होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मेहन्दीसहित मेकअपका सामानमा ११ महिनामै झण्डै ३ अर्ब नेपालबाट बाहिरियो
समाचार

मेहन्दीसहित मेकअपका सामानमा ११ महिनामै झण्डै ३ अर्ब नेपालबाट बाहिरियो

  • नागरिक रैबार
मेहन्दीसहित मेकअपका सामानमा ११ महिनामै झण्डै ३ अर्ब नेपालबाट बाहिरियो

धनगढीः साउन महिनासँगै हरियो तथा पहेँलो चुरारपोते र मेहेन्दीको सिजन सुरु भएको छ। यी विभिन्न शृङ्गार (मेकअप) सामग्री भारत लगायत अन्य मुलुकबाट भित्रिने गर्छ। आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा मात्रै झण्डै ३ अर्बको मेहन्दीसहित मेकअप सामग्री भित्रिएको भन्सार विभागले जनाएको छ। वर्षेनी मेकअप सामानका लागि बाहिरिने रकम बढ्दो छ।

गत आर्थिक वर्ष २०७८/७९ को साउनदेखि जेठ मसान्तसम्म २ अर्ब ८९ करोड ९३ लाख ३४ हजार रुपैयाँ बराबरको १९ लाख ३३ हजार ६३ किलो मेहन्दी, सनस्कृन क्रिम लगायत मेकअपका सामग्री भित्रिएको विभागको तथ्यांक छ। आर्थिक वर्ष ०७७/०७८ मा २ अर्ब १३ करोड २० लाख ३ हजारको मेहन्दी, सनस्कृन क्रिम लगायत मेकअप सामग्री आयात भएको थियो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार