होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज ५, २०७८
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • बोक्सी आरोपमा महिलामाथि कुटपिट
स्वास्थ्य-जीवनशैली

बोक्सी आरोपमा महिलामाथि कुटपिट

  • नागरिक रैबार
बोक्सी आरोपमा महिलामाथि कुटपिट

काठमाडौं । पेट दुख्ने समस्या भएकी महिलामाथि बोक्सी आरोपमा काठमाडौंमै कुटपिट भएको छ । कुटपिटमा संलग्न धामीसहित ४ जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख अशोक सिंहले अनलाइनखबरलाई बताए ।

उनका अनुसार पक्राउ परेकामा पीडित महिलाकी श्रीमान्, धामी दीपेन्द्रकुमार थिङ, दशनारायण महर्जन र जनार्दन पाण्डे छन् ।

 

विज्ञापन

‘स्वयम्भूको ठूलो भर्‍याङमा ९ दिनअघि भएको घटनाबारे जाहेरी परेपछि पक्राउ गरिएको हो,’ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिंहले भने, ‘बोक्सी आरोपसम्बन्धी कसूरमा ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।’

प्रहरीका अनुसार ट्याक्सी चालक रहेका पीडितको श्रीमान्ले उपचारका लागि भन्दै थिङ कहाँ लगेका थिए । थिङले महिलालाई बोक्सी चढेको बताएपछि श्रीमानसहित महर्जन र पाण्डेले पनि कुटपिट गरेको पीडितको जाहेरीमा उल्लेख छ ।

प्रहरीकहाँ जाहेरी दिन आउँदा महिलाको शरीरमा निलडाम रहेको सिंह बताउँछन् । ‘घाउ जाँच गराएर प्रतिवेदन तयार गरेपछि उहाँ अहिले घरमै हुनुहुन्छ,’ उनले भने ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार