होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी । धनगढी विमानस्थलको रनवेमा स्याल छिरेपछि सौर्य एयरलाइन्सको जहाज अवतरणमा ढिलाइ भएको छ । काठमाडौंबाट आएको सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा रनवेमा स्याल देखिएपछि जहाजले ओभरसुट गरेको थियो । ओभरसुट गरेको जहाजले धनगढीको आकाशमा फन्को मारेर पछि अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयका निमित्त प्रमुख सोहनराज जोशीले दुई मिनेट ढिलो […]
काठमाडौं । यसवर्षको दशैंका लागि भोलि शनिबारदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभागका अनुसार भोलि विश्वकर्मा पूजाको दिनदेखि अग्रिम टिकट बुकिङ खोल्ने तयारी लगभग पुरा भएको छ । यसपटकको दशैंका लागि २७ असार, २०७९मा तोकिएको भाडादर अनुसार यात्रुले टिकट काट्ने सुविधा पाउनेछन् । बढी भाडा लिएमा ट्राफिक प्रहरी, यातायात […]
नागरिक रैबार/बाजुरा ३० भदौ। बाजुराकाे बडीमालिका नगरपालिका वडा नम्वर ९ मा २५ सदस्यीय बैज्ञानिक समाजवादी महिला संगठन कमिटी गठन गरिएको छ । बडीमालिका नगरपालिकाको वडा नम्बर ९ का महिलाहरुको उत्साहजनक भेलाबाट शोधा नेपाली संयोजक, उज्जला वि.क. सह–संयोजक, सचिव कल्पना विक रहने गरी २५ सदस्यीय वैज्ञानिक समाजवादी महिला संगठन कमिटी गठन गरिएको बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी […]
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका विद्यालय विवरण सार्वजनिक गरेको छ । भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट उक्त कार्यक्रमका लागि ३ हजार ४७५ विद्यालय विद्यालय छनोट गरेको जनाएको छ । राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम अन्तर्गत भौतिक सुविधा विस्तार लगायतका कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तह मार्फत […]
बैतडी: नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ। छनोट आगामी सात गतेसम्म सञ्चालन हुनेछ। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का अनुसार छनोट प्रतियोगितामा फुटबल, क्रिकेट, कबड्डी, भलिबल, बास्केटबल, ह्यान्डबल, ब्याडमिन्टन, टेवलटेनिस, कराँते, भारत्तोलन, बक्सिङ, उसु, तेक्वान्दो, खो खो, बुद्धिचाल, कुश्तीलगायत खेल समावेश गरिएको छ। छनोट प्रतियोगिता कैलाली र कञ्चनपुरमा सञ्चालन हुने छन्। प्रदेशस्तरीय […]
काठमाडौं: स्वास्थ्य बीमा बोर्डले करार सेवामा जनशक्ति भर्ना गर्ने भएको छ। बोर्डले बिहीवार एक सूचना जारी गर्दै विभिन्न पदमा २२ जना कर्मचारी माग गरेको छ।
डोटी: डोटीको झिंग्रानामा पहिलो पटक बिजुली बत्ती पुगेको छ। पूर्वीचौकी गाउँपालिका–२ मा रहेको झिंग्राना पूर्वीचौकी गाउँपालिको पहलमा विद्युत् प्राधिकरण डोटी वितरण केन्द्रले राष्ट्रिय प्रसारणको थ्रीफेज विद्युत् लाइन विस्तार गरेको हो। प्रयटकिय क्षेत्र खप्तड जाने बाटोमा पर्ने उक्त बस्तीमा बत्ती पुगेपनि पर्यटकहरुका लागि पनि सहज हुनेछ। विद्युत् विस्तार भएसँगै सो बाटो भएर खप्तड जाने पर्यटकसँगै त्यस […]
धनगढी: मनसुनी न्यून चापिए रेखा नेपाल नजिक आउँदै गरेको र पश्चिमी वायुको प्रभावले आगामी ५ दिनसम्म देशभरी मौसममा फेरबदल हुने सम्भावना रहेको छ। आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका प्रभावले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशका पहाडी भू–भागका केही […]
काठमाडौं । नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठकमा दुई देशबीच बाँकी रहेका सीमाका कामलाई द्विपक्षीय संयन्त्रमार्फत टुंग्याउने विषयमा छलफल भएको छ । भारतको नयाँ दिल्लीमा मंगलबार सम्पन्न दुई देशका परराष्ट्र सचिवहरूको बैठकले उक्त निर्णय गरेको दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । ‘बैठकमा उहाँहरूबीच सीमाका विषयमा छलफल भयो । उहाँहरूले द्विपक्षीय संयन्त्रमार्फत सीमाका बाँकी काम पूरा गर्ने विषयमा […]
कार्यक्रममा समता फाउण्डेसनद्वारा दलित समुदायको ०७८ सालको मानव अधिकारको अवस्थाबारेको अध्ययन प्रतिवेदन ‘दलित मानव अधिकार पुस्तक–२०७८’ सार्वजनिक गरिएको छ । सो प्रतिवेदनले ०७८ सालमा जातकै आधारमा विभिन्न प्रकृतिका ८८ वटा मानव अधिकार उल्लंघनका घटना भएको देखाएको छ । सो वर्ष जातीय भेदभावकै आधारमा ५ जनाको हत्या भएको छ भने २५ जना दलित महिला, किशोरीहरूमाथि जबरजस्ती […]
काठमाडौं । मकवानपुरका प्रतिनिधिसभाका दुई क्षेत्रमा कांग्रेस र एकीकृत समाजवादीवीच १/१ सिट भागवण्डा गर्ने आन्तरिक सहमति बनेको छ ।कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र एकीकृत समाजवादीका नेता विरोध खतिवडालाई स्थान सुरक्षित गर्ने गरि सहमति बनेको छ । डिना र खतिवडाको क्षेत्र मकवानपुर २ भएकाले एक जनालाई क्षेत्र नम्बर १ मा उम्मेदवार बनाउन लागिएको हो । […]
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से करिब साढे २ प्रतिशतले वृद्धि भएको छ । बुधबार बजार परिसूचक नेप्से ४७.४४ अंक (२.४५ प्रतिशत) ले वृद्धि हुँदा १९८१.४८ अंकमा बन्द भएको छ । गत साताबाट लगातार ६ कारोबरा दिनसम्म घटेर करिब १९०० को बिन्दु नजिक झरेको नेप्से २८ भदौ मंगलबारबाट भने सुधार […]
नेकपा माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले भाषासम्बन्धी ऐन निर्माण गर्न प्रतिनिधि सभाको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै तामाङले भने– ‘नेपालको संविधानमा भाषासम्बन्धी व्यवस्थाका लागि आवश्यक भाषा ऐन निर्माण गर्न हामीले अहिलेसम्म कुनै पहल गरेनौँ । भाषा आयोगका अध्यक्ष स्वयंले एक कार्यकाल पुरा गरेर धेरै सुझाव दिनुभएको छ ।’ तामाङले धारा ६ मा नेपालमा […]
निर्माणाधीन बुटवल—नारायणगढ सडक विस्तारको काममा ढिलाई हुँदा यात्रुलाई सास्ती भएको छ । सम्झौता अनुसार काम गर्न नसकेको निर्माण कम्पनीले न्यूनतम् मापदण्ड पनि पालना नगर्दा यात्रुले समस्या भोग्नु परेको हो । सडकमा यातायातका साधन गुडिरहने भएकाले खाल्डाखुल्डी पर्नुपर्ने, बाइपास पथ बनाउनुपर्ने, धुलो नियन्त्रण गर्न पानी राख्ने, ट्राफिक संकेतका चिह्नहरु राख्नुपर्ने जस्ता न्यूनतम मापदण्ड पालना नगर्दा चालक […]
धनगढी: कैलालीको धनगढी चौराहामा रहेको समैजी स्टोरमा आन्तरिक राजस्व कार्यालयको टोलीले छापा हानेको छ। बुधबार आन्तरिक राजस्वका अधिकारी गएर छापा हानेको कार्यालयका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलले दिनेशखबरलाई बताए। ‘समैजी स्टोरको भौतिक मालसामानको अवस्था र उसले हामीलाई देखाउने कारोबार र तिर्ने राजस्वमा तालमेल नमिलेको देखिएकाले स्टक र कारोबारको वास्तविक अवस्था थाहा पाउन छापा हानेको हो,’ उनले […]
काठमाडौं । बहराइनमा भइरहेको एएफसी यू-२० एसियन कप छनोट अन्तर्गत समूह बीको आफ्नो तेस्रो खेलमा नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । बहराइनको शेख अली बिन मोहम्मद अल खालिफा स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ११:४५ बजे सुरु हुनेछ । समूहमा यसअघि दुवै खेलमा पराजित भएको नेपालले बहरइन विरुद्ध सुधारिएको प्रदर्शन गर्ने आशामा छ ।नेपालका मुख्य […]
नेपाल लगानी बोर्डले सार्वजनिक निजी साझेदारीमा कार्यान्वयन गरिने आयोजनाको सूची तयार पार्न परियोजना बैंक निर्देशिका सार्वजनिक गरेको छ । प्राविधिक र आर्थिक दृष्टिले सम्भावित लगानीको सूची तयार पार्ने लक्ष्यसहित तयार पारिएको परियोजना बैंक निर्देशिका बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज सार्वजनिक गरेका हुन् । लगानी बोर्डद्वारा आयोजित दिगो पूर्वाधार लगानी फोरमको उद्घाटन गर्दै प्रधानमन्त्री […]
महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग बयानका क्रममा नाम आएका बहालवाला न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको छ । सिंहदरबारस्थित आज बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश राणाले बयानका क्रममा नाम लिएका बहालवाला न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए । “निलम्बित प्रधानन्यायाधीश राणासँग अनुसन्धानका लागि लिइएको बयानका क्रममा नाम जोडिएर आएका […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले महाबौद्ध क्षेत्रमा सार्वजनिक स्थान, फुटपाथ क्षेत्रमा ओगटेर बसेका मिनी मार्केट हटाउन थालेको छ । महाबौद्ध आसपासमा रहेका होलसेल पसलहरु, चाइनिज मार्केट, मिनी मार्केटहरुले अनधिकृत रुपमा सार्वजनिक जग्गामा व्यवसाय गर्दै आएको पाइएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । अनधिकृत रुपमा सञ्चालित बजारलाई महानगर प्रहरीमार्फत माइकिङ गरेर हट्न निर्देशन दिइएको पाण्डेले बताए […]
राष्ट्रियसभाका सांसदहरुले महामारीको रुपमा फैलिँदै गएको डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारसँग माग गरेका छन् । बुधबार बसेको राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदद्वय देवेन्द्र दाहाल र गोपाल भट्टराई तथा सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले डेंगु रोगको उपचारका लागि अतिआवश्यक रहेको सिटामोलको अभाव हुन नदिन पनि […]