होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले गृहसहित ४ मन्त्रालय पाउने भएको छ । बुधबार बालुवाटारमा बसेको नयाँ गठबन्धनको बैठकमा रास्वपालाई उपप्रधानमन्त्री र गृहसहित ४ मन्त्रालय दिने निर्णय भएको हो । बैठकमा उपस्थित रास्वपाका एक नेताका अनुसार बुधबार नै मन्त्रिपरिषद् विस्तारसमेत हुने संभावना छ । अन्य मन्त्रालयहरू कसले पाउने भन्ने सार्वजनिक गर्ने तयारी छ । रास्वपाले विगतको […]
मलेखु । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात जना पुगेको छ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज विहान त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए। […]
काठमाडौं । आ-आफ्नो पार्टीबाट मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउने प्रयासमा सत्ता गठबन्धनका दलहरु आन्तरिक छलफलमा व्यस्त भएका छन् । आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी अनुसार दलहरु आन्तरिक छलफलमा व्यस्त भएका हुन् । माओवादी केन्द्रका शीर्ष तहका नेताहरु मंगलबार बेलुकी छलफलमा बसेका थिए । गएरातिको छलफलबाट अघिल्लो पटक मन्त्री बनेकाहरुलाई नदोहोर्याउने समझदारी नेताहरुबीच भएको स्रोतको दाबी […]
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले फेरि वामपन्थी एकताको नयाँ अध्यायको सुरुवात भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा ब्रिफिङ गर्दै प्रधानमन्त्रीले हिजोको गल्ती स्वीकार गर्दै फेरि वामपन्थी एकता गर्ने बिन्दुमा आइपुगेको ब्रिफिङ गरेका हुन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका सचिव देवेन्द्र पौडेलले नेपालमा फेरि अर्को पटक वामपन्थीहरूको […]
काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रदेखि प्रदेशसम्म नयाँ सत्ता समीकरण बनाएर जाने निर्णय गरेको छ । सोमबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकले नयाँ सत्ता समीकरण गरेर जाने निर्णय गरेको हो । बैठकपछि माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले भने, ‘नयाँ गठबन्धनको प्रसङ्ग आएको छ । मन्त्रिपरिषद् र राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षको नयाँ शिराबाट […]
काठमाडौँः अन्ततः सत्ता गठबन्धन भत्किएको छ।नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो। आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको हो। कांग्रेससँगको सत्ता यात्रा सहज नभएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन फेर्दै आजै एमालेसहितका दल समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन्। […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाउने भएका छन् ।प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले एमाले र रास्वपालाई समेट्दै मन्त्रिपरिषद पुनर्गठन हुने जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘पुरानो सेट सबै चेन्ज हुन्छ । एमाले र रास्वपासहित मन्त्रिपरिषद पुनर्गठन हुन्छ ।’ स्रोतका अनुसार, अहिलेका सबै मन्त्री हटाउने र सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन […]
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सदस्यहरूको पदावधि आज सकिँदै छ । राष्ट्रिय सभा सदस्यको पदावधि छ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाइ सदस्यको निर्वाचन हुने व्यवस्था छ । नयाँ संविधानबमोजिम राष्ट्रियसभा गठन भएपछि पहिलोपटक कार्यकाल निर्धारण गर्न गोला प्रथा भएकोमा त्यसबेला छ वर्षे कार्यकाल निर्धारण भएका सांसदको पदावधि आजदेखि […]
काठमाडौं । आज देशैभर मौसम बदली भएको छ । देशका केही ठाउँमा बिहानैदेखि हल्का वर्षा भएको छ । कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भएको छ । आज काठमाडौंमा पनि छिटफुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंका केही ठाउँमा बिहानै सिमसिम पानी परेको […]
काठमाडौं । जनक शिक्षा सामाग्री केन्द्रले आगामी चैत मसान्तभित्र बालबालिकाको पाठ्यपुस्तक विद्यालयमा पुर्याइसक्ने जनाएको छ । कक्षा ५ देखि १० कक्षासम्मको पुस्तक प्रकाशन गरिरहेको जनक शिक्षाले धमाधम छपाईको काम गरिरहेको छ । कक्षा ५ देखि १० कक्षासम्मको लागि आवश्यक एक करोड ४७ लाख सेट पुस्तकमध्ये करिब २५ लाख मात्रै छपाई गर्न बाँकी रहेको केन्द्रले जनाएको […]
काठमाडौं : निर्वाचन आयोगले २०८१ साल वैशाख १५ गते हुने उपनिर्वाचनको लागि निर्वाचन कार्यक्रम स्वीकृत भएको छ। इलाम निर्वाचन क्षेत्र नम्बर २ र बझाङ-१(१) मा उपनिर्वाचन हुन लागेको हो। कार्यक्रमअनुसार २०८० चैत २४ गते बिहान १० बजेदेखि बेलु्का ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने सोही दिन बेलुका ५ बजेदेखि ६ […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार फागुन १८ गते नै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेपनि काम विशेषले उपत्यका बाहिर रहेकाले २१ गते सम्बोधन गर्नेगरी संघीय संसद् सचिवालयलाई जनाकारी गराएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेले संसद् […]
काठमाडौं, १८ फागुन । हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने […]
काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यहरुलाई फागुन २१ गतेका लागि शपथ राखिएको छ ।गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सदस्यहरुका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरको ल्होत्से हलमा शपथ राखिएको संघीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६८ को उपदफा ९२० अनुसार कुनै सदस्यले नेपालमा […]
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा सत्तारूढ दल नेकपा(माओवादी केन्द्र)ले आफ्नै उम्मेदवार उठाउने निर्णय गरेपछि गठबन्धन अप्ठ्यारोमा परेको छ । बुधबार सम्पन्न माओवादीको स्थायी समिति बैठकले आगामी निर्वाचनमा अध्यक्षका लागि उम्मेदवारी दिने निर्णय गरेको हो । प्रवक्ता अग्निप्रसाद सापकोटाले एकल उम्मेदवार उठाउने विषय रणनीतिक नभई कार्यनीतिक विषय भएकाले गठबन्धनमा कुनै असर नपर्ने दाबी गरे । […]
काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे बस्न लागेको हो । बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले स्थानीय तहको कानुन निर्माण प्रक्रिया एवं अभ्यास सम्बन्धमा स्थलगत अध्ययन, अनुगमन एवं अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८० सभा समक्ष पेस गर्नेछिन् । आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि विनियोजन […]
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा अध्यक्ष कसले लिने भन्ने विषयमा देखिएको विवादका कारण सत्ता गठबन्धन भत्किन नदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । सत्तारुढ दल नेपाली कांग्रेस र सरकारको समेत नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र दुवैले राष्ट्रिय सभाको अध्यक्ष ताकेपछि अध्यक्ष नेपालले प्रचण्डलाई भेटेर यस्तो सुझाव दिएका हुन् […]
काठमाडौं । माओवादी केन्द्रले स्थायी कमिटी सदस्य खगराज भट्टलाई सुदूरपश्चिम संसदीय दलको नेता र इन्चार्ज दुवै पदबाट हटाएको छ । माघ दोस्रो साता संसदीय दलका बहुमत सदस्यले भट्टलाई हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता चुनेको थियो । माओवादी प्रदेश कमिटीले भने त्यो निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको थियो । बुधबार बसेको माओवादी स्थायी कमिटी […]
डडेल्धुराः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली डडेल्धुरा आउँने भएका छन्।एमाले डडेल्धुरा जिल्लाको ९औँ अधिवेशनको उद्धघाटनका लागि ओली डडेल्धुरा आउन लागेका हुन्। नेकपा एमालेको जिल्ला अधिवेशन जोगबुडाको परशुराम नगरपालिकामा पाल्गुन ३० गते हुने भएको छ। सोमवार अधिवेशन लोगो सार्वजनिक गर्दै नेकपा एमाले जिल्ला कमिटि डडेल्धुराले ९औँ अधिवेशन परशुराम नगरपालिका १२ लालढुंगा बजारको रंगशालामा हुने जानकारी […]
दैलेख– नारायण नगरपालिकाले विद्यालयका बालबालिकासँग नगरप्रमुख कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।विद्यालयमा देखिएका समस्यासँगै बालबालिकाले भोग्दै आएका व्यवहारिक कुरालाई नीतिगतरूपमा समाधान गर्ने उद्देश्यले नगरपालिकाले विद्यालयका बालबालिकासँग नगरप्रमुख कार्यक्रम ल्याएको हो । नारायण– ११ टाटामाखु स्थित रैनादेवी माध्यमिक विद्यालयबाट सञ्चालन गरिएको सो कार्यक्रमको मुख्य ध्येय बालबालिकाले विद्यालयमा भोग्दै आएका समस्या समाधान गर्ने, उनीहरूमा रहेको अन्तर्निहित क्षमताको पहिचान […]