होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सूचनाकाे हक सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम स्वामीकार्तिकमा सम्पन्न
समाचार

सूचनाकाे हक सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम स्वामीकार्तिकमा सम्पन्न

  • नागरिक रैबार
सूचनाकाे हक सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम स्वामीकार्तिकमा सम्पन्न

नागरिक रैबार/बाजुरा ४ जेठ। सूचनाको हक सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम स्वामीकार्तिक खापर गाउँपालिकामा सम्पन्न भएकाे छ । स्वामीकार्तिक गाउँपालिकाकाे आयाेजना र राष्ट्रिय सूचना आयाेग काठमाडौकाे समन्वयमा उक्त अन्तरक्रिया कार्यक्रम स्वामीकार्तिक खापर गाउँपालिकामा सम्पन्न भएकाे हाे ।
जनताले हरेक गाउँपालिकामा हुने हरेक गतिविधि र सार्वजनिक चासाेका सूचनाहरू सहज रूपमा पाउन भन्ने उदेश्यले उक्त कार्यक्रमकाे आयाेजना गरिएकाे स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत बहादुर राेकायाले बताएका छन्।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला ओलीले सूचनाको हक सम्बन्धी संविधानले उल्लेख गरेका कानुनी प्रावधान, सुचना दिनुपर्ने कार्यालयको कर्तव्य र कानुनी बाधा र प्रक्रियाका विषयमा गाउँपालिकाका कर्मचारी, शिक्षक र जनप्रतिनिधिहरूलाई जानकारी गराएकी थिइन् ।

अन्तरक्रिया कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी राष्ट्रिय सूचना आयुक्त कमला ओलीले हरेक सूचनामा नागरिककाे पहुँच सरल र सहज बनाउन गाउँपालिकालाई आग्रह गरेकी छन् ।

विज्ञापन

कार्यक्रममा बाेल्दै गाउँपालिकाका अध्यक्ष भरत बहादुर राेकायाले सूचनाकाे हकबाट पालिका भित्रका नागरिकहरू कसैलाई पनि बन्चित नगर्ने बताएका छन् । उनले सूचना पाउनु सवै नागरिककाे दायित्व भएकाेले गाउँपालिकाले सवैलाई पनि सहि र सत्य सूचना प्रदान गर्ने बताएका छन् ।

स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत बहादुर राेकायाकाे अध्यक्षतामा संचालन गरिएकाे कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त कमला ओली प्रमुख अतिथि रहेकी थिइन् ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्य रंगमान शाही, एमालेका जिल्ला कमिटी सदस्य एंव स्वामिकार्तिक ईन्चार्ज मेघराज शाही, नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य अप्सरा शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत कुबेर शाही, नागरिक समाजका अध्यक्ष जनेश भण्डारी लगायत गाउँपालिकाका १ देखि ५ सम्मका वडा अध्यक्षहरू अतिथी रहेका थिए ।

गाउँपालिकाका कर्मचारी कर्णविर बुढाले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य वडा नम्वर ३का वडा अध्यक्ष प्रेम कट्टेले गरेका थिए । कार्यक्रममा ५० बढी सहभागी भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार