होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका ९ ले घरेलु मदिरा विक्रि वितरण गर्न नदिने
समाचार

बडीमालिका ९ ले घरेलु मदिरा विक्रि वितरण गर्न नदिने

  • नागरिक रैबार
बडीमालिका ९ ले घरेलु मदिरा विक्रि वितरण गर्न नदिने

प्रकाश विक/बाजुरा ५ भदौ। जिल्लाको बडीमालिका नगरपालिकाको वडा नम्मर ९ ले वडा भित्र घरेलु मदिरा विक्रि वितरण र उत्पादन गर्न नदिने निणर्य गरेको छ ।

वडाले आज एक अन्तक्रिया कार्यक्रमको आयोजना गरेर वडामा घरेलु मदिराको विक्रि वितरण र उत्पादनलाई पूणर् रुपमा बन्द गर्ने निणर्य गरेको हो ।

वडाले इजाजत प्राप्त मदिरा व्यापारीहरुलाई मदिरा विक्रि वितरणलाई व्यवस्थित गर्ने र वडाको सरसफाईलाई व्यवस्थापन गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

विज्ञापन

अन्तरक्रिया कार्यक्रमले इजाजत प्राप्त व्यापारीहरुलाई भने साँझ ७ बजेदेखि ९ बजेसम्म मदिरा विक्रि वितरण गर्ने समयसिमा तोकेको छ । अन्य समयमा इजाजत प्राप्त व्यापारीहरुले मदिरा विक्री वितरण गरे प्रचलित कानुन अनुसार कडा कारवाही गर्ने निणर्य गरिएको वडा अध्यक्ष सुर्यकिरण विकले बताएका छन् ।

अन्तरक्रिया कार्यक्रममा वडा नं. ९ मा रहेका पसलहरुमा इजाजत प्राप्त मदिरा व्यापरीले विक्री वितरणमा साझा ७ बजे देखि ९ बजे सम्म विक्री गर्ने र अवैध घरेलु मदिराको उत्पादन तथा विक्री वितरणलाइ पूणर् रुपमा बन्द गर्न निणर्य गरिएको अध्यक्ष विकले बताएका छन् ।

बडीमालिका ९ ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वडा नं. ९ का पदाधिकारीहरु, राजनीति दलका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक रविन्द्र कठायत लगायत यूवाहरु र महिलाहरुको सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै