होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गभर्नर अधिकारीलाई बर्खास्त गर्न वाईसीएल र अखिल (क्रान्तिकारी)काे माग
समाचार

गभर्नर अधिकारीलाई बर्खास्त गर्न वाईसीएल र अखिल (क्रान्तिकारी)काे माग

  • नागरिक रैबार
गभर्नर अधिकारीलाई बर्खास्त गर्न वाईसीएल र अखिल (क्रान्तिकारी)काे माग
बाजुरा। गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न वाईसीएल र अखिल (क्रान्तिकारी) बाजुराले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । आइतबार वाइसियल नेपाल र अखिल (क्रान्तिकारी) बाजुराले सयुक्त रुपमा ज्ञापन पत्र बुझाएको हो ।
जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिष्दको कार्यालयमा ज्ञापन पत्र बुझाउदै गर्भनर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग सहित पत्र बुझाएको वाईसिएल नेपालकी केन्द्रिय सदस्य निर्मला विष्टले बताएकी छन् ।
विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जिल्ला कमिटी बाजुराले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा (एमाले)को नेता भएको आरोप लगाउँदै उनलाई बर्खास्त गर्न माग गरिएको अखिल (क्रान्तिकारी) बाजुराका अध्यक्ष खेमराज साँउदले बताएका छन् । नेकपा (एमाले)ले अधिकारीलाई अर्थ तथा योजना विभागमा राखेपछि गर्भनर अधिकारी विवादित बनेका हुन् ।
गभर्नर महाप्रसाद अधिकारी नै एमाले अर्थ तथा योजना विभागका सदस्य भएको आरोप लागेपछी तत्काल बर्खास्त गर्नुुपर्ने अखिल (क्रान्तिकारी) बाजुराले ज्ञापनपत्र मार्फत जोडदार माग रहेको छ । सरकारको वित्तीय नितिलाई सफल बनाउने गरी मौद्रिक निती निर्माण गर्ने र वित्तीय क्षेत्रको नेतृत्व गर्ने नेपाल राष्ट्र बैंकका वर्तमान गभर्नर विगत देखिनै बिभिन्न शेयर कारोवारमा अवैध संलग्नता,क्रिप्टो करेन्सी लगाएत प्रकरणमा विवादास्पद बनेका थिए ।
उनले हालै मात्र प्रमुख प्रतिपक्ष दलको अर्थ तथा योजना विभागको सदस्यको रुपमा जिम्मेवारी प्राप्त गरेको आरोप लागेको छ । यदी तत्काल गर्भनर अधिकारीलाई बर्खास्त नगरे चरणवद्ध आन्दोलनका कामहरु अगाडी सारीने बताइएको छ । यता प्रमुख जिल्ला अधिकारीले भने यो माग जाहेज रहेको र यसमा आफु कट्बिद्ध भएर लाग्ने आश्वासन दिएका छन् ।
No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार