होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • वर्षामा ५० र हिउँदमा ३० युनिट बिजुली सित्तैमा दिइने
समाचार

वर्षामा ५० र हिउँदमा ३० युनिट बिजुली सित्तैमा दिइने

  • नागरिक रैबार
वर्षामा ५० र हिउँदमा ३० युनिट बिजुली सित्तैमा दिइने

काठमाडौँ — सरकारले वर्षायाममा मासिक ५० युनिट र हिउँदयाममा मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत उपलब्ध गराउने भएको छ ।

शुक्रबार संसदमा आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राट्रपति रामचन्द्र पौडेलले आगामी २ वर्षभित्रै देशका सबै नागरिकमा ऊर्जाको पहुँच सुनिश्चित गरिने बताए ।

साथै सरकारले आगामी २ वर्षभित्रै देशका सबै घरमा विद्युत सुविधा उपलब्ध गराउने पनि जनाएको छ । यस्तै विपन्न वर्गलाई निःशुल्क विद्युतीय मिटर उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

विज्ञापन

बिजुली खपत बढाइ खाना पकाउने ग्यासलाई क्रमशः विद्युतबाट प्रतिस्थापन गरिने पनि सरकारले नीति लिएको पौडेलले जनाए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार