होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जुम्लामा कुहिएको मासु जफत गरी नष्ट
समाचार

जुम्लामा कुहिएको मासु जफत गरी नष्ट

  • नागरिक रैबार
जुम्लामा कुहिएको मासु जफत गरी नष्ट

२४ भदौ, खलंगा । जिल्ला प्रशासन कार्यालय जुम्लाले विभिन्न मासु पसलबाट बिग्रिएको करीब एक क्विन्टल मासु जफत गरी नष्ट गरेको छ । व्यापारीले कुहिएको अस्वस्थ मासु बिक्री–वितरण गर्ने गरेको अनुगमनका क्रममा पाइएको हो । सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईं नेतृत्वको टोलीले हालै बजार अनुगमन गर्दा अस्वस्थ मासु बिक्री–वितरण गर्ने गरेको भेटिएको हो ।

अनुगमन टोलीले भारतीवाडा, कार्कीवाडा, कालेखोली र विमानस्थल लाइनमा सञ्चालित फ्रेसहाउस, मासु पसल र दैनिक खाद्यवस्तुको अनुगमन गरेको थियो । यसक्रममा खुला र अव्यवस्थित रूपमा बिक्री गर्दै गरेको अवस्थामा चार व्यवसायीको पसलबाट माछा र मासु जफत गरिएको सहायक प्रजिअ चौलार्गांले जानकारी दिए ।

 

विज्ञापन

‘खुला ठाउँमा मासु बिक्री गर्दै गरेका तीन व्यवसायीको पसलबाट राँगा र भैंसीको एक क्विन्टल मासु तथा आठ किलो माछा जफत गरी सो मासु नष्ट गरिएको छ । हामीले यसअघिको अनुगमनका क्रममा खुला नालामाथि माछामासु बिक्री नगर्न भनेका थियौं । व्यापारीले अटेर गरेपछि जफत गरिएको हो,’ उनले भने, ‘सडेगलेको र कुहिएको मासु बिक्री गरेको पाइएपछि उपभोक्ताको हितका लागि जफत गरिएको हो । सडेगलेको मासुले बजार नै दुर्गन्धित बन्दै गएको छ ।’

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख अमृतसुमन भूषणका अनुसार बजारका ६ मासु पसलसहित १८ खाद्य पसल अनुगमन गरी ६९ हजार ७४० रुपैयाँ बराबरको सामान नष्ट गरिएको थियो ।

व्यापारीले खुला रूपमै कुहिएको मासु बेच्दा र महिनौंदेखि नगरपालिकाले फोहोर नउठाउँदा बजार दुर्गन्धित बनेको चौलार्गांले बताए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार