होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य तनहुँ -१ र बारा-२ को उपनिर्वाचनमा भाग लिन आयोगले दल दर्ताका लागि आग्रह गरेको हो । चितवन २ को लागि आयोगले यसअघि नै दल दर्ता गरेको थियो । आयोगले चैत ८ गतेदेखि चैत १२ गतेसम्म राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग कान्तिपथ कार्यालयमा दल […]
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन्। नेकपा एमालेसहित राप्रपाले सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक आज विश्वासको मत लिन लागेका हुन्। संविधानको धारा १०० (२) मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष […]
काठमाडौँ । उपराष्ट्रपति पदमा जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् । निर्वाचित यादवले संघतर्फ १८४ र प्रदेशतर्फ ३२९ सांसदको मत पाए भने पराजित शाक्यले प्रदेशतर्फ १६९ र संघतर्फ १०४ सांसदको मत पाइन् । यस्तै जनमत पार्टीकी […]
नागरिक रैबार/बाजुरा ३ चैत्र। बाजुरामा प्रथम कृषि, उद्योग, पर्यटन तथा व्यापार महोत्सव आजबाट सूरू भएकाे छ । महाेत्सवकाे एक औपचारिक कार्यक्रमका विच सुदूरपश्चिमका प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका छन् । बाजुराकाे उद्याेग कृषि पर्यटन र व्यापार, जडिबुटी संस्कृति समृद्धकाे आधार भन्ने मुल नाराका साथ उक्त महाेत्सवकाे आयाेजना गरिएको छ । बाजुराकाे व्यापार,कृषि तथा […]
काठमाडौँ । उपराष्ट्रपतिको निर्वाचनपछि हुने मन्त्रिमण्डल पुनर्गठन नेकपा एकीकृत समाजवादीले तीनवटा मन्त्रालय नछोड्ने गरी दाबी गर्ने भएको छ । एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका नेता राजेन्द्र पाण्डेले अब हुने मन्त्रिमण्डल पुनर्गठनमा आफ्नो पार्टीले तीनवटा मन्त्रालय पाउने गरी गठबन्धनको बैठकमा दाबी गर्ने बताए । ‘कांग्रेसले राष्ट्रपति पायो, माओवादीले प्रधानमन्त्री र जसपाले उपराष्ट्रपति पाउने गरी हामी लागेका […]
जनकपुरधाम । सप्तरीमा बुहविवाह गर्ने एकजना जेल चलान भएका छन् ।छिन्नमस्ता गाँउपालिका-२ बस्ने वर्ष २४ का सुरेन्द्र खंग जिल्ला अदालत सप्तरीको आदेशमा जेल चलान भएका हुन् । मन्जुदेवी खंगको जाहेरीले बहुविवाह मुद्दामा ९ पुस २०७६ मा जिल्ला अदालत सप्तरीले उनलाई एक वर्ष दुई महिना कैद फैसला सुनाएको थियो । फैसलादेखि फरार रहेका थिए । उनलाई […]
काठमाण्डौं : मोफसलमा कुशल संचारकर्मीका रुपमा स्थापित गायक प्रमोद डिजी थारु गायनतर्फ उत्कृष्ठ राष्ट्रिय समाबेशी म्यूजिक अवार्डबाट सम्मानित भएका छन । काठमाण्डौमा एक समारोहकाविच गायक डिजीलाई थारु गायनतर्फ उत्कृष्ट राष्ट्रिय समाबेशी म्यूजिक अवार्ड (निम) २०७९ प्रदान गरिएको हो । अवार्डमा समाबेश पाँच वटा गितमध्ये गायक डिजीले ‘तोहर नथिया’ बोलको गितमार्फत उत्कृष्ट गायन अवार्ड पाउन सफल […]
काठमाडौं । रेखा थापाको अनटाइटल्ड प्रोजेक्टबाट नायिका आँचल शर्मा (दवाडी) अलग भएकी छन् । रेखाले चलचित्रको स्क्रिप्ट पढ्न नदिएपछि उनले सो चलचित्रमा काम नगर्ने निधो गरेकी हुन् । ‘नायक विहीन’ नारीप्रधान चलचित्रमा रेखासहित पूजा शर्मा र आँचलले प्रमूख भूमिकामा अभिनय गर्ने भनिएको थियो । पूजाले सामाजिक सञ्जालमा नै रेखासँग सहकार्य पाएकोमा उत्साहित स्टाटस लेखेकी थिइन् […]
नागरिक रैबार/बाजुरा १ चैत्र। जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं ४ र ६ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।गाउँपालिका तथा वडा कार्यालयबाट छनोट गरिने विभिन्न योजनाहरुमा एकलौटी गरिएको भन्दै २ वटै वडा कार्यालयमा तालाबन्दी गरिएको मनोज सिंहले बताएका छन् । उनका अनुसार गाउँपालिकाको वडा नं ४ मा सोमबार र वडा नं ६ मा मंगलबार तालाबन्दी […]
नागरिक रैबार/बाजुरा १ चैत्र।बाजुराको सदरमुकाम मार्तडीमा चैत्र ३ गतेबाट संचालन हुने प्रमथ खप्तड मालिका उद्योग कृषि, पर्यटन तथा व्यापार महोत्सवको उद्धघाट्न सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्धघाट्न गर्ने भएका छन् । खप्तड मालिका युवा संजाल बाजुराको आयोजनामा चैत्र ३ गते देखि १२ गतेसम्म सदरमुकाम मार्तडीमा संचालन हुने महोत्सवको उद्धघाट्न प्रदेश प्रमुख जोशीले गर्ने आयोजकले […]
उपराष्ट्रपतिको निर्वाचनको लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ।चैत ३ गते हुने निर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालयले चार जनाको नामावली सार्वजनिक गरेको हो। नेकपा एमालेबाट अष्ट लक्ष्मी शाक्य, जनता समाजवादी पार्टी (जसपा)बाट प्रमिला कुमारी यादव, रामसहाय प्रसाद यादव र जनमत पार्टीकी ममता झाको नाम सार्वजनिक भएको हो। राष्ट्रपति खस-आर्य समुदायका पुरूष निर्वाचित भएपछि उपराष्ट्रपतिमा महिला […]
काठमाडौं : प्रमुख तीन पार्टीका निकट विद्यार्थी सङ्गठनले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा देशभरि नै तालमेल गरेका छन् । त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा हुने स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूबीच तालमेल गरेका हुन् । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश […]
काठमाडौं । उपराष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशन हुने भएको छ ।आज साँझ ५ बजेभित्र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपराष्ट्रपति पदका लागि सत्ता साझेदार दलबाट ३ र नेकपा एमालेबाट एक गरी जम्मा चार जनाले शनिबार उम्मेदवारी दिएका थिए । गठबन्धन दलबाट जनता समाजवादी पार्टीका रामसहायप्रसाद […]
काठमाडौँ । चैत ५ गते त्रिभुवन विश्वविद्यालयमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तरगत आइतबार उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने कार्यक्रम रहेको छ । बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सो समय तोकिएको त्रिविले जनाएको छ । यसैगरी उम्मेदवारमाथिको दाबी उपरमाथि छानबिन गरेपछि आजै बेलुका ५ बजे नामावली प्रकाशन गर्ने, फागुन २९ गते दिउँसो १ […]
काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ । सार्वजनिक कार्यतालिका अनुसार आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उमेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । आज नै उमेदवारविरुद्ध उजुरी दिन सकिनेछ । यसका लागि २ देखि ३ बजेसम्मको समय तोकिएको छ । २८ गते उजुरीउपर जाँचबुझ गरि निर्णय लिइने निर्वाचन आयोगले जनाएको […]
काठमाडौँ । उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्न नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक शनिबार बिहान नौ बजे बस्नेगरी बोलाएको उपमहासचिव पृथ्वीसुव्वा गुरुङले जानकारी दिए । उनका अनुसार बैठकले उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्नेछ । साथै राष्ट्रपति निर्वाचनबारे समेत बैठकमा समीक्षा हुनेछ । उपराष्ट्रपतिका लागि निर्वाचन आयोगले शनिबारलाई उम्मेदवारी दर्ताको कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको […]
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्धलाई अपराधिकरण गरेर उपलब्धिहरुलाई बिनाश गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई मुद्दा लगाइएको बताएका छन् । शुक्रवार चार कम्युनिष्ट पार्टीले संयुक्त मोर्चा घोषणाका लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव विप्लवले प्रधामन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध मुद्दा लगाएर गणतन्त्रलाई पश्चगामी र दलाल पुँजीपतिको हातमा हाल्दिने […]
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतले मुद्दालाई अग्राधिकार प्रदान गर्दै १५ दिनभित्र यसबारेमा लिखित जवाफ पेश गर्न प्रचण्डको नाममा आदेश जारी गरेको छ । आजको सुनुवाईमा रिट निवेदकको तर्फबाट अधिवक्ताहरु […]
संस्थागत स्वमूल्याकंनका आधारमा जगन्नाथ गाउँपालिका जिल्लामै पहिलो भएको छ । जिल्लाका नौ वटा स्थानीय तह मध्ये कार्यप्रगतिका आधारमा जगन्नाथ गाउँपालिका पहिलो भएको हो । पालिकाको कार्यप्रगति नजिताको मूल्याकंन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने गर्दछ । मन्त्रालयले गरेको मूल्याकंनका आधार जगन्नाथ गाउँपालिका सुदूरपश्चिम प्रदेशमा समेत नवौ स्थानमा आएको छ । प्रदेशका ८८ पालिका मध्ये […]
जुम्ला– जुम्लालगायत माथिल्लो कर्णालीका हिमाली जिल्लामा वैशाखदेखि नयाँ शैक्षिकसत्र सुरु हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ जिल्लामा वैशाखदेखि शैक्षिकसत्र सुरु गर्ने प्रस्ताव गरेको थियो । प्रस्ताव अनुसार शैक्षिक सत्र सञ्चालन गर्न गत माघ १५ गते नै शिक्षा विकास निर्देशनालयले परिपत्र गरेको शिक्षा समन्वय इकाई जुम्लाका प्रमुख मक्कर भण्डारीले जानकारी दिए। ‘सो […]