होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको निर्वाचन चिह्न मात्रै मतपत्रमा समावेश हुने भएको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचनका लागि दर्ता भएको दल र स्वतन्त्र उम्मेदवारका लागि समेत अतिरिक्त निर्वाचन चिह्न राखेर मतपत्र छपाइ गरिएको थियो । त्यसरी मतपत्र […]
काठमाडौं । गायक अर्थर गन (दिवेश पोखरेल)लाई सरकारले नेपालको पर्यटन प्रवर्द्धनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री जीवनराम श्रेष्ठले अर्थर गनलाई दूत नियुक्त गरेका हुन् । आफ्नो प्रतिभामार्फत नेपाललाई विश्वमा चिनाउन योगदान दिएको भन्दै मन्त्री श्रेष्ठले गायक पोखरेलले प्राकृतिक सुन्दरता, जैविक तथा सांस्कृतिक […]
काठमाडौँ — नेकपा एकीकृत समाजवादी सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले प्रतिनिधिसभा निर्वाचनमा गुल्मी २ बाट प्रतिस्पर्धा गर्ने घोषणा गरेकी छन् । गठबन्धन दलभित्र सीट बाँडफाँट नटुंगिदै झाँक्रीले आइतबार यस्तो घोषणा गरेकी हुन् । ‘गुल्मी २ मा एमालेको विरासत तोडेर देखाउँछु,’ झाँक्रीले आफ्नो फेसबुक पेजमा लेखेकी छन् । उनले त्यसका लागि सबैको साथ र सहयोग आवश्यक […]
काठमाडौं । यतिबेला बलिउडको पटकथा कसले लेखिरहेको छ कसैलाई थाहा छैन । यतिबेला मुम्बैया फिल्ममा हरेक चीज उल्टो भइरहेको छ । स्टारका फिल्म असफल भइरहेका छन् । नसोचेका फिल्मले राम्रो कमाइ गरिरहेका छन् । अगस्ट १३ मा रिलिज भएको तेलुगू फिल्म ‘कार्तिकेय २’ले पछिल्लो सप्ताहन्तमा अन्य फिल्मभन्दा राम्रो कमाइ गरेको छ । यो फिल्मको हिन्दी […]
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर आइतबार बिहान ११ बजे मन्त्रालयको कल सेन्टरमा पुगे । श्रमिकले भोग्नु परेको विभिन्न समस्या फोनमार्फत प्रत्यक्ष रुपमा सुन्न उनी कल सेन्टर पुगेका थिए । सो क्रममा एक जना श्रमिकले मलेसियालगायत अन्य देशमा जान मेनपावरहरुले लाखौं रकम लिएको गुनासो सुनाए । सरकारले शून्य लागतमा नै खाडीका देश […]
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । आइतबार दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले गिरिको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको बताए । ‘नेपाल सरकारले चाहेमा राजकीय सम्मान दिन सक्ने भन्ने व्यवस्था छ, सोही अनुसार उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि […]
बाजुरा । बाजुरा जिल्लाको पर्यटन प्रवद्र्धनका लागि २४ वर्षीय मनोज रेग्मीले पहल सुरु गरेका छन्। उनले वाइल्ड बाजुरा नामक अभियान नै सुरु गरेका हुन्। भौगोलिक हिसाबले बाजुरा जिल्लालाई उत्तरदेखि दक्षिणसम्म तीन विशेष क्षेत्रमा विभाजन गरिएको छ। उच्च हिमाली क्षेत्र, उच्च पहाड र मध्य पर्वत। उच्च हिमालय क्षेत्रले साइपाल हिमाल दायरालाई समेट्छ। उच्च पहाडी क्षेत्रमा दोहालेक […]
बाजुरा ५ भदाै । बाजुराका स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोगले तोकेको कार्यालय समक्ष बुझाउनु पर्ने व्यवस्था छ । तर बाजुराका ८ सय ४४ जना उम्मेदवार मध्ये ६ सय १३ जनाले निर्वाचन खर्च विवरण नबुझाएको […]
काठमाडौं । नेपाली कांग्रेस नेता प्रदीप गिरिप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपति आर्यघाटमा पुगेका छन् ।उनले आर्यघाटमा चितामाथि राखिएको गिरिको शवमा श्रद्धाञ्जली अर्पण गरे । शनिबार राति मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएका गिरिको शव कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाट आर्यघाट लगिएको थियो ।
धनगढी- सुदूरपश्चिम प्रेश खेलकुद परिषदले परिषद र सदस्य सचिव दिपकवहादुर सिंहको बिषयमा नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले कारवाही गर्ने विषयमा आपत्ति जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले विभिन्न आरोपहरु लगाउँदै परिषदका सदस्य सचिव सिंहलाई लिखित जवाफ मागेकोमा आपत्ति जनाउँदै आरोपहरुको खण्डन गरेको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपक सिंहले प्रेस विज्ञप्ती […]
दैलेख — जिल्ला प्रशासन कार्यालय दैलेखले भगवतीमाई गाउँपालिका –३ मेहेतोलीका कविराम कामीलाई नयाँ नागरिकता प्रदान गरेको छ ।गृहमन्त्रालयले अपमानजनक नाम भएका नागरिकताबारे आवश्यक प्रक्रिया पूरा गरी जिल्ला प्रशासन कार्यालयलाई पुन: नागरिकता दिन निर्देशन दिएपछि ‘कुकुर कामी’ नाम उल्लेख गरिएका कविरामलाई जिल्ला प्रशासनले नयाँ नागरिकता प्रदान गरेको होे । २०४६ जेठ १० गतेको गाउँमा नागरिकता टोली […]
प्रकाश विक/बाजुरा ५ भदौ। जिल्लाको बडीमालिका नगरपालिकाको वडा नम्मर ९ ले वडा भित्र घरेलु मदिरा विक्रि वितरण र उत्पादन गर्न नदिने निणर्य गरेको छ । वडाले आज एक अन्तक्रिया कार्यक्रमको आयोजना गरेर वडामा घरेलु मदिराको विक्रि वितरण र उत्पादनलाई पूणर् रुपमा बन्द गर्ने निणर्य गरेको हो । वडाले इजाजत प्राप्त मदिरा व्यापारीहरुलाई मदिरा विक्रि वितरणलाई […]
डडेल्धुरा। डडेल्धुरामा जिप दुर्घटना हुँदा ८ जना घाईते भएका छन्। डोटीको दिपायलबाट डडेल्धुरा सदरमुकाम तर्फ आइरहेको से १ ज ५०४ नम्बरको जिप केआइसिंह राजमार्गअन्तर्गत ऐर गाउँ मोडमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक एवं सूचना अधिकारी उमाकान्त जोशीका अनुसार घाइतेहरूको परिचय खुलिसकेको छैन। घाईते सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको उनले बताए। […]
मन्दाकिनी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेसँगै प्रतिकित्ता ३१५ रुपैयाँ पुगेको हो । बुधबारदेखि कारोबारमा आएको कम्पनीको सेयर मूल्यमा आज प्रतिकित्ता २८ रुपैयाँको वृद्धि आएको छ । आज यस कम्पनीको ८६ हजार ४८१ कित्ता सेयर माग छ । तर, बिक्रीमा एक कित्ता पनि राखिएको छैन […]
दाङ, सर्लाही, गोरखा, बागलुङ, सप्तरी र सुर्खेतमा ६ जना मृत अवस्थामा फेला परेका छन् । दाङको तलसीपुर उपमहानगरपालिका–४ खाद्रे बस्ने ४५ वर्षीय प्रेम बहादुर बुढा सोही ठाउँस्थित खहरे खोलामा शनिबार मृत अवस्थामा फेला परेका छन् । सर्लाहीको बागमती नगरपालिका–१० नयाँबस्ती बस्ने १८ वर्षीय सुरज परियार सोही ठाउँस्थित बागमती सिँचाइको नहरमा शनिबार मृत अवस्थामा फेला परेका […]
नागरिक रैबार/बाजुरा ५ भदाै । बाजुरा जिल्ला अस्पतालमा स्त्रीरोग बिशेषज्ञको सेवा आजबाट सुरु भएको छ । जिल्ला अस्पताल बाजुरामा पहिलोपटक डाक्टर सुनिल कुमार शाहले स्त्री रोग सम्वन्धिको सेवा दिने भएका हुन् । जिल्ला अस्पताल बाजुरामा सेवा लिन आउने आमाहरुको अकालमा ज्यान गुमाउनुपर्ने अबस्था आउँन नदिनका लागि स्त्री रोग बिशेषज्ञको सेवा सुरु गरेको जिल्ला अस्पताल व्यवस्थापन […]
सरिता गिरी: प्रदीप दाई र म, आज म प्रदीप दाई को बारेमा यस्तो कुरा लेख्न गई रहेको छु जुन नियति ले निर्धारित गरेको हो । वहाँ लाई माया गर्ने धेरै जना छन । उनको प्रति सबैको प्रेमभाव प्रति मेरो असीम आदर छ । तर आज मैले यो लेखीन भने शायद कहिले पनि लेख्न सक्दीन होला […]
काठमाडौं । प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय राहदानी नम्बर भी११२२८९० वाहक ३१ वर्षका राहुल रेमानान छन् । उनलाई विमानस्थल सुरक्षा कार्यालयले शनिबार आगमन गेटबाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालयको केन्द्रीय समाचार कक्षले जनाएको छ । उनी फ्लाई दुबईको उडानबाट दुबईबाट काठमाडौं आएका थिए […]
काठमाडौं । सरकारले भन्सार छुटमा दशैं–तिहारका लागि ५० हजार मेट्रिकटन चिनी ल्याउने तयारी गरेको छ । पूर्ण सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले बिक्री गर्ने गरी भन्सार छुटमा उक्त परिमाणको चिनी ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । खाद्यलाई १० हजार मेट्रिकटन र साल्टलाई ४० हजार सहुलियतको चिनी […]
काठमाडौं । पूर्वी नेपालका थारु समुदायले आज रैब पर्व मनाउँदै छन् । पश्चिम नेपालका थारु समुदायले भने आज ‘बड्का अट्वारी’को रुपमा यो पर्व मनाउँदै छन् । हरेक वर्ष भदौ महिनाको पहिलो आइतबारदेखि रैब पर्व सुरु हुन्छ र ठाउँ अनुसार भदौ महिनाभर पर्ने आइतबारलाई रैब दिन वा रैब पर्वका रुपमा मनाउने गरिन्छ । थारु भाषामा आइतबारलाई […]