होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले नेता र नेता पत्नीलाई उपचारका लागि विदेश लैजान नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले सो माग गरेका हुन् । त्यसैगरी सांसद सुवालले मेडिकल कलेज र […]
३ असार, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न च्यासलस्थित पार्टी कार्यालय पुगेका वामदेव गौतमले एक घन्टा लामो भेट गरेका छन् । आफू पहिल्यै एमालेमा सक्रिय रहन इच्छुक भए पनि समूहको व्यवस्थापन नटुंगिएकाले ढिलाइ भएको उनले बताए । ‘म पहिल्यै एमालेमा आएर सक्रिय हुन खोजेको हो, तर साथीहरुको व्यवस्थापन कसरी गर्ने भन्नेमा कुरा मिलिसकेको […]
३ असार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत निर्यात गरेका कारण लोडसेडिङ नभएको बताएका छन् । वितरण प्रणालीमा आएको समस्याले मध्य र पश्चिम नेपालमा पटकपटक विद्युत आउने जाने गरेको उनले बताए । आइतबार पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक घिसिङले धेरै सबस्टेशन र केही ट्रान्समिसन लाइनमा समस्या आएको बताए । तराई मधेशमा […]
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एकता अभियानको संयोजक रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतम र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी रहेको छ । ओलीलाई भेट्न गौतम एमाले मुख्यालय च्यासल पुगेका हुन् । गत जेठमा एमालेले ७० वर्षे उमेरहद खारेज गर्ने निर्णय सार्वजनिक भएसँगै गौतमले एमालेमा नै फर्किएर पार्टीमा क्रियाशील हुने र सदस्यता […]
३ असार, काठमाडौं । विश्वकप क्रिकेट छनोटमा कुशल मल्लले जिम्बाव्वेविरुद्ध अर्धशतक पूरा गरेका छन् ।हरारेमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालका लागि ओपनिङ गरेका कुशलले ६३ बलमा अर्धशतक पूरा गरेका हुन् । त्यसक्रममा उनले ८ चौका हानेका छन् । २० औं ओभरको अन्तिम बलमा सिन विलियम्सलाई सिंगल प्रहार गर्दै भुर्तेलले अर्धशतक पूरा गरेका हुन् । […]
काठमाडौँ । प्रतिनिधिसभा सदस्य दीपक खड्का र योगेश भट्टराईले बर्खापछिको बाढी पहिरोले पूर्वी पहाडी जिल्लामा ठुलो जनधनको क्षति भएको भन्दै तत्काल राहत, उद्धार र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद दीपक खड्का र योगेश भट्टराईले सभामुखमार्फत राहत र उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘सङ्खुवासभामा बाढी पहिरोमा […]
काठमाडौँ । स्वदेशी उत्पादनले बजार र बजार भाउ नै नपाएको भन्दै किसानले आज विरोधस्वरूप सडकमा गोलभेँडा फालेका छन् । स्वदेशी उत्पादन प्रतिकिलो ८ रूपैयाँ थोक मूल्य हुँदा पनि बिक्री नभएको भन्दै उपत्यकाका किसानले सडकमै गोलभेँडा फालेर बजार सुनिश्चितताको माग गरेका हुन् । भक्तपुरका किसान रमेश फुयालले गोलभेँडाको मुख्य उत्पादन सिजनमै बजार र बजार भाउ नपाउँदा […]
३ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटको पहिलो खेलमा नेपालले घरेलु टोली जिम्बाब्बेविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।हरारेमा हुने खेलमा जिम्बाब्बेले टस जितेर बलिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । नेपालले पाँच वर्षपछि जिम्बाब्बेसँग ५० ओभरको खेल खेल्न लागेको हो । नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्रसँग खेल्न लागेको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल […]
३ असार, काठमाडौं । दुई दशकअघि राजाबाट सामान्य नागरिकमा खुम्चिएका ज्ञानेन्द्र शाहले लगातार राजनीतिक नेतृत्वप्रति आक्रोश पोखिरहेका छन् । मुख्यगरी २०७९ को दशैंलाई अवसर बनाएर उनले थालेको ‘कोर्स करेक्सन’ को अपील कायमै राखेका छन् ।पटक–पटक सार्वजनिक गर्दै आएको उनको वक्तव्यमा शुभकामना सन्देश भन्दा बढी राजनीतिक आकांक्षा रहेको लुकेको छैन । दलहरूलाई झस्काउने गरी वक्तव्य दिने […]
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पूर्वी पहाडी जिल्लामा गएको बाढी पहिरोका कारण सडक र पुल मात्रै ५० करोड रुपैयाँभन्दा बढीको क्षति भएको बताएका छन् ।आइतबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक र शून्य समयमा सांसदहरूले गरेको प्रश्नको जवाफ दिँदै मन्त्री ज्वालाले ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुमलगायतका जिल्लामा बाढीले पुर्याएको क्षतिबारे जानकारी दिँदै भौतिक मन्त्रालय अन्तर्गत […]
काठमाडौँ । पूर्वी नेपालमा गए रातिदेखि परेको भारी वर्षापछि आएको बाढी र पहिरोमा परी २५ जना बेपत्ता भएका छन् । घटनामा एक जानको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ […]
काठमाडौँ । समाजवादी मोर्चा गठनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी छ । बैठकमा नेकपा माओवादी केन्द्र सहित जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेकपा सहभागी भएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए । आगामी समाजवादी मोर्चा घोषणाका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित जसपा अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार […]
काठमाडौं। एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थीका नाममा ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा गएसँगै उनको प्रतिनिधिसभा सदस्य पद निलम्बित भएको छ। फौजदारी अभियोगमा समातिएको सांसद थुनामा गएमा सांसद पद निलम्बित हुने व्यवस्था छ । प्रतिनिधिसभा नियमावलीको नियम १४८ उपनियम ३ मा यो व्यवस्था छ । फौजदारी अभियोगमा थुना या फरार रहेमा सांसदले पाउँदै […]
नागरिक रैबार/बाजुरा ३२ जेठ।जिल्लाकाे बुढीनन्दा नगरपालिकाले नगरभित्रका ९५ जना कृषकहरूलाई प्राेत्साहन सहित सम्मान गरेकाे छ । नगरपालिकामा २०७९/०८० मा संचालित कृषक संंग नगर प्रमुख कार्यक्रम अन्तर्गत बुढीनन्दाले प्रति कृषकहरूलाई २५ सयका दरले प्राेत्साहन सहित सम्मान गरेकाे हाे । बुढिनन्दा नगरपालिकाकाे आयाेजनामा २०७९ असाेज १६ र १७ गतेका दिन बडा दशैंकाे अवसरमा आयाेजना गरिएकाे कृषि मेला […]
काठमाडौंँ । सानोपर्दाको लोकप्रिय कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’ पक्राउ परेका छन् । प्रतिबन्धित अनलाइन बेटिङ प्रवर्द्धन गरेको आरोपमा उनी पक्राउ परेका हुन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अनलाइन बेटिङ ‘वान एक्स बेट’मा सट्टेबाजी गर्न विज्ञापन गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको हो । हास्य शृङ्खला ‘मेरी बास्सै’मा ‘बल्छी ध्रुबे’को भूमिका निर्वाह गरेपछि चर्चित […]
धनगढी । संघीय सरकारको सिको गर्दै सुदूरपश्चिम सरकार पनि सांसदहरुलाई अलग्गै योजनासहित बजेट ल्याउने तयारीमा जुटेको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको नाममा सांसदहरुलाई बजेट उपलब्ध गराउने तयारीमा प्रदेश सरकार जुटेको हो । कार्यक्रम अन्तर्गत प्रत्यक्ष निर्वाचित सांसदलाई जनही ३ करोड बजेट दिने तयारी गरिएको सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गीता चौधरीले रातोपाटीलाई जानकारी […]
नेकपा एमालेका सांसद रघुजी पन्तले भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भनेर अन्तर्वार्ता दिएको भन्दै प्रतिनिधि सभा बैठकमा विरोध जनाएका छन् ।बिहीबार प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद पन्तले नेपाल असंलग्न परराष्ट्र नीतिमा सरकारले जोड दिँदै आएकोमा अहिले खलबलिन थालेको बताए । उनले हालै भारत भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्डले महांकालमा […]
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज काठमाडौं जिल्ला अदालतमा भुटानी शरणार्थी नेता टेकनाथ रिजालका तर्फबाट अधिवक्ता राजकुमार सुवालले थुनछेक बहस गरेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुवालले रिजाललाई यो प्रकरणमा प्रतिवादी बनाइनुको औचित्य नरहेको जिकिर गरेका हुन् । इजलासमा आज रिजालका अतिरिक्त प्रतिवादीहरु लक्ष्मी महर्जन र हरिभक्त महर्जनका कानुन व्यवसायीले […]
काठमाडौँ । सरकारले मुख्यसचिव परिवर्तन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वर्तमान मुख्यसचिव शंकरदास वैरागीको राजीनामा स्वीकृत गर्दै वरिष्ठताका आधारमा बैकुण्ठ अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए । आगामी असोजमा कार्यकाल सकिन लागेका वैरागीले कार्यकाल सकिनुअघि नै राजीनामा दिएका हुन् । राजीनामा स्वीकृत गरेर सरकारले वैरागीलाई नयाँ जिम्मेवारी […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकार आर्थिक वर्ष २०८०/०८१ को बजेटको अन्तिम तयारीमा जुटेको छ । प्रदेशमा असार १ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । संघबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट, प्रदेशमा उठ्ने राजस्व र चालु आर्थिक वर्षको खर्च हुन नसकी बचत भएको बाँकी रकमको आधारमा प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको आकार […]