होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • जगन्नाथ गाउँपालिकाले पनि राहत दिदै
देश/प्रदेश

जगन्नाथ गाउँपालिकाले पनि राहत दिदै

  • नागरिक रैबार
जगन्नाथ गाउँपालिकाले पनि राहत दिदै
फायल तस्वीर

अनिल शाही/बाजुरा, २८ बैशाख। बाजुराको जगन्नाथ गाउँपालिकाले जिल्ला वाहिर अलपत्र अवस्थामा रहेका स्थानियलाई आर्थिक रकम सहयोग गर्ने थालेको छ । कोरोना महामारिका कारण देशमा लकडाउन भए पछि जिल्ला बाहिर अलपत्र अवस्थामा परेका विद्यार्थी, श्रमिक, उपचार गर्ने गएका विरामी लगायत स्थानियहरुलाई आर्थिक रकम वितरण गर्न थालेको हो ।

गाउँपालिकाले लकडाउनका कारण जिल्ला वाहिर अलपत्र अवस्थामा रहेका विद्यार्थी, श्रमिक, दैनिक ज्यालादारी गरी खाने र औषधी उपचार गर्न गएका विरामीलाई राहात स्वरुप आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज जगन्नाथ गाउँपालिका वडा एक भित्रका जिल्ला बाहिर काठमाण्डौं, धनगढी, नेपालगञ्ज, बुटवल, कैलाली, र कञ्चनपुर लगायतका विभिन्न शहरमा रहेका विद्यार्थी, ज्यादा मजदुरीका लागि गएका श्रमिक र औषधि उपचारका लागि गएका विरामीहरुलाई आर्थिक रकम उपलब्ध गराएको सूचना अधिकारी राजेन्द्र प्रसाद जोशीले जानकारी दिनु भएको छ ।

कामको शिलशिलामा विभिन्न शहरमा गएका र वन्दावन्दिका कारण खान, वस्न र औषधि उपचारका लागि समस्यामा परेका स्थानियको लगत संकलन गरी एक घरको एक जना भएकोलाई २ हजार, दुई जना भएकोलाई २ हजार ५ सय, तिन जना भएकोलाई ३ हजार, चार जना भएकोलाई ३५ सय र पाँच जना भन्दा बढि भएकोलाई ४ हजारका दरले वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

विज्ञापन

जिल्ला वाहिर विभिन्न समस्यामा रहेका स्थानियको लगत संकलन भए पश्चात खाता नंम्बर भएकालाई खाता नम्बरमा र खाता नम्बर नभएकोलाई सम्बन्धीत व्यक्तिको आफन्तलाई बुझाएको वडा नं एकका वडा अध्यक्ष रामलाल बोगटीले जानकारी दिनु भएको छ ।

जगन्नाथ गाउँपालिका वडा नं एक वडा अध्यक्ष रामलाल बोगटी, सुचना अधिकारी राजेन्द्र प्रसाद जोशी, विपत व्यस्थापन समिति सदस्य छविलाल बोगटी, नेकपा जगन्नाथ गाउँ संगठन कमिटी अध्यक्ष गणेश राज गिरी, रुडसेक नेपालका कर्मचारी नरहरी विष्ट, वडा सदस्य भुन्टी कामी लगायतको उपस्थितीमा वडा नं एकको वडा कार्यलयबाट सम्बन्धीत व्यक्तिहरुलाई राहत वितरण गरेको वताइएको छ । गाउँपालिकाले जिल्ला बाहिर रहेका स्थायी घर भएका, रोजगार भएका, व्यापारी र जनप्रतिनिधी बाहेकका अन्य स्थानियहरुलाई मात्र राहत वितरण गर्ने जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार