होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । सरकारको न्युनतम साझा कार्यक्रम आज सार्वजनिक हुँदै छ । साँझ ५ बजे सरकारले न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागेको हो । आर्थिक अवस्था सुधार, संक्रमणकालीन न्यायका प्रक्रियालाई पूर्णताका साथै कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर गठबन्धन सरकारले न्युनतम साझा कार्यक्रम तयार पारेको छ । सो कार्यक्रमलाई आज साँझ ५ बजे सार्वजनिक […]
काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक सुरु भएको हो । नयाँ गठबन्धन बनेसँगै मन्त्रिपरिषद् विस्तार भएपछि न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको हो ।यसअघिको गठबन्धनले पनि न्यूनतम साझा कार्यक्रम बनाएको थियो ।उक्त गठबन्धन भत्किएर नयाँ दलहरूबीच सत्ता गठबन्धन भएपछि फेरि साझा कार्यक्रम बनाइँदैछ । सरकारले […]
काठमाडौँ । मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेका एक सय १६ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अरुको नाममा परीक्षा दिइरहेका उनीहरुलाई आज अनुगमन टोलीले विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार अनुगमन टोलीले केराबारी, ग्रामथान र हरैँचाका परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ […]
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपनिर्वाचन युवामय भएको बताएका छन् ।बिहीबार बिहान फेसबुक ह्यान्डलमा उनले धेरैजसो उम्मेदवारहरूमा नयाँ र युवा अनुहार देखिनु खुसीको कुरा भएको बताए । ‘वैशाख १० गते उपनिर्वाचनमा भाग लिने उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित हुँदैछ। धेरैजसो उम्मेदवारहरूमा नयाँ र युवा अनुहार देखिरहेको छु, यो खुसीको कुरा हो,’ ओलीले लेखेका […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबको दुई दिनभित्र सरकारले शतप्रतिशत पूर्णता पाउने बताएका छन् । बुधवार नेकपा (माओवादी केन्द्र) केन्द्रिय सहकारी तथा गरीवी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले लगभग पूर्णता पाइसकेको र अबको दुई दिन भित्रमा पूर्ण रुपमा सरकार बिस्तार हुने बताए । उनले अब सरकारको ध्यान […]
सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा समेत घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४४० रुपैयाँ भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र ७ हजार ५१० रुपैयाँ तिरिरहेकोमा अब ७ हजार ७० रुपैयाँ तिरे पुग्नेछ । काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३४५ […]
भिडियो हेर्नुस :
काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद बद्री पाण्डेले संघीय शिक्षा ऐन ल्याउन ढिलो गर्न नहुने बताएका छन्। २०२८ सालकै शिक्षा ऐनलाई टालटुल गरि चलायरहेको बताउँदै उनले संघीय शिक्षा ऐन अबिलम्व ल्याउनुको विकल्प नरहेको बताए। मंगलबार सामुदायिक विद्यालय व्यवस्थापन समितिको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सांसद पाण्डेले २०२८ सालमा बनेको शिक्षा नीतिलाई पटकपटक संशोधन गरेर चलाइरहेको […]
काठमाडौँ- मधेश प्रदेश सरकारमा सहभागी भएका एमालेका मन्त्रीहरुले राजीनामा दिएका छन् ।मुख्यमन्त्री सरोजकुमार यादवलाई एमालेबाट मन्त्री भएका भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री पदमा मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्रीमा शत्रुघनप्रसाद सिंह, कानून, न्याय तथा प्रदेशसभा मामिलामन्त्री राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री पदमा केशव रायले मंगलबार राजीनामा दिएका हुन् […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्ने भएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेशी तोकिएको उक्त मुद्दा हेर्न नमिल्ने भएको हो । लामिछानेविरुद्धको मुद्दा यसअघि पनि सिन्हाले हेरेकाले यो मुद्दा हेर्न नमिल्ने भएको बताइएको छ । सोमबार दर्ता भएको रिट मंगलबारका लागि पेशी सूचीमा चढाइएको थियो । रवि लामिछानेविरुद्ध राहदानी […]
धनगढी: कैलालीमा लागुऔषध ब्राउनसुगरसहित ११ जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका र टीकापुर नगरपालिका क्षेत्रबाट ब्राउनसुगर सेवन गरिरहेका अवस्थामा भेटिएका ७ सहित ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले धनगढी उपमहानगरपालिका–३ बिशालनगर बस्ने ४० वर्षीय आनन्द धामीलाई ३ ग्राम ४०० मिलीग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जानकारी […]
धनगढीः प्रदेश सरकार र स्थानीय सरकार बिच सहकार्य र सहअस्तित्व व्यबहारमै कायम गर्न सुदूरपश्चिम प्रदेश सरकार अग्रसर देखिएको छ। आर्थिक वर्ष २०८०÷०८१ को बजेट निर्माणपूर्व प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिसँग आगामी बजेटका विषयमा छलफल गरेको छ। सरकारले पहिलोपटक सुदूरपश्चिमका ८८ वटै पालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको भेला गरेर बजेटमा समेट्नुपर्ने योजना र कार्यक्रम […]
बारा, चितवन र तनहुँ — आगामी वैशाख १० मा प्रतिनिधिसभाका रिक्त तीन निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि सोमबार राजनीतिक दल र स्वतन्त्र गरी ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ–१, जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपति चयन भएपछि बारा–२ र नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलाले रास्वपाका रवि लामिछानेको सांसद पद खारेज […]
काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिने समय तोकेको छ । आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार सोमबार उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध उजुरी दिनका लागि आजलाई समय तोकिएको हो । चितवन–२, तनहुँ–१ र बारा–२ मा आगामी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी […]
काठमाडौँ । माओवादी विचार धारा बोकेका दलहरूले आगामी चैत २७ गते अन्तर्क्रिया गर्ने भएका छन् । शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायका विषयमा काठमाडौँको प्रज्ञा भवनमा अन्तर्क्रिया गर्ने भएका हुन्। द्वन्द्वरत पक्ष र विपक्ष दुबैलाई राखेर अन्तर्क्रिया गरिने नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाले बताए । ‘माओवादी धाराको यसअघिकै कार्यक्रमको निरन्तरता स्वरूप चैत २७ गते अन्तर्क्रिया […]
काठमाडौं । बंगलादेशको राजधानी ढाकास्थित बंगबजारमा आगलागी भएको छ । मंगलबार बिहान ६ बजेतिर लागेको आगो नियन्त्रणको प्रयास जारी छ । आगो निभाउन ५० युनिटलाई परिचालन गरिएको र पानीको कमी लगायतका कारण नियन्त्रणमा लिन कठिनाइ भइरहेको ढाका ट्रिब्युनले जनाएको छ । इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर)ले आगो नियन्त्रणका लागि एक हेलिकोप्टरसहित बंगलादेशका स्थल र वायु […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आज सुनुवाइ हुने भएको छ । अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा लामिछानेविरुद्धको सोमबार सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । लामिछानेविरुद्ध रिट निवेदन लिएर युवराज पौडेल ‘सफल’ आइतबार सर्वोच्च अदालत पुगेका थिए […]
सुर्खेत । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुव्वा गुरुङले सरकारले हनिमुन बिताइसके पनि मन्त्रीपरिषद् लाई पूर्णता दिन असफल भएको बताएका छन् । सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनलेदक्षिणपन्थी गठबन्धनको सरकारबाट देश विकासको सम्भावना नरहेको बताउँदै उनले भूराजनीतिक अवस्था अझ जटिल बन्दै गइरहेको बताए । उनले भने,’देशको आर्थिक, सामाजिक क्षेत्र निकै कमजोर भइरहेको छ, तर सरकाले ध्यान दिएको […]
चितवन। चितवनका पुराना कांग्रेस नेता जगन्नाथ पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेलाई समर्थन गर्ने घोषणा गरेका छन् । रवि चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको उम्मेदवार हुन् । कांग्रेसले पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । पौडेलले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै आफ्नो समर्थन रास्वपालाई रहने बताए । उनले भने, ‘छोटो समयमा […]
काठमाडौं : नागरिक उन्मुक्ति पार्टीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ । सत्तारुढ १० दलीय गठबन्धनमा रहेको उन्मुक्ति पार्टीले अन्य कुनै दललाई पनि समर्थन नदिने जनाउँदै तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउन लागेको हो । सो पार्टीका नेता लक्ष्मण थारुका अनुसार बारा–२ मा रामचन्द्र चौधरी, चितवन–२ मा राजेश अधिकारी […]