होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराका विद्यार्थीलाई राष्ट्रिय सेवा दल (एनसिसी) तालिम दिईदै
समाचार

बाजुराका विद्यार्थीलाई राष्ट्रिय सेवा दल (एनसिसी) तालिम दिईदै

  • नागरिक रैबार
बाजुराका विद्यार्थीलाई राष्ट्रिय सेवा दल (एनसिसी) तालिम दिईदै

नागरिक रैबार /बाजुरा २ साउन । बाजुराको सदरमुकाम मार्तडीमा रहेका २ वटा विद्यालयमा राष्ट्रिय सेवा दल (एनसिसी) तालिम सूरु भएको छ । राष्ट्रिय सेवा दलको सि.स. ४८ जुनियर डिभिजन एनसीसी तालिम आईतबारबाट बाजुरको मार्तडीमा सूरु गरिएको हो ।
सदरमुकाम मार्तडीको मालिका नमुना माविका ३६ र क्रियटर जोन एकेडेमीका ३६ गरि ७२ जना छात्रछात्रलाई राष्ट्रिय सेवा दल (एनसिसी) को तालिम दिन लागेको मार्तडीमा रहेको दुर्गा भन्जन गुल्मका गुल्मपति विरेन्द्र कुमार महर्जनले बताएका छन् ।

गुल्मपति महर्जनका अुसार तालिममा सहभागि भएका छात्रछात्राहरुलाई उनीहरु अध्ययन गरिरहेकै विद्यालयमा एनसिसीको संस्थागत तालिम दिईने भएको छ । त्यस्तै एनसिसी तालिमको अवधि १ सय दिनको हुने र त्यसमा ७९ दिन संस्थागत तालिम र २१ दिन सामूहिक क्याम्प सञ्चालन हुने गुल्मपति महर्जनको भनाई छ ।

तालिममा छात्रछात्राहरुलाई एफसी, बिसी, म्याप रिडिंग, विपद् व्यवस्थापन, ड्रिल, तेक्वान्दो खेल, साथै एरोबिक्सहरुको सैद्दान्तिक र व्यवहारिक ज्ञान दिइने गुल्मपति महर्जनले बताएका छन् ।
तालिम पुरा भए पछि आम नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले नै राष्ट्रिय सेवा दल एनसीसी गठन भएको र अनुशासित नागरिक बनाउन मद्दत पुग्ने, देशमा प्राकृतिक विपद् तथा संकट र उद्दारमा सहयोग हुने नेपाली सेनाको विश्वास रहेको छ ।

विज्ञापन

छात्रछात्राहरुलाई दिईने १ सय दिनको यो एनसिसी तालिममले समाजमा अनुशासित बनाउन ठुलो मद्दत पुर्याउने र समाजमा कुनै प्राकृतिक विपत्ति पर्दा उद्दारका लागि सहयोग हुने मालिका माविका प्राचार्य शुभराज पाध्यायले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै