होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धादिङ- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीले कमीकमजोरी गरेको थाहा भए नागरिकले आफ्नै ठानेर सम्झाउन आग्रह गरेका छन् । इलाका प्रहरी कार्यालय इच्छाकामना–५ मुग्लिनको भवन शनिबार शिलान्यास गर्दै उनले सङ्गठनभित्र केही कमीकमजोरी हुनसक्ने भन्दै कहीँकतै कमजोरी भए आफ्नै सम्झेर सम्झाउनुपर्ने बताए । महानिरीक्षक खनालले भने, ‘सङ्गठनभित्र सबै राम्रो हुन्छ भन्ने हुँदैन, सानातिना केही भए तपाईहरुले आफ्नै […]
कञ्चनपुर, ४ माघ / सरकारले महिला हिंसा र महिला माथी हुने रुढिबादी विभेद अन्त्य गर्नका लागि छाउगोठ भत्काउने अभियान देशैभरी शुरु गरेको छ । सरकारले सारेको अभियान सरकात्मकतर्फ उन्मुख भएका बेला कञ्चनपुरमा दुई महिलामाथी कुटपिट भएको छ । जिल्लाको बेलडाँडी गाउँपालिका–१ टाईगरबस्तीका स्थानीय गिता खडका र ईश्वरी खडकामाथी कुटपिट भएको प्रहरीले जनाएको छ । महिनावारी […]
काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लब र थ्रीस्टारले दुई-दुई गोलको बराबरी खेलेका छन् । दशरथ रंगशालामा भएको खेलमा मनाङका लागि अञ्जनको दुई गोलले पनि काम गरेन । खेलको अन्तिममा सम्हालिन नसक्दा मनाङले गोल खान पुग्यो । जसका कारण हातमा आइसकेको तीन अंक मनाङले बाँड्न बाध्य हुनुपर्याे । थ्रीस्टारले खेलको १९ औंँ मिनेटमा […]
धनगढी – सुदूरपश्चिम प्रदेश सरकारको ६ महिनाको अवधिमा बजेट खर्च १० दशमलब ८ प्रतिशत मात्रै भएको छ । चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको २८ अर्व १६ करोड २० लाख ३५ हजार बजेट मध्य पौष मसान्त सम्ममा २ अर्व ८६ करोड, ८२ लाख ७५ हजार बजेट खर्च भएको छ । ६ महिनामा बजेट खर्च १० प्रतिशत […]
धनगढी– संघीय सरकारका एक मन्त्री धनगढीमै रहेको अवस्थामा आज थप तीन जना संघीय मन्त्री धनगढी आउने भएका छन्। संघीय सरकारको भूमि सुधार मन्त्री पदमा अर्याल धनगढीमै छिन् भने आज थप तीन जना संघीय मन्त्री धनगढी आईरहेका हुन्। स्थानीय प्रशासनका अनुसार आज बिहान वन मन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री बिना मगर र भौतिक पूर्बाधार मन्त्री पार्वत […]
काठमाडौं ४ माघ — नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले स्ववियु निर्वाचन तयारीबारे छलफल गरेको छ । नेविसंघ त्रिभुवन विश्वविद्यालय समिति केन्द्रिय क्याम्पस किर्तिपुरद्वारा आयोजित उपत्यका स्तरिय स्ववियु निर्वाचन तयारी छलफल भएको हो । छलफलले विभिन्न क्याम्पसको अवस्था बुझ्दै ४ बुँदे निर्णय गरेको नेविसंघ विश्वविद्यालय सचिव योगेन्द्र रावलले जानकारी दिए । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले […]
काठमाडौं, ३ माघ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडाैं उपत्यका सहित देशका अधिकांश भागमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रवार काठमाडौं उपत्यका सहित पश्चिमी, मध्य र पूर्वी पहाडी भू–भागमा सामान्यदेखि पूर्णतया बदलीका साथ बर्षा भएको हो । महाशाखाले आगामी तीन दिनसम्म सामान्य वर्षा, उच्च हिमाली भेगमा हिमपात हुने जनाएको छ । […]
काठमाण्डाै – अहिले देशका पूर्वी, मध्य र पश्चिमी भेगमा वर्षा र हिमपात भइरहेको छ । वायुको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बिहीबारदेखि भइरहेको वर्षा र हिमपात शुक्रबार दिनैभरि रहने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनु भयो । उहाँका अनुसार शुक्रबार पनि दिनभर पूर्वी मध्य र पश्चिमी क्षेत्रमा सामान्यदेखि मध्यम खालको पानी पर्ने तथा उच्च पहाडी […]
नागरिक रैबार माघ २ अर्थात् वि. स. १९९० मा महाभूकम्प गएको दिन । सो दिनको स्मरणमा ‘भूकम्पबाट सुरक्षित पूर्वाधारः दिगो, सुख र समृद्धिको आधार’ भन्ने नाराका साथ २२औं भूकम्प सुरक्षा दिवस बाजुरा जिल्लामा डेमो प्रदर्शन गरि मनाईएको छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा स्थल जिल्ला समन्वय समिति बाजुराको प्राङ्गणमा एक्कासी भुकम्प आएको […]
नागरिक रैबार माघ २ धनगढीं धनगढीको मुख्य बजारमा रहेको बडीमालिका दोहोरी साँझमा भएको दुई युवा समुहवीचको विवादले मुल सडकमा झडप हुँदा १ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दोहोरो झडपमा परी घाईते हुनेमा धनगढी उप–महानगरपालिका वडा नम्वर १ अदालत रोड बस्ने २३ बर्षीया समिर तियाली रहेको कुरा जिल्ला प्रहरी कार्यालय कैलालीका […]
काठमाडौं – आज माघे संक्रान्ति । यसलाई कतै मकर संक्रान्ति त कतै माघी पनि भनिन्छ । फरक–फरक समुदायमा भिन्न नामले चिनिने यो पर्व मैथिली र थारू समुदायमा नयाँ वर्षका रूपमा मनाईन्छ । नेवारी समुदायमा भने घिउ र चाकु संल्हु नामले माघे संक्रान्ति मनाइन्छ । माघे संक्रान्तिलाई मगर समुदायले राष्ट्रिय पर्वका रूपमा मनाउँछन् । तारो हान्ने […]
काठमाडौँ । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा भर्ना खुलाएको छ ।प्रहरी प्रधान कार्यालयले बुधबार एक सूचना जारी गर्दै इन्सपेक्टर १४९ जना र असई ५८४ जना माग गरेको छ । उच्छुक र योग्य उम्मेदवारले माघ ५ देखि फागुन ११ गतेभित्र आवेदन दिन सक्नेछन् ।
पुर्वसभामुख कृष्णबहादुर महराले संसदबाट एमसीसी सहजै पास हुन नदिने भएपछी अमेरिका लगाएत नेपालमै एमसीसी पास गराउन प्रयत्नशील राष्ट्रको बागडोर सम्हालेका केही व्यक्तिको जालझेलमा महरा कारावास पुर्याइए । नेपाल सरकार र अमेरिकी सरकारद्वारा गठिन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विच भएको ७७ पृष्ठ लामो सम्झौता पढ्दा थाहा भयो पुर्वसभामुख महरा वास्तवमा आफु सकिएरै भएपनि देशको अस्तित्व र […]
नेपाली ब्याडमिन्टन युवा स्टार प्रिन्स दाहालले विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा छलाङ् मारेका छन्। मंगलवार मात्रै सार्वजनिक नयाँ वरीयतामा दाहाल ११ औं स्थानमा पुगेका हुन्। अघिल्लो साता १४ औं स्थानमा रहेको उनले वरीयता सुधार गरेका हुन्। यसैसाता काठमाडौंमा सम्पन्न पे्रसिडेन्ट्स कप इन्टरनेसनल सिरिज यू–१९ को फाइनलमा पुगेका दाहालको वरीयतामा सुधार भएको हो। प्रिन्सको यो अहिलेसम्मकै उत्कृष्ट […]
अछाम जिल्लाका १० वटै स्थानीय तहमा छाउगोठ भत्काउने अभियान जारी रहेको छ। जिल्लामा गत पुस १० गते भएको सर्वपक्षीय सर्वदलिय बैठकको निर्णयअनुसार सबै तहले छाउगोठ नष्ट गर्ने कार्य धमाधम अगाडि बढाएका हुन। साँफेबगर नगरपालिकाले १४ वटै वडामा छाउपडी गोठ भत्काउने अभियानको थालनी गरेको छ। छाउगोठमुक्त वडा घोषणा कार्यलाई अगाडि बढाएको जनाइएको छ। मङ्गलसेन नगरपालिकाले नगरका […]
पाैष २९ काठमाण्डाै सरकारले हालै जारी गरेको एउटा निर्देशिकाले मोबाइलबाट गरिने कलको मूल्यमा कमी आउने अधिकारीहरूले बताएका छन्। एउटा कम्पनीको मोबाइलबाट अर्को कम्पनीको मोबाइलमा कल गर्ने प्रयोगकर्ताहरूलाई त्यसको प्रत्यक्ष फाइदा पुग्ने विज्ञहरूको तर्क छ। नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको ‘अन्तरआबद्धता निर्देशिका- २०७६’ चैत २० गतेदेखि लागु हुनेछ। प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, “त्यसपछि एउटा कम्पनीको […]
सुदूरपश्चिम प्रदेशमा आउँदो माघ १ गते सार्वजनिक विदा हुने भएको छ। सुदूरपश्चिम सरकारले माघे संक्रान्ति र माघी पर्वकाको अवसरमा १ गते सार्वजनिक विदा दिएको हो। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै माघी पर्वको अवसरमा विदा दिईएको जनाएको छ। यसअघि ८ साउनमा बसेको प्रदेशको मन्त्रीपरिषद् बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको थियो।
२८ पुस, काठमाडौं । पाँच बुँदे घोषणा पत्र जारी गर्दै क्रियाशील दलित पत्रकार संघ(आड्जोन)को ‘सुदूरपश्चिम सम्मेलन’ सम्पन्न भएको छ । कैलालीको धनगढीमा दुई दिनसम्म चलेको सम्मेलनले प्रत्येक जिल्लामा क्रियाशील पत्रकारहरुलाई संगठित गर्ने, सरकारले संघ, प्रदेश र स्थानीय तहमा बनाउने सञ्चार नीतिहरु समावेशी लोकतन्त्रको मुल्य मान्यता अनुरुप बनाउनका लागि अपिल गर्ने, दलितका मुद्दाहरु बढीभन्दा बढी मिडियामा […]
जाजरकोट– जाजरकोटको नलगाड नगरपालिका–७ दल्लीस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार भोजबहादुर कठायतले आफ्नै कञ्चटमा पेस्तोलबाट गोली हानेर आत्महत्या गरेका छन् । बाजुराको स्वामीकार्तिक गाउँपालिका घर भएका हवल्दार कठायतले आइतबार बिहानतिर इलाका प्रहरी कार्यालयमै कञ्चटमा पेस्तोलबाट गोली प्रहार गरी आत्महत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय डोल्पामा दरबन्दी भएका हवल्दार कठायत २ महिना अगाडि मात्रै […]
सामाजिक न्याय, सुशासन र समाबेशी लोकतन्त्र, स्वस्थ व्यावसायिक र मर्यादित पत्रकारिता हाम्रो मुल मन्त्र भन्ने मुल नाराका साथ क्रियाशिल दलित पत्रकार संघ नेपालको प्रथम सुदुरपश्चिम प्रदेश सम्मेलन शुक्रबार धनगढीमा सम्पन्न भएको छ । सम्मेलनमा प्रमुख अतिथी रहेका सुदुरपश्चिम प्रदेश आर्थिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले दलित समुदायको सशक्तिकरण नहुदा सम्म समग्र देशको समृद्ध हुन […]