होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हिरासतमा रहेका श्रीमान् बालकृष्णलाई भेट्न पुगिन् मञ्जु खाण
समाचार

हिरासतमा रहेका श्रीमान् बालकृष्णलाई भेट्न पुगिन् मञ्जु खाण

  • नागरिक रैबार
हिरासतमा रहेका श्रीमान् बालकृष्णलाई भेट्न पुगिन् मञ्जु खाण

 नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका श्रीमान् बालकृष्ण खाणलाई भेट्न सांसद मञ्जु खाण पुगेकी छन् । सोमबार बिहान उनी टेकुस्थित जिल्ला प्रहरी कार्यालयमा पुगेकी हुन् ।जिल्ला प्रहरी कार्यालयको हिरासतमा उनले श्रीमान् खाणसँग भेटघाट गरेको एक प्रहरी अधिकारीले जानकारी दिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता देखिएका पूर्वगृहमन्त्री समेत रहेका कांग्रेस नेता खाण वैशाख २७ गते चुच्चेपाटीबाट पक्राउ परेका थिए ।सो प्रकरणमा मञ्जुमाथि समेत मुछिएपनि उनी पक्राउ परेकी छैनन् । फरार रहँदै आएकी भनिएकी मञ्जु जेठ ४ गते प्रतिनिधिसभाको बैठकमा समेत उपस्थित भएकी थिइन् ।

प्रहरीले आज सरकारी वकिलको कार्यालयमा शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहेको बेला मञ्जु खाणलाई भेट्न पुगेकी हुनु ।शरणार्थी प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार