होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेपालको चार दिने औपचारिक भ्रमणमा आएकी अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारले प्रमुख राजनीतिक दलका शीर्ष नेतादेखि संसदीय समितिका प्रतिनिधिहरुसँग एकसरो भेटघाट सकेकी छन् । बिहीबार प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलबाट भेटको शुरुवात गरेकी उनले शुक्रबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरिन् । […]
एमसीसी सम्झौता खारेजीको माग गर्दै आन्दोलन गर्ने क्रममा पक्राउ परेका आफ्ना नेता कार्यकर्तालाई रिहा गर्न नेकपा (माले) ले माग गरेको छ । शनिबार दरबारमार्ग स्थित एमसीएको अफिस रहेको होटल याक एण्ड यति अगाडि त्रिचन्द्र मोडमा प्रदर्शन गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । उनीहरुले एमसीए.अफिस बन्द गर ! एमसीसी प्रतिनिधि फिर्ता जाऊ ! एमसीसी सम्झौता […]
२६ भदौ, चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले आफू सभापतिमा उम्मेदवारी दिने योजनाबाट पछि नहट्ने बताएका छन् । शनिबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले पार्टीको १४ औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने दोहोर्याए । ‘हैन म कहाँ ब्याक हुन्छु । म त उठ्ने नै प्रयत्न गर्दैछ’ उनले भने । महामन्त्री कोइरालाले पार्टीको महाधिवेशनमा […]
काठमाडौं, २६ भाद्र । संखुवासभाको मादी नगरपालिका उम्लिङमा एकै परिवारका ६ जनाको सामूहिक हत्याका आरोपीलाई प्रहरीले नियन्त्रणमा लिई बयान सुरु गरेको छ । पीडित कार्की परिवारको नजिक घर भएका आफन्त लोकबहादुर कार्कीले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जानकारी दिएको छ । लोकबहादुर नाताले मृतक तेजबहादुर कार्कीका भतिजा हुन् । उनी घटनाको दिन लोकबहादुरलाई […]
दार्चुला: दार्चुलामा एक धामीको काँप्दाकाँप्दै ज्यान गएको छ। जिल्लाको मार्मा गाउँपालिका–४ लिउडेखोला बस्ने ३३ वर्षीय तारासिंह धामी सोही ठाउँका परमले धामीको घरमा शुक्रबार मृत फेला परेको प्रहरीले जनाएको छ। घरबाट लटिनाथ बजार जान्छु भनेर हिँडेका उनी नफर्किएपछि खोजी गर्ने क्रममा उक्त घरमा शव फेला परेको हो। मृतक तारासिह धामीलाई स्थानीयले घरमा पुजापाठ गर्न र धामी […]
धनगढीः खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगरले अनलाइन कक्षाबाट पढ्न रुखमा टाँड (डेरा) बनाएका छन्। सरस्वती मावि अर्खौलेमा कक्षा १० मा अध्ययनरत छात्र मगरले रुखमा (डेरा) बनाएर महिना दिनदेखि अनलाइन कक्षामा सहभागिता जनाइरहेका छन्। उनले अर्खौले नवरपुरको पुछारमा रहेको सिम्लेमा डाटा कनेक्सन हुने ठाउँ खोजेर रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी […]
धनगढी: सुदुरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी, दार्चुला र डडेल्धुरामा भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ६ बजेर १३ मिनेटमा धक्का महसुस गरिएको हो। भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालले ५ दशमलबव् ३ रेक्टर स्केलको भूकम्पको केन्द्रबिन्दु भारतको उत्तराखण्ड प्रदेशको उत्तराकाशी क्षेत्र आसपास रहेको बताए।
काठमाडौं । संखुवासभा सामूहिक हत्या काण्डमा ज्यान गुमाएका ५२ वर्षीय तेजबहादुर कार्की गत सोमबार धान गोड्ने तयारीमा थिए । त्यसका लागि खेताला लिन उनी बिहान पाँच बजेतिर घर मास्तिरको बाटो हुँदै उकालो लागेका थिए । तर जुन घरबाट खेताला बोलाउन जान लागेका थिए, त्यही घरका २६ वर्षीय लोकबहादुर कार्कीले बाटोमै उनको हत्या गरेको प्रहरी अनुसन्धानबाट […]
संखुवासभा — मादी नगरपालिका–१ उमलिङको खोलागाउँमा गत सोमबार एकै परिवारको ६ जनाको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले एक जना २५ वर्षीय छिमेकीलाई पक्राउ गरेको छ । मादी नगरपालिका-१ स्थित ६ जनाको हत्या गरिएको घर।प्रहरीले आइतबार पत्रकार सम्मेलनमा पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गर्ने जनाएको छ । संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहालले […]
धनगढी : कैलाली र बाजुराबाहेक सुदूरपश्चिमका सात जिल्लामा नेपाली काँग्रेसको वडा अधिवेशन भएको छ। सात जिल्लाका पाँच सय ३५ वडामा कांग्रेसको अधिवेशन सम्पन्न भएको हो। प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा शुक्रबार अधिवेशन गरिएको छ। निर्वाचन अधिकृत लोकेन्द्र बमका अनुसार ५२ वटा वडा रहेको डडेल्धुरामा ४८ वडामा नयाँ नेतृत्व चयन भएको छ। […]
सुनसरीको दुहबी नगरपालिका–८ स्थित सोनापुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ मृत्यु हुनेमा सर्लाही लालबन्दी नगरपालिका–८ का ३० वर्षीय सुलभ गिरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । खनारबाट दुहबीतर्फ आउँदै गरेको ना ५५ प ९९७९ नंको मोटरसाइकललाई उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बिनायक अक्सिजन फ्याक्ट्री छिर्ने क्रममा को १ […]
काठमाडौँ — सार्वजनिक शिक्षामा लगानी वृद्धिसँगै गुणस्तर सुधार गर्ने प्रतिबद्धताअनुसार सत्तारूढ दलहरूले पछिल्ला वर्ष यस क्षेत्रमा अपेक्षित बजेट बढाएका छैनन् । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार पेस गरेको अर्थसम्बन्धी अध्यादेशको प्रतिस्थापना विधेयकमा जेठमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरेको भन्दा शिक्षामा करिब २ अर्ब बजेट घटाएका छन् । चालु आर्थिक वर्षदेखि भने शिक्षक, कर्मचारीको तलबमा मात्रै वार्षिक ६ […]
जाजरकोट । नेपालले सन् २०१९ भित्र उन्मूलन गर्ने लक्ष्य लिए पनि २०२१ मा आएर यहाँ दादुराका बिरामी फेला परेका छन् । भेरी नगरपालिका-१ रावतगाउँमा गत साउन ८ गते मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि जाँच गर्दा दादुराका बिरामी फेला परेका थिए । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सहयोगमा भेरी-१ रावतगाउँमा १८ बालबालिकाको नमूना सङ्कलन गरी जाँच गर्दा […]
काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला पुरुष […]
काठमाडौं । सरकारले विद्यार्थीहरुलाई लक्षित गरेर ‘पढ्दै कमाउँदै कार्यक्रम’ ल्याएको छ ।शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा ‘पढ्दै कमाउँदै कार्यक्रम’ सबै प्रदेशका केही विद्यालयमा नमुनाका रुपमा शुरुवात गरिने उल्लेख छ । शुरुवातमा यो कार्यक्रम प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थी लक्षित हुनेछ । गुणस्तरीय शिक्षा, प्रावधिक शिक्षा, पूर्वाधार शिक्षा, […]
काठमाडौं । सरकारले सातै प्रदेशमा बृहत्तर नमूना कृषि उत्पादन केन्द्र निर्माण गर्ने घोषणा गरेको छ ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत रहनेगरी कृषि सामग्री, प्रविधिको प्रयोग एवं ज्ञान, तालीम, ढुवानी एवं बजार व्यवस्थासमेत एकै ठाउँबाट हुनेगरी केन्द्र निर्माण गर्ने प्रतिस्थापन विधेयकमा उल्लेख छ । ‘कृषि क्षेत्रमा लाग्नेहरूलाई प्रेरित गर्न कृषि उत्पादनका लागि उपलब्ध जमिन, हावापानी, […]
२५ भदौ, काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमा ऋणको ठूलो अंश कटौती गरेको छ ।अनुत्पादक क्षेत्रमा सार्वजनिक ऋणको उपयोगले भविष्यमा साँवा तथा ब्याज भुक्तानीका लागि राजस्वको ठूलो हिस्सा छुट्याउनु पर्ने भन्दै अर्थमन्त्री जनार्दन शर्माले विनियोजन अध्यादेश, २०७६ मा प्रस्ताव गरिएको आन्तरिक ऋण तथा वैदेशिक क्रणको अंश करिव ३७ अर्ब घटाउँदै संशोधित बजेट ल्याएका हुन् […]
काठमाडौँः नेकपा एमालेकी सांसद रेखा झाले आज सभामुखको टाउको फुटाउने योजना भएको बताएकी छन्। प्रतिनिधि सभाको आजको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिनेक्रममा उनले यस्तो बताएकी हुन्। ‘आज टाउको नै फुटाउँथेँ सभामुखलाई हान्न माइक तानेको। संसद्को मर्यादा छ नि। विरोध भइरहेको छ। हामी नारा लगाइरहेका छौँ बैठक चलाउने ?’ उनले भनिन्, ‘नियम उल्लंघन गर्नेलाई के गर्ने […]
काठमाडौँ: अर्थमन्त्री जनार्दन शर्माले शुक्रबारको बैठकमा प्रतिस्थापन विधेयक पेश गर्दै १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट प्रस्तुत गरेका छन् । यसअघि केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेटको तुलनामा वर्तमान सरकारले १५ अर्ब कम आकारको बजेट प्रस्तुत गरेको हो । संशोधित बजेटले आम नागरिकमा खोप सुनिश्चित गरेको छ । सिथिल बनेको अर्थतन्त्रलाई पुनरुत्थान गरी […]
काठमाडौं । सरकारले कोरोना महामारीका कारण रोजगारी तथा आजआर्जन गुमाएका गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरीब तथा विपन्न परिवारलाई प्रतिथ परिवार १० हजार नगद अनुदान दिने भएको छ । शुक्रबार प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले यस्तो घोषणा गरेका हुन् । उनले भनेका […]