेको छ । तालिबान सत्ताबारे अन्तर्राष्ट्रिय समुदायको चासो बढिरहेका बेला महिलाको प्रदर्शनको समाचार लेख्ने पत्रकारले कुटाइ खाएका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमा राखिएका बिभिन्न तस्विरमा तालिवानले पत्रकारलाई लठ्ठीले हिर्काएको देखिन्छ । ती पत्रकारको अनुहार र शरीरका विभिन्न भागमा निलडाम देख्न सकिन्छ । महिलाबारे समाचार लेखेका दुई पत्रकारलाई बाहिरी बस्त्र खोल्न लगाएर तालिबानले निर्मम ढंगले कुटेको जनाइएको छ । कुटाइका कारण उनीहरुको पिठ्युँ, ढाड र कम्मर रातो देखिन्छ । अर्को एक भिडियोमा तीन पत्रकारलाइ सामूहिक रुपमा बाँधेर एउटा कोठामा लगिएको देखिन्छ । उनीहरुको अनुहारमा चोट र निलो डाम देखिन्छ ।

आफूलाई सरकारमा सहभागी नगराएको र विभिन्न अधिकार कटौती गरेको भन्दै काबुलमा महिलाले प्रदर्शन गर्दै आएका छन् । एजेन्सी

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै