होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय, सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले गठबन्धनका दलहरुसँग सम्वाद गरेर चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो । पार्टीलाई आसन्न प्रदेश र प्रतिनिधिसभामा प्रष्ट बहुमततर्फ लक्षित गराउने भन्दै कांग्रेसको निर्णयमा भनिएको छ, संविधानको […]
पश्चिम नवलपरासी — खडेरीले आजित बनेपछि पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरुलाई बाँधेर वर्षा र सहकालका देवता मानिने इन्द्रको पूजा गरेका छन् । लामो समयदेखि पानी नपर्दा खेतमा लगाएको धान सुक्न थालेपछि किसानले क्षमापूजासहित पानी पारिदिन भन्दै इन्द्रको पूजा गर्ने प्रचलन रहँदै आएको छ । सोही मान्यताअनुसार स्थानीयले सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद […]
नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आलेमगरले पार्टी अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवासँग भएको भेटसँग जोडेर झूट प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । सांसद आलेमगरले गलत हल्ला फैलाउने कार्य भएको भन्दै आक्रोश पोखे । उनले त्यस्तो हल्ला फैलाउनेलाई साइबर स्यालको संज्ञा पनि दिए । । सोमबार राष्ट्रियसभा बैठकमा […]
काठमाडौँ — नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले सोमबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर सेवाबाट राजीनामा दिएका हुन् । पोखरेलको राजीनामा स्वीकृत हुन बाँकी छ । पोखरेलले मानव स्रोत विभागमा पुगेर राजीनामा पत्र बुझाएको स्रोतले जनायो । पोखरेलले एआइजी पूजा सिंह मार्फत महानिरीक्षक (आइजीपी) धीरजप्रताप सिंह समक्ष राजीनामा पत्र […]
२ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले शक्ति राष्ट्रहरुले नेपाललाई खेल मैदान बनाउन लागेको बताएका छन् सोमबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद देवले एमसीसी र एसपीपी सम्झौताको सम्बन्धमा अमेरिका र चीनले आफू अनुकुल बोलेको भन्दै शक्ति राष्ट्रहरुले नेपाललाई खेल मैदान बनाउन लागेको बताएका हुन् । उनले नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक भएकाले […]
नागरिक रैबार/बाजुरा २ साउन। कृषि ज्ञान केन्द्र बाजुराको २ दिने बार्षिक समिक्षा गोष्ठि सोमबारबाट मार्तडीमा सुरु भएको छ । कृषि ज्ञान केन्द्र बाजुराको आयोजनामा उक्त गोष्ठी मार्तडीमा संचालन गरिएको हो । गोष्ठीमा बाजुरामा कृषि ज्ञान केन्द्र र पालिकाका कृषि शाखाहरुले आर्थिक वर्ष २०७८/८९ मा गरेका क्रियाकलाप र २०७९/८० मा संचालन गर्ने कार्यक्रमको बारेमा समिक्षा गरिने […]
धनगढीः साउन महिनासँगै हरियो तथा पहेँलो चुरारपोते र मेहेन्दीको सिजन सुरु भएको छ। यी विभिन्न शृङ्गार (मेकअप) सामग्री भारत लगायत अन्य मुलुकबाट भित्रिने गर्छ। आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा मात्रै झण्डै ३ अर्बको मेहन्दीसहित मेकअप सामग्री भित्रिएको भन्सार विभागले जनाएको छ। वर्षेनी मेकअप सामानका लागि बाहिरिने रकम बढ्दो छ। गत आर्थिक वर्ष २०७८/७९ को […]
काठमाडौं । एएफसी एसियन कप २०२३ को आयोजनाका लागि चार राष्ट्रले इच्छा देखाएको एसियाली फुटबल महासंघ (एएफसी) ले जनाएको छ । एएफसीका अनुसार अष्ट्रेलिया, इन्डोनेसिया, दक्षिण कोरिया र कतारले एसियन कप आयोजना गर्न इच्छा देखाएका छन् । यसअघि चीनले आयोजना गर्ने भनिएकोमा कोभिड-१९ को असरका कारण चीनले आयोजकबाट नाम फिर्ता लिएपछि एएफसी नयाँ आयोजक राष्ट्रको […]
चालु आर्थिक वर्षको बजेट कार्यक्रममा परेका आयोजना परियोजनाको ठेक्का–पट्टा साउन मसान्तभित्र बोलपत्र आव्हान भइसक्नुपर्ने अर्थ मन्त्रालयले जनाएको छ । बजेट कार्यान्वयनका लागि मार्गदर्शन जारी गरेको मन्त्रालयले वार्षिक कार्यक्रममा परेका आयोजनाको तयारीका चरणहरू पूरा गरी कार्यक्रम÷आयोजनाको त्रैमासिक विभाजनसहितको वार्षिक खरिद योजना, विस्तृत डिजाइन र लागत अनुमान तयारी गरी २०७९ साउन मसान्तभित्र स्वीकृत गरी बोलपत्र आह्वानसमेत गरिसक्नुपर्ने […]
२ साउन, विराटनगर । प्रदेश-१ सभामुख प्रदीपकुमार भण्डारीले नामकरणका लागि छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् ।दलहरु नामकरणका लागि आ-आफ्नै अडानमा हुँदा सहमतिका लागि सभामुखले बैठक बोलाएका हुन् । सभामुख प्रदीपकुमार भण्डारीले साउन ६ गतेका लागि नामकरणका विषयमा छलफल गर्न सार्वदलिय बैठक बोलाएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले बताए ।सभामुख भण्डारीले प्रदेशसभाको बैठक साउन […]
सुर्खेत । आइतबार साउने संक्रान्ति मनाइएको छ । साथै सोही दिन बेलुका ‘लुतो फाल्ने’ पर्व समेत मनाइएको छ । खेतीकिसानीमा आधारित ग्रामीण समाजका लागि यो विशेष दिन हो । यस दिनलाई कर्णालीमा विशेष प्राथमिकताका साथ मनाइन्छ । साउने संक्रान्तिको अवसरमा कर्णाली प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा समेत दियो । लुतो फाल्ने दिन दिउँसो जंगलमा गएर […]
नेपाल प्रहरीका ३४ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । प्रहरी महानिरीक्षक नेतृत्वमा बसेको बढुवा समितिले होम बहादुर थापालाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ । बढुवा हुनेमा अधिकांश प्रहरी सहायक निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेको ‘विभागीय’ टोली छन् । बढुवाको तीब्र प्रतिस्पर्धामा रहेका पिजी–७ औं समूहका इन्स्पेक्टरहरू बढुवामा छुटेका छन् । १५ […]
राष्ट्रिय जनमोर्चाले बौद्ध पुरातात्त्विक महत्वका स्थानहरु मिलाएर पुरातात्विक शहरको निर्माणका लागि अभियान चलाउने भएको छ । जनमोर्चाले कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासी जिल्लाहरुका प्राचीन र बौद्ध महत्वका ऐतिहासिक र पुरातात्त्विक स्थानहरुको उत्खनन् एवं सम्वर्द्धन गरेर बृहत्तर बौद्ध पुरातात्त्विक शहरको निर्माणको लागि अभियान चलाउने भएको हो । अभियान अन्र्तगत सो पार्टीले सन्दर्भ सामाग्रीहरु समावेश गरेर पुस्तिका […]
नागरिक रैबार /बाजुरा २ साउन । बाजुराको सदरमुकाम मार्तडीमा रहेका २ वटा विद्यालयमा राष्ट्रिय सेवा दल (एनसिसी) तालिम सूरु भएको छ । राष्ट्रिय सेवा दलको सि.स. ४८ जुनियर डिभिजन एनसीसी तालिम आईतबारबाट बाजुरको मार्तडीमा सूरु गरिएको हो । सदरमुकाम मार्तडीको मालिका नमुना माविका ३६ र क्रियटर जोन एकेडेमीका ३६ गरि ७२ जना छात्रछात्रलाई राष्ट्रिय सेवा […]
काठमाडौं । स्थानीय तहको चुनावबाट नयाँ जनप्रतिनिधि आएपछि दर्जनौं स्थानीय तहमा कर्मचारीबारे विवाद चर्किएको छ । करार र ज्यालादरीमा भर्ना भएका कयौं कर्मचारीहरुलाई साउन १ देखि हाजीर नगर्न/नगराउन स्थानीय तहहरुले सूचना जारी गरेका छन् । आफूखुसी कर्मचारी भर्ना गर्ने र आफूखुसी हटाउने कार्यले नयाँ आर्थिक वर्षको सुरुवातमै धेरै स्थानीय तहमा सेवा प्रवाह बिथोलिएको छ । […]
बाजुरा। गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न वाईसीएल र अखिल (क्रान्तिकारी) बाजुराले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । आइतबार वाइसियल नेपाल र अखिल (क्रान्तिकारी) बाजुराले सयुक्त रुपमा ज्ञापन पत्र बुझाएको हो । जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिष्दको कार्यालयमा ज्ञापन पत्र बुझाउदै गर्भनर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग सहित पत्र बुझाएको वाईसिएल नेपालकी केन्द्रिय […]
बुटवलका डीएसपी ठगबहादुर केसीले तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पौडी पोखरीमा धकेलिदिए पछि आलोचना भएको छ । वडाध्यक्ष क्षेत्रीले आफूलाई पौडी पोखरीमा धकेलिदिएर डीएसपीले ठूलो अन्याय गरेको प्रतिक्रिया दिए । ‘यो ममाथि गरिएको ठूलो अन्याय हो, मलाई पोखरीमा धकेल्ने डीएसपीलाई कडा कारवाही होस्,’ उनले भने । तिलोत्तमा नगरपालिकाको नगरसभामा जनप्रतिनिधि र […]
बाजुरा — बाजुराका स्थानीय तहको बेरुजु रकम ७९ करोड नाघेको छ । महालेखा परीक्षकको प्रतिवेदनमा नौ वटा स्थानीय तह रहेको बाजुरामा आर्थिक वर्ष २०७६/७७ सम्म कुल ७९ करोड ९३ लाख २८ हजार बेरुजु पुगेको उल्लेख छ । प्रतिवेदनमा उल्लेख भएअनुसार सबैभन्दा बढी त्रिवेणी नगरपालिकामा बेरुजु रकम छ । नगरपालिकाका निमित्त कार्यकारी अधिकृत चिरञ्जीवी साहले आम्दानी र खर्चको हिसाब […]
काठमाडौं । भारतमा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । हालका राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल २४ जुलाईमा समाप्त हुन लागेकाले नयाँ राष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो । आज बिहान १० बजदेखि साँझ ५ बजेसम्म संसद भवन र राज्य विधानसभामा मतदान हुने र २१ जुलाईमा मत गणना हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् […]
काठमाडौं । गर्मीले आलसतालस बनाइरहेको बेला केही दिनका लागि राहत मिल्ने सम्भावना छ । मंगलबार र बुधबार देशका धेरै स्थानमा पानी पर्ने भएकाले केही शीतल महसुस हुने छ । मौसमविद् हिरा भट्टराईका अनुसार मंगलबार र बुधबार आजभन्दा पनि धेरै स्थानमा वर्षा हुने सम्भावना छ । ‘मंगलबार सुदूरपश्चिम, कर्णाली , गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा हुने […]