होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • असोज मसान्तभित्र ठेक्का–पट्टा लागिसक्नुपर्ने
समाचार

असोज मसान्तभित्र ठेक्का–पट्टा लागिसक्नुपर्ने

  • नागरिक रैबार
असोज मसान्तभित्र ठेक्का–पट्टा लागिसक्नुपर्ने

चालु आर्थिक वर्षको बजेट कार्यक्रममा परेका आयोजना परियोजनाको ठेक्का–पट्टा साउन मसान्तभित्र बोलपत्र आव्हान भइसक्नुपर्ने अर्थ मन्त्रालयले जनाएको छ । बजेट कार्यान्वयनका लागि मार्गदर्शन जारी गरेको मन्त्रालयले वार्षिक कार्यक्रममा परेका आयोजनाको तयारीका चरणहरू पूरा गरी कार्यक्रम÷आयोजनाको त्रैमासिक विभाजनसहितको वार्षिक खरिद योजना, विस्तृत डिजाइन र लागत अनुमान तयारी गरी २०७९ साउन मसान्तभित्र स्वीकृत गरी बोलपत्र आह्वानसमेत गरिसक्नुपर्ने बताएको हो ।

यस्तो प्रक्रिया २०७९ असोज मसान्तभित्र बोलपत्र मूल्याङ्कन गरी ठेक्का सम्झौता गर्नुपर्ने समेत अर्थ मन्त्रालयले जनाएको छ । तर, सम्झौता भएको १५ दिनभित्र अनिवार्य काम सुरु गर्ने गरी कार्यादेश दिने व्यवस्था समेत मिलाउनुपर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालय तथा निकाय मातहतका पुँजीगत खर्च गर्ने कार्ययोजना र जिम्मेवार पदाधिकारीको नाम सहितको विवरण असोज मसान्तभित्र तयार गर्न लगाई सोको मासिक प्रगति अनुगमन समेत गर्नुपर्ने मन्त्रालयले व्यवस्था गरेको छ ।

विज्ञापन

हाल सार्वजनिक ठेक्कापट्टा लामो समय प्रक्रियामा नै बित्ने र ठेक्का लागि सकेपछि पनि काम नहुने परिपाटीले विकास निर्माणमा समस्या आइरहेको छ भने यता विनियोजित पुँजीगत खर्च समेत नभएर फिर्ता हुने अवस्था छ । यस्तो समस्यालाई चिर्न अर्थ मन्त्रालयले यस्तो मार्गदर्शन जारी गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार