होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज ५, २०७८
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • भोलिबाट मुलुक बजेटविहिन, सरकारी खर्च रोकिने
देश/प्रदेश

भोलिबाट मुलुक बजेटविहिन, सरकारी खर्च रोकिने

  • नागरिक रैबार
भोलिबाट मुलुक बजेटविहिन, सरकारी खर्च रोकिने

काठमाडौं, २९ भदौ । भोलिबाट मुलुुक बजेट विहिन हुने भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले ल्याएको बजेटको प्रतिस्थापन विधेयक पारित नहुँदै संसद स्थगित भएपछि मुलुक भोलिबाट बजेनविहिन हुने भएको हो । यसकारण सरकारी खर्च भोलिबाट रोकिनेछ ।

विधेयक भदौ ३० गतेसम्म पारित गर्नुपर्नेमा नभएपछि अब स्वतः निस्क्रिय हुने देखिएको छ । यो विधेयक पारित नगरेपछि अब सरकारी खर्च रोकिने भएको हो । तर कर उठाउन व्यवस्था भने जारी रहने भएको छ ।

सरकारले पेश्की खर्च नगर्ने स्पष्ट पारेको छ । अर्थमन्त्री जनार्दन शर्माले भने सरकारले नियमित प्रक्रियाबाटै बजेट पारित गरेर अघि बढ्ने बताउदै आएका छन् ।
असोज ४ गतेसम्मका लागि संसद स्थगित भएको छ । संसद स्थगनले बजेट अनिश्चित भएको छ ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार