होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • संघ र प्रदेश सरकारबाट आएको राहतमा ब्यक्ति हाईलाईट किन ?
देश/प्रदेश

संघ र प्रदेश सरकारबाट आएको राहतमा ब्यक्ति हाईलाईट किन ?

  • नागरिक रैबार
संघ र प्रदेश सरकारबाट आएको राहतमा ब्यक्ति हाईलाईट किन ?

बिश्वब्यापि रुपमा फैलिएको कोरोना भाईरस कोभिड–१९ को संकटलाई मध्येनजर गरि संघ र प्रदेश सरकारले तयार पारेको राहत कोष कार्यक्रम प्रभाकारी बनाउन स्थानियतह सरकारलाई जिम्मेवारी दिईएको छ । तर स्थानिय तहले राहतको बितरण मापदण्ड अनुसार नभई मनोमानि ढंगले मापदण्ड बिपरित राहतका नाममा राहत बितरण गरिएको छ । ५ केजि, देखि १० केजि बितरण गरिएका समाचार भिडियाहरुमा आईरहेका छन् ।

संघ र प्रदेश सरकारको कुनै नाम जोडिदैन ब्यक्ति को नाम मिडियामा आउछ । ५ केजि देखि १० केजि सम्म १५ जना सयुक्त परिवार लाई राहत भनेर दिईएको चामल कति छाक हुन्छ होला । सबै लाई थाहा नै छ । राहत बितरण गरेको फोटो जगले ५ केजि र पोलेथिनका झोलामा दश केजि चामल बितरण गरेर सस्तो लोकप्रियता कमाउने हाम्रो समाजमा जनताका जनप्रतिनिधि कम छैनन् ।

विज्ञापन

हामी सामाजिक संजालका फेशबुक का भित्ता हजारौ तस्बिर देख्न पाईन्छ । राहत बितरणका लागि सम्पर्क ब्यक्ति तोकियो राहत बाँडिदै छौं । बाहिर अप्ठ्यारोमा परेका नागरिकले दुःख पाउनु पर्दैन् स्थानिय तह सरकार छ तपाईको साथमा चर्चा सगरमाथा भन्दा अग्लो काम पाँच केजि चामल एक केजि दाल एक पाकेट तेल यसमा पनि बढाई चढाई हामी जनताप्रति सधैभर अप्ठ्यारो दुख–सुखमा निन्तर लागेका छौ अब कसैले भोको बस्नु पर्दैन साथमा जनप्रतिनिधि छौ । दिदा खेरी पाच केजि चामल एक केजि दाल एक पाकेट तेल यो नेपाल सरकारको मादण्ड अनुसार राहत बितरण गरिएको छ ? यो ब्यक्तिको खल्ती को पेैसा होईन । यो जनताको पसिनाबाट कर तिरेको पैसा हो ।

हामी सबै लाई थाहा छ । तपाईं बजेट बनाउँने ठाउँमा हुनुहुन्छ । कार्यन्वायन गर्दा जनहितकारी र लोक कल्याण कारी दिर्गकालिन सोच राखेर बजेटको कार्य दिशा निर्धारीत होस झारु टाल्ने काम नगरियोस । बिश्व नै आज संकटको घडिमा छ । हामिले राहतको खिल्ली उडाएका छैनौ । तपाईको पैसाबाट बितरण गरिएको राहत होईन । संकटको बेला सबै नागरिक सम्मान हुनेगरि राहत बितरण गरिनु पर्छ । कुन पार्टी कुन पक्ष्य चुनाबमा कसलाई भोट हाले म लाई दिएन व्यापक ईगो ईस्या राखेर जनताको जनप्रतिनिधि हुन ।

सकिँदैन जनता लाई आखा पाखा नगरेर राज्य बाट पाउँने सेवा सुबिधा सम्मानजक रुपमा नागरिकको घरदैलोमा पुगोस नागरिकका गुनासा सुझाब लाई ग्रहण गरियोस जनता जनार्दन हुन । आज एउटा लाई सहयोग गर्छन भोलि अर्काे लाई सहयोग गर्छन कसैले आफ्नो नाममा लाल पुर्जा गरेका छैन । जनताको आवाज लाई जनताको भावना लाई समस्या संकट र दुख बेला सहयोग गरिनु पर्छ राहत निजि आफ्नो पैशाबाट ब्यक्तिले एक कट्टा दिईराखेको बेला स्थानिय तहको सरकारले पाँच केजि चामल राहत बितरण मिडिया पत्रपत्रिकामा व्यापक राहत साँच्चिकै राज्यको मादण्ड अनुसार नागरिकलाई राहत बितरण गरिएको छ त ? पाउँनै पर्ने नागरिकले पाएत राहत ?

स्थानिय तहको सरकारको राहत बितरण विधि तथा मापदण्ड हेर्दा बालुवामा पानी हाले जस्तो न त गरिब र पिडितको पेटभरी पाएन त सन्तुलित आहारा भन्यो । आफु हाईलाईट फोटो तस्बिर मात्र सिमित भयो राहत कति छाक टार्नका लागि हो ५ केजि देखि १० केजि सम्म चामल राहत बितरण गरियो । स्यानिय तहको सरकारलाई यो आम जनताको प्रश्नको मैले प्रतिनिधित्व गरेको छु ।

नेपाल लकडाउन गरिएको करीब डेढमहिना पुगिसकेको छ । विश्व भरी फैलिएको कोरोना भाईरसको कारणले घरबाट बाहिर जान नेपाल सरकारले निषेधित गरेकोे छ । जुन ठाउँमा हुनुहुन्छ त्यहि ठाउँमा सुरक्षित रहन अनुरोध गरिएको छ । त्यो कुरा सबै नागरिकले पालना गरिरहेका छन् । तर जनप्रतिनिधिले लकडाउनको पालना गरेको पाहिदैन कि भन्ने म जनताको काममा छु राहत बितरण गर्दैछु ।

म जनताको बिचमा छु भन्दै सरकारी सवारी सधानको दुरुपयोग गरि आफ्नो नितान्त ब्यक्तिगत काम गहिरहेको देखेका छांै लकडाउनको उलंघन गरेको भन्दै किसान ब्यापारी मजदुरलाई प्रहरिले नियन्त्रणमा लिएको आम नागरिकले देखेका छांै । राहत बितरण हेर्दा हात्ती आयो हात्ती आयो हातिले पाध्यो फ्यास। बाजुराका कुन स्थानिय तहमा कति जना नागरिक बाहिर छन् । तथ्याङक छ ? कुन ठाउँमा कति जनालाई राहत बितरण गरियो ? कुन आधारमा गरि स्थानिय तहले कति पैसा पठायो राहत बितरणका लागि कुन पसल बाट चामल खरिद गरियो ? बिल भरपाई कति ? चामलको मूल्य कति हो ? हामिले जानकारी पाईसकेका छौ ।
राहत बितरणको नाममा कुखुरालाई दाना छर्के जस्तो भईरहेको छ ।

मान्छेलाई अन्धभक्त नठान हात पाउँ नजोडौँ । पाँच केजि देखि दस केजि चामलका लागि सामाजिक सन्जाल फेसबुकमा फोटो हाले र सस्तो लोकप्रियता कमाउन खोज्नु । आफ्ना लागि पनि ईज्जत हो ? राहत बितरण गर्दा पनि आफ्ना ब्यक्ति आसेपासे नजिकको हुनुपर्ने । राहतका लागि सम्पर्क ब्यक्तिहरु आफ्ना नातोदार अथवा थर मिल्नु पर्ने भएन भने पार्टी मिल्नु पर्ने ब्यबस्था गरिएको रै छ । जनप्रतिनिधि ज्यु सूचनामा सबैले अध्ययन गरिसकेका छौ । खाद्यन्न खरीद गर्दा पैशा आउँदै अरुलाई खरिद गर्ने जिम्मेवारी दिएपछि हामीलाई राम्रो संग थाहा छ ।

हामिलाई पनि स्थानिय तहलसरकार को अपनत्व बोध गराउनु पर्छ छ । हिजो राजाले पनि एक लौटी सरकार र सत्ता चलाएका हुन । आज राजा कता छन ? ईतिहास साक्षि छ ? तपाई पाँच बर्षका लागि हो ।याद नबिर्सिनु होला तपाईं सबै जनताको जनप्रतिनिधि हो । सबै जनता लाई सम्मान व्यवहार गर्नु होस यसमा सबैको भबिष्य छ। नागरिकले गुनासो गर्दा शक्ति प्रर्दशन नगरि बक्सियोस अरुलाई कम्जोर र तल्लो मल्लो नठान्नु होस पाप धुरीबाट कराउँछ । राम्रो व्यवहारको कदर हुन्छ काम गरेर देखाउनु होस । राज्यका नागरिकहरुले तिरेको करबाट आएको बजेटमा आफ्नो मनोमानि नगर्नुहोस । दलित अधिकारकर्मी सार्कीकाे व्यक्तिगत धारणा हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार